कथा : क्रूर मान्छे

~विना तामाङ ‘सुनगाभा’~

अन्तत उसले त्यो क्रुर मान्छेलाई घरमा ल्यायो । पछिल्लो केही दिनदेखिको मेरो आग्रहलाई आज उसले स्वीकारेको छ । अनि म बडो सतर्कताका साथ क्रुर मान्छेको हातभरि पिपलका दाना पाकेभैंm पाकेका घाउहरु सफा गर्दैछु । यति सावधानीका साथ कि कतै मैले प्रयोग गरेको कपासले पनि उसलाई नदुखोस । मेरा सारा ध्यान उसलाई सञ्चो पार्नेतिर छ । शून्यतालाई चिर्दै उसको मुखबाट निस्किएको सिकसिकाहट कोठाभरि गुञ्जायमान हुन्छ । सायद पीडा अत्याधिक बढेर गएको छ । आँखाहरु कहिलेकाही उसको आँखामा गएर ठोकिन्छ । म देख्छु उ एक तमासले मलाई हेरिरहेछ । हातहरु जबर्जस्ती बाँध्न खोज्छ । सायद यतिबेला त्यो क्रुर मान्छे जिभ्रो चलाउन नसके पनि म सँग क्षमायाचना गर्न हातहरु जोड्न चाहन्छ । आत्माग्लानीले होला आँखाहरु भरिएछन् । कस्तरी डढेछ अनुहार त पुरै कोइलाजस्तै देखिएछ ।

कुनै दिन ममा त्यो क्रुर मान्छे प्रतिको घृणा भक्भकी पानी उम्लिएझैं उम्लन्थ्यो । यहाँसम्म कि म उसको मृत्युको कामना गर्थें । जब–जब उसको बर्बर हातहरु मेरो चुल्ठोमा र खुट्टाहरु ढाडभरि सल्बलाउँथ्यो म असह्य  पीडाभित्र उसको मृत्युको कामना गर्थें । त्यतिबेला उसका आँखाहरु पाकेका गोलभेंडाजस्तो देखिन्थ्यो अनि दाँत कुनै हिंस्रक जनावरको भैंm हुन्थ्यो । उसले ओकलेका अश्लील गालीले मनहरी खोलासमेत लज्जित हुन्थ्यो । सुकुम्वासी बस्तीको त्यो सानो टहराभित्र डंक मारीमारी उसका ती शब्दहरु गुञ्जिन्थ्यो । उसले प्रयोग गर्ने गालीका शब्दहरु र प्रहार गर्ने मुक्काबाट दुईवटै छोराहरु भयभित हुन्थे अनि बेजोडले भाग्थे हार गुहार माग्न बाहिरतिर । डरले होला सायद त्यतिखेर ती दुबै निलकण्ठ झैं निला हुन्थे ।

कति पटक त मैले त्यो नारकीय जीवनलीला सकाउने कोसिस पनि गरेको थिएँ । तर हरेक पटक आँखा अगाडि दुई छोराको प्रतिबिम्व छाउँथ्यो । म बाध्य हुन्थेँ मातृत्वको आँचल फैलाउन पूर्णरुपमा दुई छोरालाई समाहित गर्न र यो त्यतिखेर मात्र सम्भव थियो जतिखेर म जीवित हुन्थें । त्यसैले सदैव मेरा खुट्टाहरु रोकिन्थे मृत्युको आगोतिर जानबाट । मृत्यु जीवन, जीवन मुत्यु यी दुबै पाटाहरु मेरो लागि बिजगणितीय समस्याहरु झैं हुन्थे । जहाँ अभिब्यञ्जकहरुको समीकरण अन्त्यमा बराबरी हुन्थ्यो । म पनि सधैं मृत्यु र जीवनबीचको धुर्वीय विकर्षणमा समानता ल्याउने प्रयासमा हुन्थें । मलाई अहिले पनि याद छ, प्रत्येक दिन उही घटनाको पुनरावृत्ति हुन्थ्यो । त्यसको लागि कुनै विशेष कारण चाहिँदैन थियो । “तरकारीमा नुन पुगेन” अथवा “सर्टको कलर किन मैलो ?” बस त्यो अरमुठ्ठेझैं गुजुल्टिएको शरीर एकाएक तनक्क तन्किन्थ्यो र आफ्नो पुरुषार्थ प्रदर्शन गर्न मुक्काहरुको वर्षा गराउन सुरु गरिहाल्थ्यो । साँच्चै कति निर्दयी थियो त्यो क्रुर मान्छे ।

