~परशु प्रधान~
केही वर्षभयो- मैले सीताहरूको खोजी गरेको । यसका लागि म कहाँ पुगिन- होटेल, रेष्टुँरा, डान्सबार र स-साना भट्टीहरूसम्म । मौका मिलाएर कहिलेकाहीँ पोखराको फेवाताल वरपर पनि घुमेको छु । ठमेल, बानेश्वर र कलङ्की त नजिककै तर्ीथस्थल भए- मेरा लागि । चिनेजानेका र सीताहरू पढेका पाठकहरू मलाई भेटघाट वा टेलिफोनमा बरोबर प्रश्न गर्छन्- होइन- यस्ता असाधारण चरित्रका सीताहरू तपाईं कहाँ पाउनुहुन्छ – म ठट्टा गर्छर्ुुहाम्रो सहर बजारका गल्लीगल्लीमा म सीताहरू भेट्छु । गाउँघरमा पनि धेरै सीताहरू सपनाहरूसँग उमेर साटिरहेका पाएको छु । थुप्रै म्यानपावर कम्पनी, एजेण्डा, दिउँसो चल्ने लजहरूमा पनि म त सीतैसीता देख्छु । “हामी त गीता, रीता, शर्मिला, निर्मला, अञ्जु, मञ्जुहरूमात्र देख्छौँ, भेट्छौँ । तपाईं राम भएर होला जहाँतहाँ सीताहरू मात्र देख्नुहुन्छ ।” हिजो साँझमात्र एक जना साथीले यसो भने ।
केही दिन भयो सपनामा समेत म सीताहरू मात्र देख्छु । मनभरि सीता… सीता भएर होला । एक रात सपनामा यौटी महिला देखापरी । उसको अनुहार धेरै थाकेको र निराश थियो । पीडायुक्त स्वरमा उसले आफ्नो परिचय दिई- मेरो नाम सीता भण्डारी हो- घर झापा पर्छ । धेरै दिनदेखि यहाँसम्म भेटेर पीडाको कथा सुनाउनु थियो । कुनै घना जङ्गलको डाँडोमा म बसेको रहेँछु । टाढा टाढासम्म गहिरो अँध्यारो थियो । मुनि कतै खोला सुसाएको आवाजभित्र मैले भनँेछु- म स्वयम् असहाय छु । ममा कुनै शक्ति र जाँगर छैन । म यहाँलाई के सहयोग गर्न सक्छु होला र – “होइन, तपाईं प्रहरी निरीक्षक होइन – यो जिल्लाको शान्तिसुरक्षा, दुःख र पीडा तपाईंले हर्ेर्नुपर्ने होइन । सुन्नुहोस्- तीन वर्षेखि मेरो श्रीमान् बेपत्ता छन्- कहाँ के कस्तो अवस्थामा छन्, मलाई थाहा छैन । एक राती केही चिम्से केटाहरू आए र उहाँसँग हाम्रो काम छ भनी लिएर गए । सो साँझ पल्लो घरमा खसी काटेकाले मासु र भात पकाएको थिएँ । मैले नम्र भावमा भनेँ- उहाँसँग के कस्तो काम होला – म पनि सुनुँ । फेरि खाना तयार छ- ख्वाएर लानु होस् न हुन्न – ती के मान्छे- साक्षात् दैंत्य थिए । हामीलाई तुरुन्त ल्याउने अर्डर छ- यत्ति भनेर तिनले उहाँलाई लछार पछार गरी लगे । म र केटाकेटी रातभरि रोएर काट्यौँ । भोलि बिहान गाउँघर, छरछिमेकमा खोज खबर गरें । कसैलाई केही अत्तोपत्तो थिएन । सबैलाई जङ्गलीले लगेको शङ्का भयो । दिउँसो उहाँले काम गर्ने कपडा कारखानामा गई खोजखबर गरेँ । अहँ- कसैले केही भन्न सकेनन् । आजभोलि भन्दाभन्दै समय पानीको छालजस्तो बगिरहृयो ।
