कथा : सीताहरु – २३

~परशु प्रधान~Parashu Pradhan

केही वर्षभयो- मैले सीताहरूको खोजी गरेको । यसका लागि म कहाँ पुगिन- होटेल, रेष्टुँरा, डान्सबार र स-साना भट्टीहरूसम्म । मौका मिलाएर कहिलेकाहीँ पोखराको फेवाताल वरपर पनि घुमेको छु । ठमेल, बानेश्वर र कलङ्की त नजिककै तर्ीथस्थल भए- मेरा लागि । चिनेजानेका र सीताहरू पढेका पाठकहरू मलाई भेटघाट वा टेलिफोनमा बरोबर प्रश्न गर्छन्- होइन- यस्ता असाधारण चरित्रका सीताहरू तपाईं कहाँ पाउनुहुन्छ – म ठट्टा गर्छर्ुुहाम्रो सहर बजारका गल्लीगल्लीमा म सीताहरू भेट्छु । गाउँघरमा पनि धेरै सीताहरू सपनाहरूसँग उमेर साटिरहेका पाएको छु । थुप्रै म्यानपावर कम्पनी, एजेण्डा, दिउँसो चल्ने लजहरूमा पनि म त सीतैसीता देख्छु । “हामी त गीता, रीता, शर्मिला, निर्मला, अञ्जु, मञ्जुहरूमात्र देख्छौँ, भेट्छौँ । तपाईं राम भएर होला जहाँतहाँ सीताहरू मात्र देख्नुहुन्छ ।” हिजो साँझमात्र एक जना साथीले यसो भने ।

केही दिन भयो सपनामा समेत म सीताहरू मात्र देख्छु । मनभरि सीता… सीता भएर होला । एक रात सपनामा यौटी महिला देखापरी । उसको अनुहार धेरै थाकेको र निराश थियो । पीडायुक्त स्वरमा उसले आफ्नो परिचय दिई- मेरो नाम सीता भण्डारी हो- घर झापा पर्छ । धेरै दिनदेखि यहाँसम्म भेटेर पीडाको कथा सुनाउनु थियो । कुनै घना जङ्गलको डाँडोमा म बसेको रहेँछु । टाढा टाढासम्म गहिरो अँध्यारो थियो । मुनि कतै खोला सुसाएको आवाजभित्र मैले भनँेछु- म स्वयम् असहाय छु । ममा कुनै शक्ति र जाँगर छैन । म यहाँलाई के सहयोग गर्न सक्छु होला र – “होइन, तपाईं प्रहरी निरीक्षक होइन – यो जिल्लाको शान्तिसुरक्षा, दुःख र पीडा तपाईंले हर्ेर्नुपर्ने होइन । सुन्नुहोस्- तीन वर्षेखि मेरो श्रीमान् बेपत्ता छन्- कहाँ के कस्तो अवस्थामा छन्, मलाई थाहा छैन । एक राती केही चिम्से केटाहरू आए र उहाँसँग हाम्रो काम छ भनी लिएर गए । सो साँझ पल्लो घरमा खसी काटेकाले मासु र भात पकाएको थिएँ । मैले नम्र भावमा भनेँ- उहाँसँग के कस्तो काम होला – म पनि सुनुँ । फेरि खाना तयार छ- ख्वाएर लानु होस् न हुन्न – ती के मान्छे- साक्षात् दैंत्य थिए । हामीलाई तुरुन्त ल्याउने अर्डर छ- यत्ति भनेर तिनले उहाँलाई लछार पछार गरी लगे । म र केटाकेटी रातभरि रोएर काट्यौँ । भोलि बिहान गाउँघर, छरछिमेकमा खोज खबर गरें । कसैलाई केही अत्तोपत्तो थिएन । सबैलाई जङ्गलीले लगेको शङ्का भयो । दिउँसो उहाँले काम गर्ने कपडा कारखानामा गई खोजखबर गरेँ । अहँ- कसैले केही भन्न सकेनन् । आजभोलि भन्दाभन्दै समय पानीको छालजस्तो बगिरहृयो ।