म जब जब स–साना छोराहरुको भविष्यको बारेमा सोच्थें तब तब आतंकित हुन्थे । म उनीहरुलाई पढाई लेखाई चेतनशील मानिस बनाउन चाहन्थें न कि उनीहरुको बाबुजस्तै क्रुर अनि हृदय नभएको निर्दयी । त्यति कठोर नबनोस, आप्mनो कर्तब्यबाट बिमुख बाबु नबनोस् भोलिका दिनमा मेरा छोराहरु म यहि चाहन्थें । त्यसको लागि म हरेक दिन अघिल्लो दिनको कुटाईबाट पाएको दुखाई भुलाउँदै, निलडाम लुकाउँदै भाँडा माझ्न, कपडा धुन बाथरुम सफा गर्न जान्थें साहुकोमा जहाँबाट पाएको केही पारिश्रमिकले म छोराहरुको पढाईलाई निरन्तरता दिलाउँथें । त्यो क्रुर मान्छेले हामीप्रति अरु केही नगरे नि एउटा दया भने गरेको थियो । उसले हामीलाई महिनाभरको लागि त हैन तर पनि केही समयको लागि पुग्ने गरी रासन भरिदिन्थ्यो । त्यो रासनमा २ किलो मुसुरको दाल, ३० किलोको एक बोरा चामल, २ पाकेट भटमासको तेल अनि केही मरमसला हुन्थ्यो । त्यति राशनले महिना धानिदैंन भन्ने मलाई थाहा थियो र त म कति दिन भोकै बस्थें । कहिलेकाँही ठूलो छोरा सोध्थ्यो “आमा खाना किन नखानुभएको ?” मेरो रेडिमेड जवाफ हुन्थ्यो “बाबु आज खान मन छैन वा आज साहूको खाएर आएँ ।” त्यतिखेर म झुट त बोलिरहेको हुन्थें तर मेरा आँखाहरुले साथ दिइरहेका हुन्नथ्यो । आँखाहरु ओसिला हुन्थे । अँ चुपचाप धोतिको सप्कोले त्यो असफलतालाई पुछ्ने असफल नै कोसिस गर्थें ।

हामी दिनभर सुरक्षित महसुस गथ्र्याैं किनकि दिउँसो त्यो क्रुर मान्छे आहारा खोज्न गएको हुन्थ्यो अथवा भनौं आफ्नो गुफाबाट बाहिर लुते कुकुर झैं हल्लिरहेको हुन्थ्यो । साँझ परेपछि भने दुवै छोराहरुको अनुहार हेर्न लायकको हुन्थ्यो । भयमिश्रित अनुहार अनि कम्पित शरीरको साथमा दुवै हावामा हल्लिरहेका ध्वजाझै देखिन्थे । अनि म चाहिँ फलामको जीउ बोकेर त्यो क्रुर मान्छेको मुक्का खान तम्तयार हुन्थें । कतिखेर लड्खडाउँदै आउने हो ,के निहुँ पारेर कुट्ने हो पत्तै हुन्नथ्यो । उसो त त्यो क्रुर मान्छे पनि कहिलेकाहीं त फलाम नै चपाएर आएको हुन्थ्यो र रक्सीका जीवाणुले पुरै शरीर जीर्ण भैसकेको हुन्थ्यो तै पनि कस्तो अज्ञात शक्ति थियो कुन्नि हरेक रात मलाई झारपात मिचेझैं मिचिदिन्थ्यो । पहिले त बेस्सरी कुट्थ्यो अनि मन लागुन्जेल मेरो निर्जिवतुल्य शरीर नोच्थयो, लुछ्थ्यो, चुस्थ्यो मानौं म हाड मासुबाट बनेको नभई फलाम अथवा कुनै साह्रो धातुबाट बनेको मान्छे हुँ । त्यो निर्दयी मान्छेसँग म वर्षाैंदेखि यसरी नै बस्दै आइरहेको थिएँ । जाउँ पनि कता ? माइत ? यो शब्दले मलाई जीवनभर नराम्रोसँग चिमटीरह्यो । नचिमोटस् पनि कसरी माइत झापा भन्ने ठाउँमा त थियो तर माइतमा कोही थिएन । यदि हुँदो हो त सायद मेरो विवाह नै त्यो क्रुर मान्छेसँग हुन्न थियो होला । म सानो छँदै बुबा बित्नु भएछ । आमाले हामी स साना हुँदैमा काकाबाउसँग विवाह गरेर ताप्लेजुङ्गतिर लाग्नु भएछ सारा जग्गा जमिन बेचेर । सात वर्षकी म, पाँच वर्षकी बहिनी र चार वर्षको भाइलाई छाडेर जाँदा आमाको त्यो मुटु किन छेडिएन ? मलाई गज्जब लाग्छ अहिले पनि । बहिनी बडाबाउकहाँ, भाइ मामाघरमा म मात्रै फाल्तु भएथें । नियतिको खेल नै होला सायद त्यतिबेलै म गाउँकै दाइ पर्ने सँग काठमाडौ छिरें । अनि त के मेरा दिनहरु लगातार त्यो थापाथलीको अँध्यरो कोठाभित्र कैद भयो, हातहरु नजाँनिदो तरिकाले गलैंचाका तानहरुमा सलबलाउन थाल्यो । कम्तिमा दुईछाक खान र आङ ढाक्न सफल भएँ । यति काफी थियो मेरो लागि । अठार वर्षसम्म त्यो बन्धन स्वीकार्य भयो । अझै पनि स्वीकार्थें सायद उही दाइले त्यो क्रुर मान्छेसँगको विवाहको प्रस्ताब नल्याएको भए । छब्बीस वर्षकी भइसकेकी थिएँ । मेरो विवाह गरेर घर बसाउने कुनै सपना त थिएन तर तारा झारेर ल्याईदिने झुटा आश्वासनले म गलत्तै गलें र विवाहको लागि तयार भएँ ।

