टाइम्स स्क्वाएरमा बसिरहन पाइएन ।
‘आज रातभरिमा तीन? चार कार्यक्रम नबनाई भएकै छैन !’ सहदेवले भने ।
न्युयोर्कको मुटु टाइम्स स्क्वाएर । साँझ सकिएर रात ओर्लिएको छ । हुलका हुल मान्छेको घचारो । खास गरी एशियाली अनुहारको भीड भेटिरहेछु म बग्रेल्ती ।
अग्ला आलिशान घरहरु । सडकको झिलिमिली चौपट्टै । म अनुहार झलमल्ल बाल्दै मनका उत्तर दिइरहेछु आँखाले पढ्दै ।
मे महिनाको सुरुको साता ।
एकदमै मीठो मौसम छ । जाडो भाग्न खोजेको उज्यालो कालबेला । हिउँ नपर्ने हार्दिक याम छ न्युयोर्कमा ।
हामी उत्तरतिर पाइला सार्दैछौँ ।
छयालीस स्ट्रीट पुग्यौँ । कारका लस्कर छन् आँखाले नभ्याउने । मान्छेको हुल झन् उत्पातको छ, छ ।
भाइलाई फुर्सद कम छ । उनी न्युयोर्कको नेपाली समाजलाई एक बनाउन खटिरहेका छन् । उनी अर्थात् सहदेव पौडेल ।
हिमाली स्वरहरु, अमेरिकामा प्रसिद्घ छ यो अनलाइन रेडियो । धेरै वर्षभो यसले अमेरिकाली समाजमा नेपाली भावना, सोच र परिचयका लागि समय खर्चेको ।
‘यति ब्यस्त ठाउँमा कसरी मिलाउनु हुन्छ चाँजोपाँजो ?’ मेरो सोधपुछ ।
‘एकलो छु । धेरै कमाउने चाहना छैन । आठ घन्टा काम गर्छु’
‘अनि यति कमाइले पुग्छ त ?’
‘पुर्याउनु पर्छ । कम सुत्छु । अनि रेडियो बचाउन सकेको छु !’
‘धन्य छ भाइ !’
निकै हिँडेपछि बन्द हुन तमतयार भएको सब वे भित्र पस्यौँ हामी । त्यहाँ ओखलढुङ्गाका टङ्क खड्का र बैतडीका राजेन्द्र भट्टसँग भेट भयो मेरो ।
मित्रहरुले बाहृ इन्च लामो पाउरोटीमा मासु, सागपात, अनेक मसला र काँक्रा?गाजर कोचेर टुन्न फुलाएको ‘सब’ हातमा थमाए ।
‘दाइलाई न्युयोर्कको चौरासी व्यञ्जन यही हो !’ भट्टले मलाई मान गरे ।
खड्काले अमेरिकन डाइट मलाई थमाउँदै भने?’ओपसानी हाल्न यै जल प्रयोग गर्नु होला !’
