“बुबा आमालाई तुलसीको मठमा निकालेका छौँ, उहाँको अन्तिम अवस्था छ ।” म पीडापूर्ण स्वरमा बालाई भन्छु । बुबा पलङमाथि बसेर कुनै मोटो अङ्ग्रेजी पुस्तक पढ्न लाग्नुभएको छ । मेरो आवाज सुनेर एकपटक टाउको उठाएर मतिर हेर्नुहुन्छ अनि फेरि पुस्तकका पानामा नै ध्यान दिनुहुन्छ ।
“बा सुन्नुभएन – आमा जान लाग्नुभयो …,” मेरो स्वर काँपेको छ ।तर, उहाँमा कुनै प्रतिक्रिया पाउँदिन । “बा… बा… सुन्नुभएन ” म आफ्नो आवाज बढाउन बाध्य हुन्छु । तर, कुनै रेस्पोन्स पाउँदिन । मलाई लाग्छ, त्यो पुस्तक पढिरहने मेरा बा होइनन्, कुनै जीवित प्राणी होइनन् । कुनै ढुङ्गाका मर्ूर्ति हुन् । मलाई डाँको छाडेर रुन मन लाग्छ तर सक्तिन । बाको अनुहार हेर्छु, कुनै क्रिया-प्रतिक्रिया छैन, केही नलेखिएको खाली कागजजस्तो ।
“बा ! ए बा!! आमा जान लाग्नुभयो, तपाईं एकपटक बाहिर आउनोस् …!” म फेरि अनुरोध गर्छु एकैपटक ३० वर्षघि पुग्छु । एउटा पुरानो सहरमा म जन्मेको रहेछु । अर्थात्, भर्खरै सिमेन्ट र डन्डीको जङ्गल बन्न लागेको, पोखरीको अन्धकारबाट उज्यालो खोज्न लागेको सहर । सानैमा थाहा पाएँ, मेरा आमा, बा र दाजु छन् । बा कुनै स्कुलमा पढाउनुहुन्छ र घरको कामधन्दा आमाको जिम्मा छ । हामी दाजुभाइ त्यही सहरको कुनै पुरानो धर्मशालामा सञ्चालन भएको स्कुलमा पढ्थ्यौँ । स्कुलबाट घर फर्केपछि लाग्ने भोक दही-चिउरा वा मकै-भटमासले टार्थ्यौँ । बा सधैँ साँझपख भन्नुहुन्थ्यो, उमेश र रमेश ! मेरा दुई आँखा हुन्, दुई खुट्टा र दुई हात हुन् । तिमीहरू दुवैले सरकारी जागिर खानर्ुपर्छ । मजस्तो मास्टर वा गुरुजी हुने होइन । यसैले बाल्यकालदेखि एउटा स्पष्ट-अस्पष्ट तस्बिर आउँथ्यो, दौरा-सुरुवाल, कोट र कालो भाद्गाउँले टोपीको । पियन र तल्लो दर्जाका कर्मचारीहरूको प्रणाम र नमस्कारको । एक किसिमले एउटा सानु देशको, सानु सहरको, सानु सामान्य परिवारको गाडा हाँकिइरहेको थियो । कहिलेकाहीँ सिनेमा हेर्नु, पौडी खेल्नु वा फुटबल खेल्नु हामी दाजुभाइको सामान्य दिनचर्या नै थियो । अर्थात्, सानो सपनामा हामी हराउँथ्यौँ ।
उमेश भन्थ्यो, “म परराष्ट्रमा जागिर खाएर राजदूत हुन्छु । “
म भन्थेँ, “म पनि बडाहाकिम हुन्छु र कुनै जिल्ला हाँक्छु । “
