कथा : हवाइजहाजको गर्भ

~गोविन्दबहादुर मल्ल ‘गोठाले’~Govinda Bahadur Malla Gothale

हवाइजहाजको ढोका बन्द भयो । सँगसँगै इन्द्रभक्तको शरीरका सारा तन्तु सामसुम भए । अब त्यहाँ पालम छैन, एयरर्पोटको गञ्जागोल छैन, बराबर हवाइजहाज उड्दा, ओर्लंदा भइरहने एयरर्पोटको चित्कार पनि छैन । खाली छ त हवाइजहाजको कोठा, जुन संकुचित गर्भ समान छ र त्यो गर्भमा मानिस, जिउँदा मानिसका ताँती चुपचाप बसेका छन् । कति चाँडो भर्खर अघि मात्रको कुरा इन्द्रभक्तलाई अवास्तविक लाग्यो । अघि मात्र उसलाई सी अफ गर्न आउने साथी रामकृष्ण उसको मानसपटलबाट कतै हराएजस्तो लाग्यो । एयरर्पोटमा पासपोर्ट जाँच्ने पुलिस कस्टममा माल जाँच्ने मान्छे सबै विस्मृतितिर लम्कँदै गए । मानौ ती सबै माया हुन्, यथार्थ त खाली यो जहाजको गर्भ र चुपचाप बसेका मानिसका ताँती । उसँगै एउटा धम्मरधुस सेतो मानिस, जो झ्यालसँगै थियो र जो अंग्रेज हुनसक्छ, अमेरिकन हुनसक्छ अथवा अरू कोही हुनसक्छ, इन्द्रभक्तलाई देखेर पनि हेरेर बसेको थियो । मानौ उसको आ”नै दुनियाँ छ र ऊ त्यसैमा तल्लिन छ । इन्द्रभक्तको पनि दुनियाँ छ, जुन उसको आ”नै हो, अरू कसैको होइन । त्यस्तै ती ताँतीमा बसेकाहरूको पनि आ”नै छुट्टाछुट्टै दुनियाँ छ । सबै छुट्टाछुट्टै व्यक्ति हुन् तर हवाइजहाजको गर्भभित्र आ”नो आ”नो लक्ष्य नपुगेसम्म एउटै प्रारब्ध लिएर तिनीहरू बसेका छन् । इन्द्रभक्तको पनि त्यही त्यस्तै प्रारब्ध छ । हवाइजहाज स्र्टार्ट भएको शब्द आयो, बजिरहेको बाहृय सङ्गीतको धुनमा त्यो शब्द अलमलिएर मिसियो । इन्द्रभक्तले अघिपछि बसेका ताँतीलाई हेर्‍यो । एउटा गोराले अखबारमा आँखा ओराल्यो, एउटी गोरी आइमाईले फुकालेको चश्मा लगाई र एक हिन्दुस्तानीले आँखा चिम्ल्यो । मानौ तिनीहरू जहाजभित्र भएको उद्वेगलाई वास्ता गरेर पनि बेवास्ता गरेझैं थिए । अब इन्द्रभक्तको पिठले सिटमा धक्का दियो । जहाज गुट्क्यो । विस्तारै गुट्क्यो र गुटकिँदै गयो । अनि रनवेमा पुगेर एकछिन सशंकित भएझैं थामियो । फेरि गुट्क्यो र अहिले अघिभन्दा र”तारले गुट्क्यो । सी अफ गर्न उभिरहेका मानिसहरूको अभिवादनलाई बेवास्ता गर्दै गुट्क्यो । एयरर्पोटका घरहरूका ताँतीको माया त्यागेर गुट्क्यो । इन्द्रभक्तलाई यस्तो लाग्यो मानौ यो असार संसारमा कोही छैन, खाली ऊ अकेला छ र सँगमा खाली उसको प्रारब्ध मात्र छ । जहाज एक ठाउँमा पुगेर टक्क अडियो । होइन अझै पनि समय छ प्रारब्धको सामुन्ने आत्मर्समर्पण नगर्न ।

