~गौतम “उदय”~
आज कति सस्तो भएँ!
हुरी आयो उडाई लग्यो बाढी आयो बगाई लग्यो
अनमोल जीवन मेरो आज धेरै सस्तो लाग्यो,
दुइ मुटु एउटै थियो निस्ठुरिले चुडाई गयो
खुसी सारा संगै लग्यो मेरो भन्नु पीडा रह्यो
छाडी जाने छाडी गयो मुटु मेरो चीरा भयो
हाँसो सबै उतै गयो आँसु मात्र मलाई रह्यो.. |
सपना सबै उडी गए एक्लो भएँ रित्तो भएँ
मायाँसंग आँसु साटी आँसुसंगै बगी रहें
रहर सबै डुबी गए आफू मात्र तैरी रहें
आनमोल जीबन थियो आज कति सस्तो भएँ…|
(श्रोत :- Vishwanews)