तर, जिन्दगी त्यसरी कहाँ चल्ने रहेछ र ! हामीले सोचिरहेका समानान्तर रेखाहरू, भित्र कहीँकतै बक्ररेखामा साटिइसकेका हुने रहेछन् । जिन्दगीको अग्लो पहाडमा कहीँकतै पहिरो जाँदा रहेछन् । म्याटि्रक पास गर्नासाथ उमेश दाइ खरदिार भए, परराष्ट्रमा होइन स्वराष्ट्रमा अर्थात् भूमिसुधारमा । दाइको जागिरसँगै ठाउँठाउँबाट बिहेका प्रस्तावहरू आउन लागे, केटीका फोटाहरू खात लाग्न थाले । घरमा एक किसिमको रोमान्टिक वातावरण भयो । दाजुभाइ दुवैको क्रियाकलापमा अर्को ‘ओभरटाइम’ थप भयो, केटीहरूका अनुहार हेरेर मूल्याङ्कन गर्ने । अझ दाइलाई केही प्रेमपत्रहरू पनि आउन लागे । त्यसमा लेखिएका शब्दहरू, सिनेमामा हिरोले बोल्ने शब्दहरूसँग मिल्थे, माई डियर, मेरो राजा ! मेरो देवता आदि, इत्यादि । दाइलाई मन परेको फोटो मलाई मन पर्दैनथ्यो भने मैले ओके भनेको केटीलाई उहाँ झुर भन्नुहुन्थ्यो । यस्तै सामान्य फूल र काँडाको जिन्दगीमा हामीले आफूलाई अगाडि बढाइरहेका थियौँ ।
अचानक बाले आँखा खोल्नुभयो । मेरो ध्यान भङ्ग भयो । उहाँका आँखा बाघका झैँ चम्केका थिए । ती आँखामा घृणा थियो, पश्चात्ताप थियो र आक्रोशका ज्वालाहरू थिए । ती हेर्दै डर लाग्ने आँखाहरूसित मेरो जिन्दगीका लगभग ३० वर्ष बितेका थिए, कहालीलाग्दो, सङ्कटपर्ूण्ा र भयभीत समयहरू ।
धेरै वर्षघिको त्यो अप्रत्यासित समयले मलाई छोयो । त्यस प्रसङ्गलाई मैले कहिल्यै सम्झन चाहिन । त्यस असत्यलाई मैले सदाका लागि बिर्सन चाहेँ । तर, आज आमाको अन्त्य-दिन मभित्र त्यसले अनायास प्रवेश गर्यो । हो, त्यो एउटा कालो दिन थियो, हाम्रो परिवारकै लागि । कुनै पुरानो सिनेमा हेरेझैँ, कुनै घतलाग्दो पुस्तक पढेझैँ, त्यसलाई आफ्नो मानसमा मैले रििमक्स गरेँ ।
हो, त्यो वषर्ाको समय थियो । हुनसक्छ असार-साउनको महिना । त्यो दिनभरि पानी परेको थियो र म चुटिँदै घर पुगेको थिएँ । केही दिनका लागि दाजु काजमा कतै बाहिर जानुभएको थियो । तर, घरमा न बा हुनुहुन्थ्यो, न आमा । धेरैबेर म अलमलमा परेँ । तर, थाहा पाएँ, आमा र बा अलग-अलग कोठामा भित्रबाट आग्लो लाएर बसेका थिए । कहिले आमा र कहिले बाको ढोका ढकढकाएँ । तर, दुवै खुलेनन् । धेरै प्रयासपछि आमाले ढोका खोल्नुभयो र मलाई छाँद हालेर रुन लाग्नुभयो । “आमा ! के भयो आज – मैले त केही बुझिनँ,” मैले सोधेँ । तर, उहाँ रोई मात्र रहनुभयो । मलाई पनि लाग्यो, घरमा कुनै अप्रिय घटना घटेको छ, सोच्नै नसकिने, अस्वीकारयोग्य दुर्घटना भएको छ । हाम्रै सानो परिवार नयाँ मोड वा सँघारमा उभिएको छ ।
आफ्नो बाल्यकालदेखि नै आफ्नो घर मलाई खास घरजस्तो लागेको थिएन । यसभित्र केही शङ्का, अविश्वास र हीनताबोधको आभास मलाई भएको थियो । सपना हो कि विपनामा, मेरो मानसमा रेकर्ड भएका ती वाक्यहरू एक्कासि आए, सम्झिए ।