पत्रपत्रिकामा दियौँ-धेरै एन.जि.ओ. हरू गुहार्‍यौँ । यी सबको केही अर्थ भएन । हेर्नोस् न- खानाखाने बेला भयो, उहाँको अनुहार अगाडि आउँछ । भातको गाँस घाँटीबाट भित्र जाँदैन । छोराछोरी सोध्छन्- आमा ! बा कहिले आउनुहुन्छ भनेर म तिनलाई के जवाफ दिउँ – रातरातभर न्रि्रा पर्दैन । उहाँको अनुहार आएर सोधिरहन्छ- तिमीहरूलाई कस्तो छ – छोराछोरी राम्रै पढिरहेका छन् कि छैनन् । तिनलाई जसरी पनि पढाउँनु । हेर्नोस् न १२/१३ वर्षो छोरो लागूपदार्थ खाने भइसकेको रहेछ । आफ्नो बाबु अचानक बेपत्ता हुनुको पीडाले ऊ कुलतमा फसेको हो- मेरो केही लागेन । अनि छोरीले पनि पढाइ मात्र छाडिन, घर पनि छाडी । सहरको कुनै रेष्टुराँमा काम गर्छर्ुुन्छे, महिना पन्ध्र दिनमा एक छिनलाई आउँछे । म सोध्छु- नानी ! तँ के काम गर्छर्ेे हँ । ऊ केही जवाफ दिन्न । यौटा झिल्के पर्सबाट दोटा हात्ती मलाई दिएर भन्छे- ‘आमा ! म हात्तीहरूलाई आफ्नो पर्समा राख्ने काम गर्छर्ुु’ “तैंले पढ्नुपर्ने, तँलाई बा को नर्स बनाउने सपना थियो छोरी !” – म रुन्छु । मेरो रुवाइको के अर्थ बुझ्छे ऊ कुन्नि ! अरू दुइटा हात्ती थप फ्याँकेर ऊ घरबाट निस्कन्छे । हावामा उसका स्वरहरू प्रतिध्वनित हुन्छन्- मलाई स्वतन्त्रतापर्ूवक बाँच्न दिनोस् । यो समाजमा के कसरी बाँच्नर्ुपर्छ मैले थाहा पाइसकेकी छु । इन्स्पेक्टर साहेब ! तपाईंका पनि परिवार होलान् । इन्स्पेक्टर साहेब ! श्रीमती र छोराछोरी होलान् । भन्नोस् त म कसरी बाँच्तै आइरहेकी छु- न श्रीमान्को केही पत्तो छ, न छोराछोरीको । यसरी बाँच्नुभन्दा मर्न निको भनेर एक रात म घरबाट निस्केँ । अलि परको पोखरीमा छ्वाम्लाङ्ग हाम्फालँं भनेर डिलमा पुगेँ । पोखरीका प्रत्येक लहरले मलाई बोलाइरहेजस्तो लाग्यो । मैले भगवान्को नाम लिएँ । श्रीमान् र छोराछोरीको नाम लिएँ र दुवै आँखा चिम्लिएँ र आफूलाई सम्पर्ूण्ारूपमा बिर्सने प्रयास गरेँ । अचानक टाढा कतैबाट यौटा पुरुष स्वर आइरहेजस्तो लाग्यो- सीता ! तँ भयङ्कर अपराध गर्दैछेस् । तेरो सात जुनी नरकमा पर्ला । कुनै दिन म घरमा आउँदा म कसलाई सीता भनुँ – कससँग बाँकी जिन्दगी काटौं – यस्तै यौटी युवा-नारीको स्वरले मलाई माथि आकाशबाट यस धरतीमा ल्याइदियो- आमा ! तपाईं के गदर्ैर्ैर्ैैुनुहुन्छ – मलाई तपाईंले ज्वाइँ खोजिदिनु पर्दैन । तपाईं यत्ति कायर र डरछेरुवा बन्नुहन्छ ! मैले आत्महत्या गर्न सकिँन, म मर्न सकिँन इन्सपेक्टर साहेब ! सरासर घरमा फर्कें । उहाँको फोटो हेरेँ- मुस्कुराइरहेको । भित्तामा रहेको बिहेको फोटोले जिस्क्याइरहेझैं लाग्यो । कहिल्यै कुनै भाषण-भिषण, जुलुस, सभा र गोष्ठीहरूमा नजाने म सीता ! केही वर्षता त्यस्ता सबै भेलाहरूमा जाने र भाग लिने गरेकी छु ।

