किराँती दन्त्यकथा : सुम्निमा र पारुहाङ्

~सङ्कलक: इमानसिंह चेम्जोङ~

हिमालयको सृजनापछि भगवानका अगाडि एउटा नयाँ समस्या उपस्थित भयो । हिमालय त्यति विस्तृत, उच्च औ सुन्दर भए तापनि त्यसको उपयोग गर्ने तथा अन्य कुनै जीवात्मासँग त्यसको सम्बन्ध स्थापित गर्ने त्यहाँ कुनै व्यक्ति थिएन । तसर्थ भगवानले त्यस विपुल हिमपुञ्जमा बोखोपी नाम गरेको एकजना मानिसको सष्टि गरे र साथै सन्तसुरुख नाम गरेकी उसकी स्त्रीको पनि । बोखोपी र सन्तसुरुखको दाम्पत्य जीवनका सिलसिलामा एउटी छोरीले जन्म पार्इ । उनको नाम रह्यो सुम्निमा । ऊ वृन्दावनमा बस्तथी ।

आफूलायक कुनै जीवन नभएको त्यस प्राय: एकान्त औ निर्जन स्थानमा सुम्निमा केवल पंक्षीहरूसँग हिंडडुल गर्दथी, तिनीहरू नै उसका साथीसंगी थिए । ऊ आफ्ना ती साथीहरूको भाषा बुझ्दथी, तिनीहरूसँग ऊ कुराकानी पनि गर्दथी । एकमात्र प्रकृतिको संसर्गमा हुर्केकी सुम्निमा सुस्तरी(सुस्तरी युवती भर्इ । तैपनि ऊ केवल चराचुरुङ्गीहरूसँग यो वन त्यो वन तथा वनको एक छेउदेखि अर्को छेउसम्म घुम्न पाउँथी । त्यतिखेर स्वभावत: उसका मनमा कुनै एकजना पुरुषको सहज इच्छा जागृत हुन्थ्यो तर त्यहाँ कुनै पुरुष थिएनन् । यसै अभावमा भित्रभित्रै पिल्सिरहेकी सुम्निमाका दृष्टिमा एक दिन एकाएक एक जना पुरुष देखापर्‍यो । पुरुष आकाशबाट पृथ्वीमा आएर वनजङ्गलतिर घुमिरहेको थियो ।ऊ निकै हृष्टपुष्ट थियो, खुबै आकर्षक, खुबै लायक । उसको शरीरमात्र देख्नासाथ पनि सुम्निमा ऊप्रति मोहित भर्इ । ऊ थियो पारुहाङ ।

पारुहाङ सुम्निमाका विषयमा केही पनि जान्दैनथ्यो । सुम्निमा आफूप्रति आकर्षित भएको कुरा त के विचराले उसलार्इ देखेकोसम्म पनि थिएन । तसर्थ सुम्निमालार्इ एकपल्ट आफ्नो अनुहारसम्म पनि नदेखाएर ऊ आफ्नो बाटो लाग्यो । सुम्निमाले ऊसँग भेट्‍ने मन गरेकी थिर्इ तर भाग्यले उसको धोको पूरा हुने मौका दिएन । जे होस्, पारुहाङको दर्शनको कामना सुम्निमाको मनमा सदा बिझी रहने एक मधुर काँडाकै रूपमा रहिरह्यो । उसले जसरी भएपनि पारुहाङसँग सम्पर्क स्थापित गर्न चाही तर कुन उपायले ऊसँग भेट हुने हो ? यो सुम्निमाका लागि एउटा समस्यै थियो । अन्त्यमा उसले आफ्ना साथीहरूसँग सल्लाह माँगी । चराहरूले भने – “पारुहाङको घर आकाशमा छ । ऊ हावाबाट आउँछ र हावाबाटै माथि जान्छ ।” साथीहरूले सुम्निमालार्इ आशा देखाए – “हावासँग कुरा गर्न सक्छौ भने उसैमार्फत समाचार पठाउँदा पारुहाङकहाँ पुग्छ ।”

प्रकृतिपुत्रीजस्ती सुम्निमा हावासँग पनि कुरा गर्न सक्थी । साथीहरूले दिएको उपाय सुन्नुमात्र थियो उसले तत्काल अनुरोधपूर्वक हावालार्इ आफ्नो काममा लगाइहाली । हावाले तुरुन्तै पारुहाङकहाँ गएर ऊसँग पृथ्वीका एउटी तरुनी सुम्निमा ऊसित विवाह गर्न चाहन्छे भन्ने खबर पुर्‍याइदियो । यो कुरा सुनेर पारुहाङ अत्यन्तै खुशी भयो र आफूलार्इ एउटी सुन्दरीको वर बनाइन पाइने हर्षमा हावा सँगसँगै पृथ्वीमा ओर्ल्यो । पृथ्वीमा पुग्नासाथ ऊ सरासर सुम्निमा बसेको ओढारमा गयो । तर अफशोस, काम कुरो मिल्न सकेन । सुम्निमा जति सुन्दर थिर्इ, पारुहाङ उत्तकिै कुरूप थियो । केवल शरीरको देखेर आकर्षित भएकी सुम्निमाकालागि पारुहाङको च्याप्टो, कालो र ससाना आँखाहरूले रूप बिगारेको अनुहार एक किसिमको धोखा साबित भयो । पारुहाङलार्इ देखेर सुम्निमाका हृदयमा प्रेमको बदला सहसा भय उत्पन्न भयो । विचरी उसका सामुमा उभिनसम्म पनि सकिन र भागेर गर्इ ।