“मलाई तिम्रै अनुहार हेर्न यो घरमा आउन मन लाग्दैन,” यो कुनै पुरुष स्वर थियो । अहिले मलाई स्पष्ट भयो, यो मेरो बा मास्टर रामप्रसादको रहेछ ।
“सधैँ तपाईंको गाली र दुर्र्व्यवहारले मलाई यो घरबाट कहिले भागूँ भन्ने लागिरहन्छ,” यो कुनै नारी आवाज थियो, जसभित्र अलिकति घाँटीको हिक्का पनि गाँसिएको थियो ।
आठ-दस वर्षै उमेरमा मैले थाहा पाइसकेको थिएँ, मेरा आमा बाको सम्बन्ध खराब छ । ती सधैँ कुकुर-बिरालाझैँ लडिरहन्छन् । कहिलेकाहीँ यो लडाइँ शारीरकि द्वन्द्वमा पनि पुग्छ । अनि, आमाका रुवाइसँग मिसिएका स्वरहरूले मेरो रातभरिको पढाइ र तिम्रालाई अप्रत्यक्ष बाधा दिइरहन्छ । आमाका ती पीडाका स्वरहरूले मलाई धेरै वर्षम्म टेलिफोनका घन्टीझैँ यसरी बजिरहे, कस्तो घरमा परेछु ! के हेरेर आमा बाले मलाई यस्तो नरकमा दिएछन् । कुनै दिन शान्तिको सास फेर्न पाएको हुन्न । सधैँ कचकच, सधैँ यातना र पीडा । कस्तो अभागी कर्म मेरो ।
यसरी हप्तौँसम्म आमा बाको बोलचाल हुँदैनथ्यो । हामी दाजुभाइ कहिलेकाहीँ निराश भएर यसको रहस्य खोल्न खोज्थ्यौँ । दाइ भन्नुहुथ्यो, “हाम्रा बा सधैँ पिएर आउनुहुन्छ र आमालाई नीलडाम हुने गरी पिट्नुहुन्छ । ” म अबोध भाइ भएर प्रश्न सोधेँ, “यसको कारण के हो नि दाइ -“
“यकिन त म भन्न सक्दिन । तर, सुरुदेखि नै दाइजो कम हो कि जस्तो लाग्छ । अनि, बाको स्कुलमा कोही अर्की मास्टर्नी छे कि भन्ने लाग्छ,” दाजु बुझाउन खोज्छन् । म बुझ्ने प्रयास गर्छुर खास जरो पत्ता लगाउने क्षमता ममा छैन । जेहोस्, हाम्रो घर कलह र झगडाको आगोले दनदनी बलिरहेको छ, कुन दिन खरानी हुने हो भन्ने मलाई सधैँ लागिरहन्थ्यो । त्यो खरानी हुने दिन, कालो दिन आजै आइपुगेछ । त्यही कालो साँझ बाले घोषणा गर्नुभयो, “अब म तिमीहरूकी आमासँग बस्न सक्तिन । यत्रा वर्षरू मैले सहेँ, अत्यन्त सहेँ । तर, आजका दिनदेखि हाम्रै बाटो अलग । हाम्रो सम्बन्ध समाप्त भयो । तिमीहरू कोसँग बस्छौ बस । “
मैले दाजु उमेशको अनुहार हेरेँ । ऊ कालोनीलो मात्र भएको थिएन, आँखाभरि आँसु थिए । हामी दुई दाजुभाइ एकअर्कालाई अँगालो हालेर कतिबेरसम्म रोइरह्यौँ । भोलिपल्ट बिहानको उज्यालोसँगै हामीले थाहा पायौँ, दाजु बाको भागमा पर्नुभएछ र म कान्छो आमाको भागमा । उता बा पनि कमाउने, दाजु पनि कमाउने । यता न मेरो आम्दानी, न आमाको । सानै उमेरमा जीवनसँग सङ्घर्ष गर्न म बाध्य भएँ, विवश भएँ । आमा दिनभरि बाहिर जानुहुन्थ्यो, कुनै विदेशी एनजीओमा काम पाएँ भन्नुहुन्थ्यो । म दिनभरि स्कुल र साथीभाइसँग । राती सुत्ने बेलामा