~भानुभक्त आचार्य~
एक् मन् चित्त लगाइ चाकरि गर्याँ
खूसी भया छन् हरि ।
मान्पाथी पनि भुक्तमान् थपिदिया
कैल्यै नछुट्न्या गरी ।
रोज् रोज् दर्शन पाउँछू चरणको
ताप् छैन मन्मा कछू ।
रात् भर् नाच् पनि हेर्छु खर्च नगरी
ठूला चयन्मा म छु ।
लामखुट्टे उपियाँ उडुस् इ सँगि छन्
इन्कै लहड्मा बसी ।
लाम्खुट्टेहरु गाउँछन् इ उपियाँ
नाच्छन् म हेर्छु बसी ।
बिन्ती डिट्ठा विचारीसित म कति गरूँ
चुप् रहन्छन् नबोली ।
बोल्छन् ता ख्याल् गर्या झैं अनि पछि दिनदिन्
भन्दछन् भोलि भोली ।
की ता सक्तीन भन्नू कि तब छिनिदिनू
क्यान भन्छन् यि भोलि ।
भोली भोली हुँदैमा सब घर बितिगो
बक्सियोस् आज झोली ।