पत्रपत्रिकामा दियौँ-धेरै एन.जि.ओ. हरू गुहार्यौँ । यी सबको केही अर्थ भएन । हेर्नोस् न- खानाखाने बेला भयो, उहाँको अनुहार अगाडि आउँछ । भातको गाँस घाँटीबाट भित्र जाँदैन । छोराछोरी सोध्छन्- आमा ! बा कहिले आउनुहुन्छ भनेर म तिनलाई के जवाफ दिउँ – रातरातभर न्रि्रा पर्दैन । उहाँको अनुहार आएर सोधिरहन्छ- तिमीहरूलाई कस्तो छ – छोराछोरी राम्रै पढिरहेका छन् कि छैनन् । तिनलाई जसरी पनि पढाउँनु । हेर्नोस् न १२/१३ वर्षो छोरो लागूपदार्थ खाने भइसकेको रहेछ । आफ्नो बाबु अचानक बेपत्ता हुनुको पीडाले ऊ कुलतमा फसेको हो- मेरो केही लागेन । अनि छोरीले पनि पढाइ मात्र छाडिन, घर पनि छाडी । सहरको कुनै रेष्टुराँमा काम गर्छर्ुुन्छे, महिना पन्ध्र दिनमा एक छिनलाई आउँछे । म सोध्छु- नानी ! तँ के काम गर्छर्ेे हँ । ऊ केही जवाफ दिन्न । यौटा झिल्के पर्सबाट दोटा हात्ती मलाई दिएर भन्छे- ‘आमा ! म हात्तीहरूलाई आफ्नो पर्समा राख्ने काम गर्छर्ुु’ “तैंले पढ्नुपर्ने, तँलाई बा को नर्स बनाउने सपना थियो छोरी !” – म रुन्छु । मेरो रुवाइको के अर्थ बुझ्छे ऊ कुन्नि ! अरू दुइटा हात्ती थप फ्याँकेर ऊ घरबाट निस्कन्छे । हावामा उसका स्वरहरू प्रतिध्वनित हुन्छन्- मलाई स्वतन्त्रतापर्ूवक बाँच्न दिनोस् । यो समाजमा के कसरी बाँच्नर्ुपर्छ मैले थाहा पाइसकेकी छु । इन्स्पेक्टर साहेब ! तपाईंका पनि परिवार होलान् । इन्स्पेक्टर साहेब ! श्रीमती र छोराछोरी होलान् । भन्नोस् त म कसरी बाँच्तै आइरहेकी छु- न श्रीमान्को केही पत्तो छ, न छोराछोरीको । यसरी बाँच्नुभन्दा मर्न निको भनेर एक रात म घरबाट निस्केँ । अलि परको पोखरीमा छ्वाम्लाङ्ग हाम्फालँं भनेर डिलमा पुगेँ । पोखरीका प्रत्येक लहरले मलाई बोलाइरहेजस्तो लाग्यो । मैले भगवान्को नाम लिएँ । श्रीमान् र छोराछोरीको नाम लिएँ र दुवै आँखा चिम्लिएँ र आफूलाई सम्पर्ूण्ारूपमा बिर्सने प्रयास गरेँ । अचानक टाढा कतैबाट यौटा पुरुष स्वर आइरहेजस्तो लाग्यो- सीता ! तँ भयङ्कर अपराध गर्दैछेस् । तेरो सात जुनी नरकमा पर्ला । कुनै दिन म घरमा आउँदा म कसलाई सीता भनुँ – कससँग बाँकी जिन्दगी काटौं – यस्तै यौटी युवा-नारीको स्वरले मलाई माथि आकाशबाट यस धरतीमा ल्याइदियो- आमा ! तपाईं के गदर्ैर्ैर्ैैुनुहुन्छ – मलाई तपाईंले ज्वाइँ खोजिदिनु पर्दैन । तपाईं यत्ति कायर र डरछेरुवा बन्नुहन्छ ! मैले आत्महत्या गर्न सकिँन, म मर्न सकिँन इन्सपेक्टर साहेब ! सरासर घरमा फर्कें । उहाँको फोटो हेरेँ- मुस्कुराइरहेको । भित्तामा रहेको बिहेको फोटोले जिस्क्याइरहेझैं लाग्यो । कहिल्यै कुनै भाषण-भिषण, जुलुस, सभा र गोष्ठीहरूमा नजाने म सीता ! केही वर्षता त्यस्ता सबै भेलाहरूमा जाने र भाग लिने गरेकी छु ।