त्यस दिनको कमाइको रकम वा नोटहरू मुट्ठीमा कसेर उहाँ धेरै घन्टासम्म एकनास रोइरहनु हुन्थ्यो । म त्यसको कारण सोधेर आमाको चित्त दुखाउन चाहन्नथेँ । अनि, भोलिपल्ट बिहान खाना खाएपछि हामी दुवै आ-आफ्नो गन्तव्यमा जान्थ्यौँ । हाम्रो एउटै घर, चार कोठा, अब दुई घर अर्थात् दुई-दुई कोठामा बाँडिएका थिए । लाग्थ्यो, हाम्रो अघोषित युद्ध छ । अब न आमा केही बोल्नुहुन्थ्यो, न बा । म र दाजु पनि आमा र बालाई छलेर कहिलेकाहीँ दुःख-सुखका कुरा गथ्यौं, त्यो पनि डराएर । अनि, बाहिर म हाम्रो परिवारबारे विभिन्न टिप्पणीहरू सुन्थेँ, मास्टरजी जँड्याहा भएर छुट्टिएका हुन् ।
मास्टरले आफ्नै स्कुलको मास्टर्नी राखेको छ ।
मास्टरलाई पहिलेदेखि श्रीमती मन परेको थिएन ।
अनि, आमाका बारेमा पनि छरछिमेकी कुरा काट्न किन पछि पर्थे । विशेषतः धारा र पसलमा ती टिप्पणी गर्थे मास्टर्नी पनि अरूसँग लागेकी थिई रे ! त्यसैले अलगअलग बसेका ।
कान्छो छोरो मास्टरले मेरो होइन भन्यो रे !
मास्टर्नी खराब व्यवसायबाट पैसा कमाउँछे, आदि इत्यादि । यस्ता अनेकौँ क्रिया, प्रतिक्रिया र टिप्पणीहरूले म अत्यन्त पीडित हुन्थेँ । म भित्रसम्म खलबलिन्थेँ, आफू भित्रभित्रै मृतवत् हुन्थेँ र धेरैपटक आत्महत्या गरेर यो इहलीला समाप्त पारुँ भन्ने सोच्थेँ । तर, मर्न पनि कहाँ सजिलो रहेछ र ! यो जिन्दगी भनेकै मर्नु र बाँच्नुको सीमा वा दोसाँध रहेछ । हामी सबैले जिन्दगीको गाडी हाँकिरह्यौँ, केही होसमा, केही बेहोसमा ।
एक बिहान अचानक दूध लिने बुथमा दाइसँग भेट भयो । उहाँले मलाई एकान्तमा लगेर सुटुक्क कानमा भन्नुभयो, “सुन कान्छा ! बा मेरो बिहे गरििदने सुरमा हुनुहुन्छ । तर, म यो जीवनमा बिहे गर्दिनँ, अविवाहित नै बस्छु । ” मेरो किनको जवाफमा उहाँका यी पीडायुक्त स्वरहरू अहिले पनि मेरो कानमा झङ्कृत भइरहेका छन्, “हाम्रै आमा बाको लडाइँबाट मैले निर्णय लिएको हुँ, बिहे गरेर म त्यस नरकमा डुब्न चाहन्न । “
मलाई थाहा छ, आँगनमा आमा आफ्नो अन्तिम सास फेरिरहनुभएको छ । बालाई म अन्तिम मौका दिएर सोध्छु, “बा ! तपाईं अन्तिम अवस्थामा पनि एकपटक आमाको अनुहारसम्म हेर्नुहुन्न । तपाईं यतिसम्म क्रूर र निष्ठुर हुनुहुन्छ ! मलाई त्यस्तो पिताको पुत्र हुनुपरेकामा सबभन्दा ठूलो दुःख छ । “
उहाँ केही बोल्नुभएन । मैले उहाँको अनुहार हेरेँ, अत्यन्त गम्भीर र भावुक । उहाँले पुस्तक थन्क्याउनुभयो र उठ्नुभयो । हामी बाहिर निस्क्यौँ ।
आँगनमा आमाका प्राणपखेरु उडिसकेका थिए ।
(श्रोत:- नेपाल साप्ताहिक)