इन्द्रभक्तलाई अचानक चुरोट खान तलतल लाग्यो तर टेक अफ गर्न लाग्दा चुरोट खान मनाही छ । अचानक तूफानझैं चित्कार सुनियो । इन्द्रभक्त सोझो बस्यो । हवाइजहाजको अचानक गति आयो र वेगवती भएर गुट्क्यो । उसले सँगै बसेको मानिसको टाउको माथितिरबाट बाहिर हेर्‍यो । सारा रूखहरू र एयरर्पोटका घरहरू एकै पलकमा साना भए । अहिले मानौ उसले प्रारब्धको अघिल्तिर आत्मर्समर्पण गरेर उसले मुन्टो निहुरायो । हवाइजहाजले जमिन छोडिसकेको थियो र आकाशमा पुगिराखेको थियो । माथि, होइन अझमाथि, होइन अझैमाथि जहाज चढ्दै थियो । इन्द्रभक्तले फेरि झ्यालतिर हेर्‍यो । धरतीका टुक्राटुक्री यति सानसाना देखिए कि उसलाई धरती स्वयं असहाय लाग्यो । उसले सुस्केरा हाल्यो र फेरि एउटा लामो सुस्केरा हालेर आँखा चिम्ल्यो । बाजा बज्न थामिसकेको थियो । मानौ हवाइजहाजको गर्भ अब असाधारण छैन मानिसमा ताँती व्यवस्थित हुन खोजिरहेका थिए अथवा व्यवस्थित हुने बहाना गरिरहेका थिए । एउटी गोरी महिला सामुन्नेको शिरको पृष्ठ भागबाट तख्ता तानेर चिट्ठी लेख्न सुरसार गर्न लागी । एउटा गोराले किताब खोल्यो । अर्को दर्ुइजना गोराहरू अरू सबै बिर्सन खोज्दै आपसमा कुरा गर्न मसगुल भए । अघि देखिन् ध्यान मग्न भएको हिन्दुस्तानीले अहिले आँखा खोल्यो । आर्श्चर्यचकित भएर चारैतिर हेर्‍यो मानौ उसलाई अझै विश्वास छैन ऊ हवाइजहाजभित्र छ भनेर । इन्द्रभक्तले आँखा चिम्ल्यो । आ”नो घर सम्झन खोज्यो । घरैघरको बीचमा अलमलिएर रहेको उसको घर उसलाई स्वप्निल लाग्यो, मानौ त्यो घरै अमर्ूत छ । उसले आ”नो आमा बाबुलाई सम्झ्यो तर ती सद अनुहार पनि उसलाई स्वप्निल लाग्यो, मानौ ती पनि अमर्ूत हुन् । अन्रि्र ऊ एकदम झस्क्यो ऊ किन यहाँ छ, ऊ कुन लक्ष्यतिर उड्दैछ । हडबडायो ऊ त फिजिक्समा पी.एच.डी. लिन अमेरिकातर्फजाँदैछ । पैदा भएको हडबडीलाई दबाउन उसले चारैतिर हेर्‍यो । अनि उसको आँखा यताउति गरिरहेकी एउटी स्टेवार्ड ठिटीमाथि टक्क अड्यो । मानौ उसले उसलाई भर्खर देख्यो, ऊ निहारिरहृयो हेरिरहर्‍यो । त्यो ठिटी चकलेट पिपरमेन्ट भएको तस्तरी ताँतीलाई देखाउँदै थिई । मुस्कुराएर उत्फूल्ल भएको ऊसको अनुहारले मानौ भनिरहेको थियो, “हो तिमीहरू जमिनमा दुःख सुख, पीडा, भय, मृत्यु, जीवनलाई सञ्चित गर्र्छौं । त्यस्तै म पनि यस गर्भभित्र तिमीहरूजस्तै सबै कुरा सञ्चित गरेर हिँड्छु, डुल्छु र आ”नो काम गर्छर्ुु हेर मलाई अरू केही वास्ता छैन ।” अहिले त्यो ठिटीको गोरो बाहु फरफरायो, अनि केही झुक्दा उसको अर्ध नग्न पुष्ट स्तनले मौन भाषामा केही बोल्यो । ऊ र्सर्दैर्सर्दै एक रोबाट अर्को रो गर्दै इन्द्रभक्तको नजिक नजिक हुन लागिरहेकी थिई । अर्को दर्ुइ रो बाँकी छ । अब बस एक रो बाँकी छ । त्यो रो पुग्दा पृष्ठ भागबाट देखिने ठिटीको पुष्ट गोरो त्रि्रा तन्क्यो । इन्द्रभक्तले आँखा ओराल्यो र आँखा चिम्ल्यो ।