अर्कातिर उस्तै पारुहाङलार्इ पनि नराम्रो चोट पर्‍यो । विवाहको सुखद लालचमा आकाशबाट ओर्लिने भएको विचरो फुस्सामा पर्ने देखियो । उसलार्इ एकातिर घोर लज्जाको अनुभव भयो भने अर्कोतिर उसको पौरुषत्वप्रति यो एक प्रकारको साह्रै ठूलो अपमान पनि थियो । अपमानित पारुहाङले हावालार्इ भन्यो- “तिमीले गर्दा सुम्निमासँग विवाह गर्न भनेर म पृथ्वीसम्म आएँ, सुम्निमा भने मेरो अगाडिसम्म पनि पर्दिन ! कस्तो सरमलाग्दो कुरो हो ! तर म पनि आफूले सकेको नगरी त कहाँ छाड्‍छु र !” यति भनेर आहत अपमानित पारुहाङले गएर सुम्निमा बस्ने जङ्गलको प्राय: जम्मै पानी सुकाइदियो । तरल पदार्थका नाममा केवल एउटा कर्कलाको पातमा विशेष प्रकारले अलिकतिमात्र शेष राखेर ऊ आकाशमा उडेर गयो । पिउने पानी नपाएपछि जङ्गलका सबै प्राणीहरू तिर्खाले सताइन थाले । सुम्निमा पनि हरर्हर भर्इ । उसले यताउतिका सारा खोल्सा-खोल्सीहरूमा गएर आफ्नो प्यास मेट्‍न खोजी तर कतै एक थोपा पनि पानी थिएन । उसले आफ्ना साथीहरू न्याउली, कुथुर्के, लाहाँचे, चाँचर, भ्याकुरो, चिबे, जुरेली, ढुक्कुर, हलेसो, च्याखुरा, प्यूरा आदिलार्इ पानी खोज्न पठार्इ । लाहाँचेले रूखको टोड्‍कामा अलिकता पानी भेट्टायो तर आफै तिर्खाले हर्हर भैरहेको त्यस विचरोले त्यति पानी आफ्नै तिर्खा मेट्‍न खाइदियो । चिबेले कर्कलाको पातमा अलिकति पानी भेट्टायो । उसले चाहिँ इमानदारी साथ त्यो पानी सुम्निमालार्इ ल्याइदियो । तिर्खाले साह्रै आतुर भैरहेकी सुम्निमाले पानी भेट्टाउनसाथ आँखा चिम्लेर पिइहाली ।

सुम्निमा विचरी त्यो पानी पिएको महिना दिनपछि नै थला परी । यस बिमारीले एउटा अनौठो कुरा हुनगयो । सुम्निमा के कारणले बिरामी भैछ भनेर चुइयाँ, बगेरो, लाटोकोसेराहरूले जोखाना हेर्दा कर्कलाको पातको पानी खास पानी नभर्इ पारुहाङले टुना गरी छोडेको एक प्रकारको ओखती पो रहेछ र यसैको प्रभावले गर्दा पो विचरी बिरामी भएकी रहिछ भन्ने पत्ता लाग्यो । अब के गरे सन्चो हुन्छ ? भनेर सोच्दा सुम्निमाका साथीहरूले भने – “स्वयं पारुहाङलार्इ झिकाएर उसैले औषधिउपचार गरेमात्र सन्चो हुन सक्तछ ।” साथीहरूको सल्लाहअनुसार विचरी सुम्निमालार्इ फेरि एकपल्ट हावालार्इ बोलाएर पारुहाङलार्इ झिकाउन करै लाग्यो । सुम्निमाको सौन्दर्यले आकर्षित तथा उसको व्यवहारले अपमानित पारुहाङ पनि यही दाउ पर्खेर बसेको थियो । हावाद्वारा समाचार पाउनासाथ ऊ पृथ्वीमा ओर्लिहाल्यो । साथै उसले जडीबुटीको उपचारद्वारा सुम्निमालार्इ निको पनि पारिदियो । गुन लाएकाले सुम्निमाले पारुहाङलार्इ आफ्नू पति मानी ।

सुम्निमाले एकैचोटी पाँचवटा छोराछोरी जन्मार्इ । बच्चाहरू पनि अनौठो भए जेठो बाघ, माहिलो मानिस (हेन्कम्बु), साहिंलो भालु, काहिंलो चितुवा र कान्छो कुकुर । आकाशनिवासी पारुहाङ आकाशमै फर्किसकेको थियो, सुम्निमा पनि अब एक्लै थिइन । ऊ आफ्ना पाँच भाइ छोराहरूका साथ आनन्दपूर्वक बसी ।

(श्रोत:- Kapanonline )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in लोककथा / दन्त्यकथा and tagged , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.