ती सब ठाउँहरूमा जानुको मेरो यौटै उद्देश्य हुन्थ्यो- उहाँलाई खोज्नु, भेट्नु र डाँको छाडेर रुनु । जसलाई पनि म सोध्थेँ- मेरो श्रीमान्लाई देख्नुभयो । उहाँको नाम राम भण्डारी हो । उहाँ गहुँगोरो अग्लो हुनुहुन्छ । मान्छे अधवैंसे र जीउडाल न मोटो, न पातलो छ । कत्तिले देखेनौं वा हामीलाई थाहा भएन भन्थे तर कतिजना यो बौलाही रहिँछ भनेर हाँस्थे । यस्तै कोही राम्रो जीउडालको मान्छे देख्यो कि म उसको पछिपछि लाग्थेँ । जब कुनै टुङ्गोमा ऊसँग भेट हुन्थ्यो- म लज्जित हुन्थें । यस्ता घटना-दर्ुघटनाहरू कति छन् कति ! नेताहरूका ठूल्ठूला भाषण सुन्थेँ । देशमा प्रजातन्त्र, लोकतन्त्र ल्याउने कुरा गर्थे । कोही गणतन्त्रको नारा दिन्थे । म अदना नारीलाई के थाहा ! कुन तन्त्र हो कि मन्त्र हो । जुनसुकै तन्त्र आवस्, मलाई के मतलव । मलाई मेरो श्रीमान् ल्याइदिए पुग्छ । कहिलेकाहीँ लाग्छ- उहाँलाई रगतपच्छे पारेर पिटेर कतै लडाइदिएका छन् कि ! दिनहुँ करेन्ट लगाइरहेका छन् कि ! औंलाहरूमा पिनले घोचीघोची रगत निकालिरहेका छन् कि ! वर्षौंवर्षबेहोस भएर लडिरहनुभएको छ कि ! यहाँभन्दा बढी सोच्ने र सम्झने मेरो शक्ति छैन इन्सपेक्टर साहेब ! लौ- उहाँलाई मारिसकेका भए आफ्नो धर्मअनुसार काजकिरिया गर्न पाइन्थ्यो । न सास छ, न लास छ- यस्तो पनि कुनै राष्ट्रमा हुन्छ -…..। श्रीमान्को कुनै पत्तो छैन, उहाँको जागिरको भरले हामी पालिएका थियौं । जसोतसो परिवारको गाडी चलिरहेकै थियो । केही वर्षता छरछिमेक, गाउँघरमा निस्कन पनि एक प्रकारको ग्लानि र लाजले अर्समर्थ भएकी छु । चिनेका मान्छेहरू नचिनेको अभिनय गर्छन्, नातागोता केही भनसुन सहयोग गर्न पर्ला भनेर यसै परपर छन् । कसैले केही सोधखोज गरेका छैनन् । सबैको अनुहारमा म एक किसिमको त्रासदिपर्ूण्ा रहस्य देख्छु । मानौं सारा गल्ती र भूलहरू मेरा हुन् र मेरै कारणबाट श्रीमान् कहीँ कतै गायब भएका छन् । कुन दिन हो र कुन रात हो – मलाई थाहा छैन । न दिनमा मलाई कुनै घाम लाग्छ, न रातमा कुनै जून । मेरो अगाडि अनन्त अँध्यारो मात्र देख्छु । यौटा यस्तो लामो सुरुङ्गभित्र पसेको अनुभव गर्छर्ुुजहाँबाट बाहिर निस्कने कुनै बाटो छैन । असङ्ख्य काँडाहरूले घोचिएर असङ्ख्य पीडाहरूले थिचिएर यौटी आइमाई बाँच्न सक्तिरहिछ- आफैंलाई आर्श्चर्य लाग्छ । कहिलेकाहीँ पुराना दिनहरूले झकझकाउँछ । माइतीको आँगनमा गट्टा खेलेको र नाचेको सम्झनाले केही समय पहाड चढेजस्तो लाग्छ तर एकैछिनमा जब आफ्नो वर्तमानमा आउँछु, आजभोलिमा रूपान्तरित हुन्छु, त्यस पहाड यौटा भीरमा साटिन्छ ।