चिम्लेकै आँखाले उसले प्रस्ट देखिरहेको थियो कि उसकै लाइनको अर्को साइडमा त्यो ठिटी पुगिसकेकी छ । त्यो साइडको मानिसले चकलेट लिइसकेको छ । अब ऊतिर फर्की सकी त्यो ठिटी । अनि इन्द्रभक्तले आँखा खोल्यो । सामुन्ने तस्तरी थियो र रङ्गीविरङ्गी कागजमा पोका पारेका चिजहरू । उसको हात सुस्तरी त्यसमा बढ्यो । अहँ उसले त्यो टिठीको अनुहार हर्ेन सकेन । उसको हातमा चकलेट दर्ुइवटा थिए र थ्याङ् शब्द उसको गलामै अड्क्यो, बाहिर निस्कन सकेन । सँगै बसेको मानिसले पनि लियो र “थ्याङ्” भन्यो । त्यो “थ्याङ्” शब्दलाई सुनेर निश्चल भएर इन्द्रभक्त रहृयो । त्यो ठिटीको प्रस्फुटित क्रिम पाउडरको वासना इन्द्रभक्तको पछिल्तिर पुग्यो र विस्तारै विस्तारै त्यो वासना हराउँदै गयो । अब इन्द्रभक्तलाई हवाइजहाजको गर्भ र यसभित्र रहेको वातावरण असाधारण लागेन, साधारण लाग्यो र उसको मनस्थिति काठमाडौँको उसको कोठाको भयो । कोठामा बसेर सोचेझैं ऊ सोच्न लाग्यो । साथीहरूको बीचमा पढाइ, लेखाइ र अरू बौद्धिक काममा ऊ सधैँ विजयी छ तर स्वास्नीमान्छे लिएर ऊ सधैँ हार्छ र साथीहरूको बीचमा ऊ हारेको महसुस गर्छ । ऊ पराइ स्वास्नी मान्छेसँग बोल्न हिचकिचाउँछ, आँखा जुधाउन शरम मान्छ । यसैले कति मान्छेको बहादुरी र बहादुरीको स्वांगलाईर् इष्र्या गर्छ । यहीँ आएर ऊ हार्छ । ऊ अहिले व्यवस्थित भएर सोचमा डुब्यो । अब ऊ कोठाको पलङ्गमा लेटेको छ, कौचमा बसेको छ उसलाई कोठाको एक एक कुराको सम्झना भयो । अब घर अमर्ूत भएन । उसले आमाको अनुहार र्छलङ्ग देख्यो, अब त्यो अनुहार स्वप्निल छैन । आमाले सगुनको टीका लगाएको हात उसले देख्यो र चुरा बजेको आभास उसलाई भयो । बिदाबारी हुँदा जस्तै उसको आँखामा आँसु भरियो अनि सँगै जीपमा बसेर गौचर पुर्‍याउन आउँदाको बाबुलाई उसले सम्झ्यो । उसको बाबु स्वरलाई खुलाएर भनिरहेका थिए, “चिठी लेख्न अल्छी नगर्नु ।” अहिले इन्द्रभक्तले जीपमा जस्तै खाली टाउको हल्लायो । एउटी अर्कै स्टेवार्ड ठिटी, जो अलि पुड्की छ, इन्द्रभक्ततिर आइपुगी । इन्द्रभक्त एकदम खुम्चियो । अघिल्तिर बस्नेले उसलाई निर्धक्कसँग केही भन्यो । ऊ हाँस्न लागि । इन्द्रभक्तलाई त्यस मान्छेसँग एकदमर् इष्र्या लाग्यो । यस्तर्ैर् इष्र्या ऊ आ”ना साथीहरूसँग पनि गथ्र्यो, जो तरुनीसँगै लिएर टुँडिखेल घुम्थे अथवा निर्धक्कसँग सिनेमा हलमा टाँसिएर बस्थे ।