प्राकृतिक नियमअनुसार म पनि गर्भवती भएँ विवाहपश्चात तर यो खुशीको कुराले मेरो मन भरिन नपाउँदै पोखिएर गयो । म गर्भवती भएको तीन महिनादेखि नै त्यो क्रुर मान्छे बेपत्ता भयो । असनको गल्लीमा म दिनहुँ हराएको मान्छे खोज्न जान्थें र निराश भएर डेरामा फर्कन्थें । अहँ भेटिएन । हराएको, बाटो बिराएको भएपो भेटिनु । भागेको मान्छे कसरी भेट्नु ? हरेक दिन सुर्याेदयसँग म आशाहरु फुलाउँथें अनि सुर्यास्तसँगै झार्थें ।

ठुलो बाबु पाएको तीन महिनापछि असनकै गल्लीमा चुरोट सल्काउँदै गर्दा त्यो मान्छेलाई देखें । सुटुक्कै दाइलाई बोलाएँ । त्यतिबेलासम्म त अलप भैसकेको थियो त्यो क्रुर मान्छे । अर्काे दिन फेरि उसरी नै कुरियो । मेरो भाग्य बलियो थियो कि कमजोर भोलिपल्ट त्यो मान्छे त्यही ठाउँमा भेटियो । दाइले कठालो समातेर डेरामा पु¥याउनु भयो । निक्कैबेर सम्म वाकयुद्ध चलिरह्यो । उसको स्पष्टीकरण थियो “म कामको सिलसिलामा भैरहवा गएको थिएँ बल्ल फर्किएँ ।” सम्झौता गरियो अब नछाड्ने भयो हामीलाई त्यस मान्छेले ।

ठुलो छोरा दुई वर्षको पुग्दा नपुग्दै म पुनः गर्भवती भएँ । एक किसिमको डरले हृदयमा बास गरेको थियो कतै फेरि पहिले जसरी छाडेर जाने त हैन? भनेर । तर यसपटक त्यो मान्छे भागेन । सँगै बस्यो तर संवेदनारहित । मैले फेरि सानो छोरालाई जन्माएँ । त्यो मान्छेको बानी भने जस्ताको तस्तै थियो । अझ बढी बिग्रेर गएको थियो । बाहिरै बढी बास हुन्थ्यो । अँधेरोले बर्काे नओढाएसम्म डेरामा खुट्टा राख्दैनथ्यो । भट्टीमा पसेपछि के साँझ के बिहान पत्तै हुन्नथ्यो । भट्टीमै बास बसिदिने । महिना दिनमा मुस्कीलले आधा महिना काम गथ्र्याे त्यो पनि भट्टीमै रक्सी पिएर सकाउँथ्यो ।