अनि हामी सबै उही र उस्तै परिकारको स्वादमा रमाउँदै प्राइम पार्क पुग्यौँ । न्युयोर्कको सुन्दरता झन् उत्ताउलिएको थियो, न्युयोर्कको बैँस झन् आलोकमय थियो, न्युयोर्कको यौवन झन् आसक्तिपूर्ण थियो । मानिस, मौसम र मन उस्तै लाग्थे, उही लाग्थे र उनै लाग्थे ।
स्नेही थिए सहदेव । आदर, प्रेम र श्रद्घा गर्न तिनी तत्पर भए झैँ मैले ठानेँ । शिष्टता र सरलता तिनको अमेरिकी समाजले दिएको उपहार झैँ व्यवहार थियो ।
हिँडिरहेका थियौँ हामी ।
जाडो लुगलुगाउँदो थियो । तैपनि अमेरिकाली गोरी युवतीका पिडुँला हृवाङ्गै थिए । जाडो दाँत कटकटाउँदै थियो । तैपनि अप्रिmकाली अश्वेत सुन्दरीका बज्राँठ त्रि्रा उदाङ्गै थिए । हो; तिनका कान, कपाल र टाउकामा स्काप, टोपी र रुमालको सजधज चैँ घटेको थिएन ।
टाइम्स स्क्वाएर छोडेको धेरै पर हो तैपनि त्यसको र्स्पर्शले छोडेको होइन । शायद सबै अमेरिकी शहरको परिचय त्यही हो ।
‘भाइ, बहाना त विद्याआर्जन नै होला नि अमेरिका भित्रिने ?’ भट्टलाई मेरो प्रश्न ।
‘हो, त्यही बाटो भएर अमेरिका आइयो । अहिले त्यो लक्ष्य कता पुग्यो, यतिखेर चैँ हातमा काम मात्र छ ।’
उनको उत्तर सुनेँ ।
प्राइम पार्कमा एक सरो डुलियो ।
जिउ हल्लाईहल्लाई गफ गरिरहेको अश्वेतहरुको ठूलो हुल थियो ।
‘यी ओबामालाई ज्यान दिने कुरा गर्दैछन् !’
‘भनेपछि राजनीतिमा पोल्टिक्स्………….!’ मेरो उत्तर अन्तिम थियो, त्यसले सबैलाई हँसायो ।
भट्ट छुटे । हामीले ‘भी’ मेट्रो चढ्न केही समय कुर्यौँ । भीड एकदम थियो । तैपनि रेल छोडेनौँ हामी तीनले ।
‘याँ निकै नेपालीहरुको अनुहार भेटिन्छ । भेट्नु भएन ?’ टङ्कले भर्याङ झर्दा भने मलाई ।
‘त्यस्तै लाग्दैछ मलाई !’
मैले कालो कपाल, नेपाली वर्ण्, पहाडे जनजातिका रुपरङ्ग हिस्पानिकहरुको झुण्ड खुब देखिरहेथेँ । अझ रुपौला नारीको सङ्ख्या झन् उल्काको । हन, के बिदी राम्रा यी !
‘एल’ रेल चढ्यौँ हामी ।
भारतीय, हिस्पानिक, कोरियाली र अश्वेत अनुहारका युवायुवतीको रौस उल्कापातको थियो मेट्रोमा । युवकका बलिष्ठ छातीमा आफ्ना सुडौल शरीर लिपिस्सै टाँसेर नाँचिरहेका हिस्पानिकहरु अमिगो, अमिगा बोल्न पनि भ्याउँथे ।
न्युयोर्कमा रेलका सुरुङ त कति हो कति ! रेलको भूमिगत जालोले सारा न्युयोर्क मुस्कुराएको लाग्छ र्सगर्व । सारा न्युयोर्कको गर्भ त रेलैले भरिभराउ !
‘भाइ हिमाली स्वरहरुलाई खुराक कसरी जुटाउनु हुन्छ ?’ मेट्रोबाट हेल्सेमा उत्रिएपछि मैले प्रश्न राखेँ ।
गहिरिएको छ रात । जाडो छ त्यही अनुसारकै ।
मेट्रो कार्ड घोटेर बाहिर आएपछि भाइ बोले ।
‘इमेल बाहेक विकल्प छैन !’
‘भनेपछि सबथोक यै भाँडो हो ?’
मैले खड्काले बोकेको ल्यापटप देखाएँ । उनी त्यसकै सहायताले ज्योतिषीको काम, चिनाटिपनको काम गर्थे । भाग्य हर्ेर्ने र ग्रहशान्तिको फुकफाक गर्थे खड्का ।
यसो मोडमा हामीले सोडा घुड्कायौँ ।
पश्चिम?दक्षिणतिरको रिजबुड ठाउँ रहेको सहदेवले सुनाए ।
‘यहाँ नेपालीहरुको ठूलो उपस्थिति छ ।’
‘सङ्ख्या कति छ ?’