उफ उसलाई मात्रै यो किन डर, यो किन सञ्कोच ! त्यो स्टेवार्ड ठिटी अलि पर गएर अर्कैसँग कुरा गर्न लागि । अनि फेरि अर्की स्टेवार्ड ठिटी पानी ल्याएर एकजनालाई दिन लागी । इन्द्रभक्तलाई पनि पानी प्यास लाग्यो । पानी दिने ठिटी फर्केर आउन लाग्दा पानी माग्ने साहस उसले गर्न खोज्यो तर ऊ फेरि बोल्न सकेन, उसको वाक् फुटेन । उसको प्यास गलामै हरायो र असहाय भएर उसले चारैतिर हेर्‍यो । हवाइजहाजको र”तार एकनासको थियो र मद्धिम आवाज पनि एक टंकारको थियो । सायद पाकिस्तान नाघिसक्यो, अफगानिस्तान पुग्छ हर्ेदाहर्ेर्दै हिन्दुकुश रेंज माथिबाट उड्न लाग्यो । लन्चको समय भयो । त्यही स्टेवार्ड ठिटी, जसले चकलेट र्सभ गरेकी थिई, ताँतीको शिरान देखिन्, सिटको पृष्ठ भागको तख्ता तान्दै ताँतीका प्रत्येक व्यक्तिसँग अनुहारमा त्यस्तै मुस्कानको मिठास ल्याउँदै बोल्दै आई । अब फेरि पहिलेजस्तै उसको अर्ध नग्न स्तनले केही बोल्न खोज्यो, गोरो पाखुरा फरफरायो र सेता त्रि्रा तन्क्यो । इन्द्रभक्त नजिक आइपुग्दैछ । ऊ आइपुग्न लागि, आइपुग्न लागी । इन्द्रभक्तको सँगैको मानिसको अघिल्तिरको तख्ता तानी र सोधी, “भेजिटरियन अर नन्भेजिटरियन -” “भेजिटरियन,” “एनी डि्रंक -” ७वियर ।” इन्द्रभक्तले आँखा चिम्लिसकेको थियो । त्यो ठिटीको पुष्ट स्तन पूरा उसको अनुहार नजिक थियो र त्यसबाट प्रस्पिmुटित सुगन्ध उसको अनुहारभरि व्याप्त थियो, इन्द्रभक्तलाई त्यो ठिटीले आँगमा कोट्याई । इन्द्रभक्तले तिलमिलाएर आँखा खोल्यो र एक अवोध बालकमा हुने शरमको आँखाले त्यस ठिटीलाई निहार्‍यो । त्यस्तै प्रश्न ठिटीले सोधी । उसले जवाफ दिनसकेन । “यु अल्सो भेजिटरियन -” इन्द्रभक्तले खाली च्युँडो हल्लायो । “आण्ड डि्रंक -” अचानक स्वरको बाँध फुटेझैं उसले भन्यो, “नो ।” ठिटी गइसकेपछि ऊ आफैं चकित भयो, आखिर स्वर फुट्यो तर ऊ फेरि आफैं आर्श्चर्यचकित भयो, उसलाई त वियर खान मन लागेको थियो । ऊ हार महसुस गरेर सोचमा डुब्यो । खानेले वियर खाए, हृविस्की खाए । अनि लन्च आइपुग्यो । इन्द्रभक्तले पनि लन्च चपायो । उसलाई र्सभ गर्ने अर्कै ठिटी थिई । उसले खाली आँखा मात्र चिम्ल्यो, मानौ अब ऊ केही हर्ेन चाहन्न । अनाशक्त र निर्लिप्त भावले उसले लन्च चपायो र यन्त्रवत् उसले लन्च खान सिध्यायो । हवाइजहाजले अफगानिस्तान नाघिसकेको छ । सायद इरानमाथि उड्दैछ । अब चाँडै नै सिरिया आउला । इन्द्रभक्तले आँखा चिम्लेर भूगोलको नक्सा याद गर्‍यो । अनि मेडिटरियन सी माथिबाट उड्ला । मेडिटरियन सीको आ”नै इतिहास छ । त्यस समुद्रको मार्गबाट कति सभ्यताको आदान प्रदान भयो । कति युद्ध त्यस समुद्रमा भयो होला । कति जहाज डुबे होलान्, कति नयाँ जहाज पौडे होलान्, उसले इजिपसियन, ग्रिक, रोमन, अंगे्रज, जर्मनहरूको इतिहासको मर्मलाई समाउन खोज्यो ।