ती सब ठाउँहरूमा जानुको मेरो यौटै उद्देश्य हुन्थ्यो- उहाँलाई खोज्नु, भेट्नु र डाँको छाडेर रुनु । जसलाई पनि म सोध्थेँ- मेरो श्रीमान्लाई देख्नुभयो । उहाँको नाम राम भण्डारी हो । उहाँ गहुँगोरो अग्लो हुनुहुन्छ । मान्छे अधवैंसे र जीउडाल न मोटो, न पातलो छ । कत्तिले देखेनौं वा हामीलाई थाहा भएन भन्थे तर कतिजना यो बौलाही रहिँछ भनेर हाँस्थे । यस्तै कोही राम्रो जीउडालको मान्छे देख्यो कि म उसको पछिपछि लाग्थेँ । जब कुनै टुङ्गोमा ऊसँग भेट हुन्थ्यो- म लज्जित हुन्थें । यस्ता घटना-दर्ुघटनाहरू कति छन् कति ! नेताहरूका ठूल्ठूला भाषण सुन्थेँ । देशमा प्रजातन्त्र, लोकतन्त्र ल्याउने कुरा गर्थे । कोही गणतन्त्रको नारा दिन्थे । म अदना नारीलाई के थाहा ! कुन तन्त्र हो कि मन्त्र हो । जुनसुकै तन्त्र आवस्, मलाई के मतलव । मलाई मेरो श्रीमान् ल्याइदिए पुग्छ । कहिलेकाहीँ लाग्छ- उहाँलाई रगतपच्छे पारेर पिटेर कतै लडाइदिएका छन् कि ! दिनहुँ करेन्ट लगाइरहेका छन् कि ! औंलाहरूमा पिनले घोचीघोची रगत निकालिरहेका छन् कि ! वर्षौंवर्षबेहोस भएर लडिरहनुभएको छ कि ! यहाँभन्दा बढी सोच्ने र सम्झने मेरो शक्ति छैन इन्सपेक्टर साहेब ! लौ- उहाँलाई मारिसकेका भए आफ्नो धर्मअनुसार काजकिरिया गर्न पाइन्थ्यो । न सास छ, न लास छ- यस्तो पनि कुनै राष्ट्रमा हुन्छ -…..। श्रीमान्को कुनै पत्तो छैन, उहाँको जागिरको भरले हामी पालिएका थियौं । जसोतसो परिवारको गाडी चलिरहेकै थियो । केही वर्षता छरछिमेक, गाउँघरमा निस्कन पनि एक प्रकारको ग्लानि र लाजले अर्समर्थ भएकी छु । चिनेका मान्छेहरू नचिनेको अभिनय गर्छन्, नातागोता केही भनसुन सहयोग गर्न पर्ला भनेर यसै परपर छन् । कसैले केही सोधखोज गरेका छैनन् । सबैको अनुहारमा म एक किसिमको त्रासदिपर्ूण्ा रहस्य देख्छु । मानौं सारा गल्ती र भूलहरू मेरा हुन् र मेरै कारणबाट श्रीमान् कहीँ कतै गायब भएका छन् । कुन दिन हो र कुन रात हो – मलाई थाहा छैन । न दिनमा मलाई कुनै घाम लाग्छ, न रातमा कुनै जून । मेरो अगाडि अनन्त अँध्यारो मात्र देख्छु । यौटा यस्तो लामो सुरुङ्गभित्र पसेको अनुभव गर्छर्ुुजहाँबाट बाहिर निस्कने कुनै बाटो छैन । असङ्ख्य काँडाहरूले घोचिएर असङ्ख्य पीडाहरूले थिचिएर यौटी आइमाई बाँच्न सक्तिरहिछ- आफैंलाई आर्श्चर्य लाग्छ । कहिलेकाहीँ पुराना दिनहरूले झकझकाउँछ । माइतीको आँगनमा गट्टा खेलेको र नाचेको सम्झनाले केही समय पहाड चढेजस्तो लाग्छ तर एकैछिनमा जब आफ्नो वर्तमानमा आउँछु, आजभोलिमा रूपान्तरित हुन्छु, त्यस पहाड यौटा भीरमा साटिन्छ ।