त्यो मान्छेमा बिस्तारै बिस्तारै अकल्पनीय परिवर्तन देखें । झ्याउँकिरी कराउन सुरु गरेकै हुन्नथ्यो त्यो मान्छे लड्खडाईसकेको हुन्थ्यो रक्सीको मातले । डेरामा हामी खाना खान कुरेर बसेका हुन्थ्यौं, ऊ भने डकारेर आउँथ्यो । खै के कुरामा असन्तुष्टी थियो मैले कहिले जान्न सकिनँ । हामीबीच सम्वाद पनि कम हुन थालेको थियो । ठूलो छोरा बुझ्ने भैसकेको थियो । उसले आफ्नो होश सम्हालेदेखिनै बाबुलाई मन पराउन छाडेकोथ्यो । माया लाग्ने त्यस्तो खासै केही गरेको पनि थिएन मात्रै हामीलाई छोडेर भागेको थिएन । त्यो मान्छे यति निष्ठुर भएर गयो कि उसले एकपल्ट पनि छोराहरुको बारेमा मसँग कुरा गरेन । के गर्दैछ, कति कक्षामा पुगे ? अहँ कहिल्यै सोधेन । सायद त्यसैले होला ठुलो छोराले त्यो मान्छे नभएको बेलामा “क्रुर मान्छे” भनेर सम्बोधन गथ्र्याे । ऊ भित्र भित्रै त्यो क्रुर मान्छेलाई घृणा गथ्र्यो र पनि प्रतिवाद गर्न भने डराउँथ्यो । कोठाभित्र त्यो क्रुर मान्छे पस्नासाथ दुबै छोराहरु सिरकभित्र छिर्थे निन्द्रा नलागे पनि निदाएको बहानामा । साँच्चै निर्दयी थियो त्यो मान्छे ।

दिनहरु झन कष्टकर हुँदैथ्यो । मैले ज्यानले सकेको काम गरेँ । उनीहरुको पढाईको लागि म निरन्तर घोटिरहें । कहिले साहुहरुको घरमा जुठो भाँडाहरु सँगै घोटिरहें, कहिले आफ्नै लोग्ने भनाउँदाको आलिङ्गनमा अठ्ठिरहें । दिनहरु यसरी नै बित्दै गयो । जसो तसो ठूलो छोराले एस.एल.सी. पास ग¥यो । मेहनतको फल आशातित नै पाइयो । जीन्दगीको परीक्षामा जे जस्तो भए पनि पढाईमा अब्बल नै ठहरियो । अगाडिको पढाई बढाउन सम्भव थिएन । उसले पनि पढ्ने रहर देखाएन सायद सपनाहरु झुण्डीरहेको थियो । ऊ त्यही टिप्ने निहुले निस्कियो । सपना टिप्ने क्रममा ऊ अरब पुग्यो । पहिले त सपना फुल्नै पाएन तर केही महिनापछि उसका सपनाहरु फुलेर झुल्न थाल्यो । बेला बेलामा मलाई फोन गथ्र्याे । भाइको बारेमा चिन्ता ब्यक्त गथ्र्याे । मेरो दुखाईमा मल्हम लगाउँथ्यो तर कहिल्यै बाउको बारेमा सोधेन । मलाई थाहा थियो उसले सोध्ने पनि छैन भनेर । उसलाई दुखेको थियो बाउबाट । त्यसैले छाम्दैन थियो बाउको घाउहरु जुन जर्जर भएर आएको थियो रक्सीले मुख र नाकबाट एकै साथ रगत निस्कँदा ।

चार वर्ष यसरी नै दुख्दै, दुखाउँदै बित्यो । दुखे यसकारण त्यो क्रुर मान्छे झन क्रुर भएको थियो र ममाथिको दुराचार झनै बढेर गएको थियो । दुखाएँ यस कारण त्यो क्रुर मान्छेलाई छाडेर अन्तै बस्न ठूलो छोराले गरेको आग्रहलाई टेरिन । किनकि त्यो क्रुर मान्छे अब बिस्तारै गलेको थियो र बिरामी पर्न थालेको थियो । रक्सीले पुरै नपाके पनि सुरुचाँहि भैसकेको थियो । यस्तोमा पनि रक्सी नल्याईदेको भन्दै चिर्पट उठाउन भने छाडेको थिएन ।

मेरो दयनीय अवस्था देखेर छोरो फर्केर आयो । साथमा एउटा छाप्प्रो बनाउन पुग्ने सपनाका फल पनि थियो । उसले रानी वननजिकै चार आना घडेरीमा उही सपनाको महल बनायो । भाइलाई राम्रो स्कुलमा हाल्यो अनि मलाई आफंैसँग बस्न पुनःआग्रह गर्याे । यसपटक भने मैले मान्नै पर्ने थियो । म आफैं जीर्ण भैसकेको थिएँ । कुनै काममा जान सक्ने अवस्था थिएन । सायद बुढ्यौलीले अलि बढी नै च्यापेर ल्याएकोथ्यो । त्यसमाथि त्यो क्रुर मान्छेको सहन नसक्ने कुटाई । बाध्य भएँ । बाउलाई पनि साथमा लान मैले भनें तर उसले कुनै चासो देखाएन त्यसप्रति । ऊ कठोर भएको थियो ।