अनि तलतिरको भूमि । यही भूमिबाट अलेकजेण्डरले विजय पताका फैलाउँदै भारत भूमिमा पदार्पण गर्‍यो । यही तलको जमिनबाट आर्यहरू आए । बुद्ध धर्म भारतबाट फैलियो । पछि मोहम्मदले मुसलिम धर्म प्रचार गरे । महमद गजनी, महमद गोरी, चँगेज खां, सिलसिलाबद्ध नभएर उसलाई स्मरण भयो । पढेको इतिहासलाई उसले सम्झन खोज्यो । उसले धेरै कुरा बिर्सिसकेको रहेछ । इतिहास सम्झन खोज्दाखोज्दै उसलाई न्रि्रा लाग्यो । सायद ऊ सुत्यो, सायद ऊ सुतेको छैन । कानमा जहाजको एक टंकारको मद्धिम स्वर परिरहेकै थियो । अचानक ऊ सिटबाट पल्टनबाजी खाएर भुइँमा खस्यो । ऊ बिउँझ्यो । ऊ उठ्न खोज्यो तर उठ्न सकेन । जडिभूत त्रासले उसले आ”नै सिटलाई हेर्‍यो र खुट्टालाई ट्याप्प समात्यो । हवाइजहाज एकदम असन्तुलित भइसकेको थियो । मानौ एकै पलकमा मृत्युको तूफान त्यसभित्र घुस्यो । एकै वेगमा माथि घुसारिराखेका रग र बेगहरू भुइँमा छरिसकेका थिए । एकै पलकमा मानिसका ताँती डोलायमान भएर पनि जस्तै जडिभूत थिए । “अघिल्तिर रातो बत्तीले ७डेन्जर’ लेखेको थियो । अनि पछि अल्झेको फासन योर बेल्ट ।” अनि एउटी आइमाईले शान्त आवाजले घोषणा गरी, “हामी तूफानभित्र परेका छौं । बच्ने कोसिस गर्दैर्र्छौं, नहडबडाउनुस् ।” अब जडिभूत ताँती एकदम काँप्यो । कोही उठ्न खोज्यो, मानौ मृत्युबाट भाग्नु खाली उठ्नु हो । एउटी आइमाईले डोलायमान हुँदाहुँदै छातीमा क्रस बनाउन सकी । हिन्दुस्थानीले आँखाले खोलेर चारैतिर हेर्‍यो मानौ हर्ेर्नु नै बाँच्नु हो । किताब हेरिरहेको मानिसले यत्रवत किताब कोटको खल्तीमा राख्यो, मानौ काम सिद्धियो अब । हिँड्ने बेला भयो । एउटी आइमाईले आ”नो बच्चालाई जोडसँग च्यापेर सुस्तरी सुस्तरी रोई । इन्द्रभक्त बल्ल बल्ल उठ्न सक्यो र झटपट सिटको वाक्लाई समात्यो । जहाज त्यस्तै डोलायमान थियो, मानौ मृत्युसँग उसको भीषण संर्घष्ा चल्दैछ । इन्द्रभक्तले अचानक देख्यो, नजिकै त्यही चकलेट र्सभ गर्ने स्टेवार्ड ठिटी र उसको स्तब्ध आँखा । इन्द्रभक्तले प्रस्ट देख्यो उसको कमर त्यसमुनिको त्रि्रा, मानौ मृत्युको तालसँग थर्किरहेछ अनि फेरि उसले देख्यो त्यो स्तब्ध आँखालाई समावेश गर्ने उसको अनुहार । अघिको मुस्कान पनि त्यो अनुहारमा स्तब्ध छ । अचानक इन्द्रभक्त रत्तियो । त्यो ठिटीलाई समात्न पुग्यो । एक पलकमा ठिटीको छाती उसको छातीमा अल्भिmयो र ठिटीको त्रि्रा उसको त्रि्रासँग टाँसियो र उसको ओठ उसको ओठमा । ठिटी स्तब्ध थिई, इन्द्रभक्त स्तब्ध थियो र मृत्युको तूफान हवाइजहाजभित्र उन्मुक्त थियो ।

(श्रोत:- अन्तर्जाल)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.