‘तीन?चार हजारको हुनुपर्छ !’
‘ए !’
‘यहाँ नेपाली मन्दिर बनाउने हाम्रो समाजको कुरा भइरहेछ ।’
‘राम्रो !’
‘हिमाली स्वरहरु मार्फ् मैले पनि सघाइराछु !’
पुरानो टोलजस्तो हेल्सेमा हामी पुग्छौँ ।
रातको एघार बज्यो? पस्दा । मधुरो बत्तीमुनि हिमाली स्वरहरुका निम्ति मेरा दुइवटा निबन्ध सहदेवले रर्ेकर्ड गरे मेरै आवाजमा । बाँधिएका हात र भोटेताल्चा, एकादेशमा हाम्रा अनुहार रेकर्ड गरियो अनलाइन रेडियोका लागि ।
न्युयोर्कको यो मध्य शहरको मध्य रात ।
संसारका सबै जातजाति दगुरिरहेको यो शहर । संसारका सबै मानिसले सम्भवतः नाम सुनेको यो शहर । संसारका सबै मानिसले आत्मविभोरसाथ हेरेको यो शहर । संसारका सबै मान्छेका खुट्टाले टेक्न चाहेको यो शहर ।
यस शहरमा निबन्ध वाचन गरिरहेको छु म ।
सहदेव भाइ नेपाली शब्दको प्रचारमा छन् । नेपाली भाव प्रसारमा अहोरात्र लागिपरेका छन् । नेपाली समाजको उकालीओहृाली बिस्तार गर्न खटेका छन् । त्यस महानगरका अभावमा डलरको जोहोभन्दा पहिचानको प्राप्तिका निम्ति समर्पित छन् निरन्तर ।
‘भाइ, रेडियोको अझै भविष्य छ र ?’ रातोदिन कुदिरहेका न्युयोर्कबासी सम्झेर मैले सोधेँ ।
‘दाइ, मानिसहरु बिस्तारै फर्किरहेका छन् यसको मूल्यतिर !’ उनको आशपूर्ण बोलीमा प्रतिबद्घता थियो ।
हामीले तातो कफी घुट्कायौँ ।
यस बीचमा पुलिस र दमकलको भ्यान चर्को आवाज ओकलेर गए । हामी एक छिन थामियौँ, रर्ेकर्डलाई बाधा परेको ठानी ।
भाइसँग केही दिन अघिदेखि सँगै छु म । पेन्सिलभेनियादेखि भर्जिनियासम्म । फेरि वासिङ्टन डिसीदेखि न्युयोर्कसम्म साथै रहेको थिएँ म ।
निकै लामो त्यस उत्तेजित, भावुक र अनुभूतिमय यात्रामा तिनले बढी प्रश्नहरु गरे साहित्यबारे । सङ्गीतबारे जिज्ञासु देखिए । गीतबारे उत्तर खोजे ।
नयाँ पुस्तक र लेखक सँधै तिनको केरकारमा पर्दा रहेछन् ।
‘मैले देश छोडेकोमा दुःखी छैन । यसै रेडियोले देशभित्र रहेको आडभरोसा मलाई सँधै दिलाउँछ, बुझ्नुभो दाइ !’
सहदेवले ल्यापटपमा रहेको हिमाली स्वरहरुको इमेल आइडीको पार्सवर्ड लगआउट गर्दै भने ।
न्युयोर्कको रात अझ मात्तिएको थियो । यो शहर नथाकेको देखेर म आफैँ गलेको थिएँ । उसको तरुन्याइँ देखेर उकुसमुकुस भएथ्यो मलाई । ओछयानमा भए नि मन पुगेथ्यो धेरै पर? पर ।
न्युयोर्कमा भावुक कवि भएँ म !
०००
(श्रोत:- अन्तर्जाल)