त्यसभरीमा लगेर कसैले मलाई पछाडिबाट लात्तीले हानेर खसाइदिन्छ । म झसङ्ग भएर वरिपरि हर्ेर्छर्ुुत्यही शून्य कोठा छ, त्यही निर्जीव खाट छ । न रेडियो सुन्न मन लाग्छ, न टिभी खोल्न । बाहिर बार्दलीमा बसेर टाढा कतै हेरिरहन्छु- उहाँ आउँदै हुनुहुन्छ भनेर । मनमा यौटा सानो सपनाको बिरुवा उमार्छर्ुु ‘यत्रा धेरै वर्षरू कहाँ जानुभएको थियो- मलाई एक्लै छाडेर । मैले त्यस्तो अपराध के गरेको थिएँ र मलाई दण्ड दिनुभएको ।’ ‘म कहाँ गएको छु र सीता ! यहीँ यतै कतै छु । म धेरै वर्षहराएँ भन्नु त्रि्रो भ्रम हो । यस्ता नचाहिँदा भ्रमहरू पाल्नु बेकार छ … ‘ उहाँले थोरै मुस्कान सहित भन्नुभयो । म स्पष्ट हुन चाहेँ- ‘तपाईंलाई लडाकुहरूले अपहरण गरेको होइन र ! म तपाईंलाई जहाँतहाँ खोजिरहेको छु- धेरै वर्षभइसक्यो । सारा आकाश- पाताल चहारिरहेकी छु- तपाईंलाई कहीँ कतै भेट्न सकिन । अब त म थाकिसकेकी छु । मलाई धेरै दुःख नदिनुहोस् । हर्ेदाहर्ेर्दै उहाँको अनुहार यौटा विषालु र्सपमा बदलिन्छ । म आर्श्चर्यचकित हुन्छु- त्यो र्सप आफ्नो फणा उठाएर मलाई टोक्न तम्सन्छ । म जति भाग्छु- त्यो उति मेरो पछि लाग्छ । म भाग्दैछु- त्यसले लखेट्तै खेद्छ । मेरो सारा इन्द्रियहरू शिथिल भएका हुन्छन् । अचानक यौटा पोखरीमा गएर म डुब्छु । त्यो दुष्ट र्सप कहीँ कतै हराउँछ । जब म बिउँझन्छु- गहिरो अन्धकारले ढाकेको त्यही कहालीलाग्दो कोठा । गर्मीले जीउ पसिनापसिना भएको- यसो छाम्छु । खाटमा उहाँको ठाउँमा खाली र चिसो छ । मलाई थाहा छैन इन्स्पेक्टर साहेब ! म जिउँदो छु कि मर्ूदा । अनायास बिउँझन्छु – अनायास बाथरुम जान्छु, अनायास नुहाउँछु । अनायास खाना खान्छु । चामल खाँदै छु कि ढुङ्गा ! के थाहा ! कुनै रोबटजस्तो वा पुतलीजस्तो ! आफैंलाई आफूसँग विश्वास नगरेर पनि बाँचिदोरहेछ । मैले आफ्नो यति लामो कथा भनिसकेँ- तपाईं किन केही बोल्नुहुन्न साहेब ! भन्नोस् के यस देशमा कुनै सरकार छैन ! कुनै ऐन- कानुन छैन – तपाईंले भन्नर्ुपर्छ, ढुङ्गा भएर बसिरहन पाउनुहुन्न । म बोल्न, चल्न नसक्ने भएको थिएँ । मैले सीतालाई आफूतिर आउन इसारा गरेँ । ऊ एकदमै तर्सर्ीी मेरो मुखमा बलियो पट्ट िबाँधिएको थियो अनि हातमा नेल र हत्कडी । सीता जोडले कर्राई र मुर्च्छा परी । अनि, म आत्तिएर बिउँझे । चारैतिर अन्धकार थियो- मात्र अन्धकार ।

(श्रोत:- मधुपर्क )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.