आज ठ्याकै छ महिना बितेछ मैले त्यो डेरा छाडेर यहाँ आएको । हामीले छाडेर आएपछि ल्यो क्रुर मान्छेको हविगत जे हुनुथ्यो त्यही भएछ । काम गर्ने क्रममा हातमा परेको एसिडले हात पुरै पाकेको कटहर जस्तो गलेछ । पिपै पिपले भरिएछ । उमेरले पनि तीन बिसा छोईसकेको थियो । कमजोरी अनि रक्सीको स्लो प्वाईजनले ओछ्यान परेको सुनेकोथेँ तर जान सकिरहेको थिइन । “बिजोग भएछ सुब्बा दाइको त । सँधै रक्सी पिएर स्वास्नी कुट्थ्यो । अहिले सबैले छोडेर गएपछि हेर पाप धुरीबाट कराएको । कस्ले स्याहार्ने ? मर्छ होला अब यहि कोठामा डुङ्गडुङ्गती गन्हाउने भयो । ऊफ् !”  यस्तै हल्ला ल्याईपुर्याउँथे कानेखुसी गर्नेहरुले ।

म कसरी त्यो क्रुर मान्छे जसरी निठुर भएर बस्न सक्थें ? जे भए पनि नारी हृदय थियो मेरो । करुणाका लहरहरु सामुद्रिक आँधीझैं लहरिंदैथ्यो । अन्यायी, अत्याचारी, दुराचारी जे जस्तो भए पनि त्यो मान्छे मेरो लोग्ने थियो । दुई छोराहरुलाई नाम दिएको थियो । आधा पेट भए पनि खान दिएको थियो । आपत बिपत सन्चो बिसन्चोमा कुकुरलाई त माया गरिन्छ भने त्यो त मान्छे थियो भलै विवेकहिन थियो तर मान्छे त थियो ।

मनले मान्दै मानेन । छोरा नभएको मौका पारेर हेर्न गएँ त्यो मान्छेलाई । साँच्चै बोली बसिसकेछ । घाउले हात पुरै ढाकिसकेछ । कपाल, दाह्रीजँुगा बढेर जोगीजस्तै देखिन थालेछ । कोठा पुरै गन्हाईरहेथ्यो । मलाई देखेर बररर आँशु झा¥यो । बोल्न खोजेजस्तो लाग्यो । पानी पिलाई दिएँ झन दर्के झरीझैं दर्कियो । कस्तो नमिठो लाग्यो । त्यस्तो कठोर मान्छे पनि रुँदोरहेछ । पहिलोपटक देख्दै थिएँ । जाउलो पकाउन खोजें । भाँडा सबै रित्तै । अन्न भनेको केही भेटिनँ । के खाएर बाँचेको होला जस्तो लाग्यो । भक्कानो फुट्यो । अंगालो मार्ने मन भयो तर सकिनँ किनकि मैले कहिल्यै त्यसरी आफुखुशी हात समातेको समेत थिइन धक लाग्यो । तातो पानी ताईदिएँ । घुटुघुटु पिउँदा रुद्रघण्टी हल्लेको प्रष्टै देखिन्थ्यो । नशा सबै निला देखें । सायद यही अवस्थामा अब केही दिन रहने हो भने बाँच्दैनन् भन्ने लाग्यो । त्यो मायै नभएको मान्छेप्रति असीम माया पलाएर आयो ।

म फर्किएँ । रातभरि निन्द्रा लागेन । त्यो क्रुर मान्छेको दुब्लो ख्याउटे अनुहार रातभर् छल्न आइरह¥यो । बिहान चिया खाने समयमा छोरालाई सबै सुनाएँ । त्यो क्रुर मान्छेलाई घरमा ल्याउने आशय प्रकट गरें । ऊ मौन रह्यो । सायद बिगतले घोच्यो त्यसैले काँडा हुन मन परायो । कुनै उत्तर नै नदिई उठेर गयो । मैले पनि बालहठ गरिरहें । लगातारको मेरो आग्रह भनुँ वा करलाई अन्त्यमा उसले स्वीकार्यो र आज त्यो क्रुर मान्छे मेरो अगाडि लमतन्न छ ।

(श्रोत :- Everesttimes)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.