त्यसभरीमा लगेर कसैले मलाई पछाडिबाट लात्तीले हानेर खसाइदिन्छ । म झसङ्ग भएर वरिपरि हर्ेर्छर्ुुत्यही शून्य कोठा छ, त्यही निर्जीव खाट छ । न रेडियो सुन्न मन लाग्छ, न टिभी खोल्न । बाहिर बार्दलीमा बसेर टाढा कतै हेरिरहन्छु- उहाँ आउँदै हुनुहुन्छ भनेर । मनमा यौटा सानो सपनाको बिरुवा उमार्छर्ुु ‘यत्रा धेरै वर्षरू कहाँ जानुभएको थियो- मलाई एक्लै छाडेर । मैले त्यस्तो अपराध के गरेको थिएँ र मलाई दण्ड दिनुभएको ।’ ‘म कहाँ गएको छु र सीता ! यहीँ यतै कतै छु । म धेरै वर्षहराएँ भन्नु त्रि्रो भ्रम हो । यस्ता नचाहिँदा भ्रमहरू पाल्नु बेकार छ … ‘ उहाँले थोरै मुस्कान सहित भन्नुभयो । म स्पष्ट हुन चाहेँ- ‘तपाईंलाई लडाकुहरूले अपहरण गरेको होइन र ! म तपाईंलाई जहाँतहाँ खोजिरहेको छु- धेरै वर्षभइसक्यो । सारा आकाश- पाताल चहारिरहेकी छु- तपाईंलाई कहीँ कतै भेट्न सकिन । अब त म थाकिसकेकी छु । मलाई धेरै दुःख नदिनुहोस् । हर्ेदाहर्ेर्दै उहाँको अनुहार यौटा विषालु र्सपमा बदलिन्छ । म आर्श्चर्यचकित हुन्छु- त्यो र्सप आफ्नो फणा उठाएर मलाई टोक्न तम्सन्छ । म जति भाग्छु- त्यो उति मेरो पछि लाग्छ । म भाग्दैछु- त्यसले लखेट्तै खेद्छ । मेरो सारा इन्द्रियहरू शिथिल भएका हुन्छन् । अचानक यौटा पोखरीमा गएर म डुब्छु । त्यो दुष्ट र्सप कहीँ कतै हराउँछ । जब म बिउँझन्छु- गहिरो अन्धकारले ढाकेको त्यही कहालीलाग्दो कोठा । गर्मीले जीउ पसिनापसिना भएको- यसो छाम्छु । खाटमा उहाँको ठाउँमा खाली र चिसो छ । मलाई थाहा छैन इन्स्पेक्टर साहेब ! म जिउँदो छु कि मर्ूदा । अनायास बिउँझन्छु – अनायास बाथरुम जान्छु, अनायास नुहाउँछु । अनायास खाना खान्छु । चामल खाँदै छु कि ढुङ्गा ! के थाहा ! कुनै रोबटजस्तो वा पुतलीजस्तो ! आफैंलाई आफूसँग विश्वास नगरेर पनि बाँचिदोरहेछ । मैले आफ्नो यति लामो कथा भनिसकेँ- तपाईं किन केही बोल्नुहुन्न साहेब ! भन्नोस् के यस देशमा कुनै सरकार छैन ! कुनै ऐन- कानुन छैन – तपाईंले भन्नर्ुपर्छ, ढुङ्गा भएर बसिरहन पाउनुहुन्न । म बोल्न, चल्न नसक्ने भएको थिएँ । मैले सीतालाई आफूतिर आउन इसारा गरेँ । ऊ एकदमै तर्सर्ीी मेरो मुखमा बलियो पट्ट िबाँधिएको थियो अनि हातमा नेल र हत्कडी । सीता जोडले कर्राई र मुर्च्छा परी । अनि, म आत्तिएर बिउँझे । चारैतिर अन्धकार थियो- मात्र अन्धकार ।
(श्रोत:- मधुपर्क )