एयरपोर्टको मुखैमा छ झिम्के !
दिउँसोको दुईबजे झिम्के उड्दैछ कतार । वरिपरि साथी छन् । अलि-अलि जुँगा उम्रेका केटाहरुको हुलमा छ ऊ । काँचा केटाहरुको बगालमा छ झिम्के ।
एयरपोर्टको मुखैमा ठूलो गेट छ । गेटको उत्तरपूर्व ठूलो विमानस्थल छ, त्रिभुवन विमानस्थल ।
ट्याक्सीको साना गाडीहरुको लर्को खुब देखिन्छ त्यता हुँइकिरहेको । गेटमा प्रहरीको सोधपुछमा पास भएर जाने युवायुवतीको हुल झन् चर्को छ त्यही बाटोको पेटीमा ।
झिम्के आˆनो झोला मिलाउँछ ।
‘बीस किलो भन्दा बढ्ता लान पाइन्न । तेरो झोला त तीस किलो जत्तिको छ । मिला, केटा मिला Û’ प्रभुरामले भन्यो ।
झिम्केले झोलाको फस्नर खोल्यो । फाल्ने कुरा के-के छन् ? ऊ ओल्टाइपल्टाई गर्न थाल्यो ।
‘काम नलाग्ने सब फाल्दे है झिम्के !’ प्रभुको उर्दी छ ।
‘भरे फेरि माथि तौलँदा बढी भए झमेला हुन्छ ।’ बोलिरहेछ प्रभुराम ।
झिम्केले झोलाको फस्नर वल्लोदेखि पल्लो छेउसम्म तान्यो । अनेक खिचि्रङमिचि्रङ छन् त्यो टुन्न मोटाएको झोलामा ।
ऊ एकपटक मनमनै हाँस्यो बिहानको कुरा सम्झेर ।
‘तेरो झोलाले भुँडी बोकेछ !’
‘पुटुक्क परेको झोलाले बुहारी ल्याँउने सामल हालेको होला नि ।’
‘तेरो झोलामा दुनियाँ चकित हुने सामानको भिडभाड मात्रै छ जस्तो देख्छु म त !’
बिहान लजमा साथीहरुले टिप्पणी गरेथे ।
अनि मेनपावरले लगाइदिएको माला र टीकामा सजिएर उनीहरु एयरपोर्ट हुर्रिएथे ।
घाँटीमा माला र निधारमा रातो टीका लाएपछि झिम्केलाई बल्ल विदेश जान लागेको भान भयो । उसको मन एकाएक गरुँगो भयो । आँखाबाट आँसु आउला-आउला जस्तो भयो । उसका हातखुट्टा गले ।
प्रभुरामलाई नाइके बनाइएको थियो । मेनपावरले उसलाई समूहबारे भन्ने, अर्हाउने र सल्लाह दिने अधिकार दिएको थियो ।
‘अरुको भन्दा तेरो झोला ठूलो देख्छु, केटा राम्ररी मिला है । भरे बित्थामा झ्याउ हुन्छ ।’ फेरि भन्यो प्रभुरामले झिम्केलाई ।
सबै फस्नर खोलेर फोला मिलाउन थाल्यो झिम्केले । अरु पनि आ-आफ्ना पोका पन्तुरा मिलाउन लागिपरेका छन् । कोही डोरीले कस्दै छन्, कोही बिग्रेको चेन मिलाउँदै छन् ।
झिम्के खुब गौण गरी झोला मिलाइरहेछ ।
उसले लुगा हेर्यो । ती सबै काम लाग्दा छन् । सुइटर, ज्याकेट र भोटे ऊनको टोपी थिए ।
‘जाडोमा काम लाग्छ !’
सानिमाले दिएको टोपी हातमा लिएर सम्झयो ।
‘मलाई बिर्से पनि यो टोपीले तँलाई मेरो माया गर्न यसले सम्झाउँछ झिम्के ।’ सानिमाले भनेकी थिइन् ।
उसले टोपी सरक्क थन्कायो ।
उसले पातलो कम्बल देख्यो । त्यसले अलिक ठाउँ लिएको थियो । यसलाई मौका मिल्दा फाल्नुपर्छ होला । उसले यस्तै सोचेको थियो ।
हिँड्ने एक साता अघि आमाले त्यो कम्बल पट्याएर दिदै भनेकी थिइन्, ‘झिम्के, तिमेरु सबै सन्तान यसैमा हुक्र्यौ । मलाई आमाले मेरो बिहेमा दिनुभएको । यो तातो चीसो जेमा नि काम लाग्छ । बाबु तँ त यसमै कतिपटक लुकिबसेको थिइस् । यो कम्बल लिएर जा है ! ओड्न नि हुन्छ, ओच्छ्याउन नि हुन्छ । सुँघ त, यसमा तँ नै गनाउँछस् । यसमा तेरै गन्ध बढ्ता छ ।’ झिम्केले आमाका कुरा एक-एक गरी मनमा गुन्यो । उसलाई त्यो कम्बलको झन् सारो माया लाग्यो । उसले त्यसलाई चपक्क समात्दै भन्यो – ‘ओहो, यो फाले भनें त म मर्छु ! भो, यसलाई जे गरी नि लानु पर्छ ।’
उसले कच्चाककुचुक पारेर कम्बल राख्यो ।
झिम्केले झोलाको बाँयापट्टकिो बाहिरी भागमा यसो छाम्यो । त्यहाँ पनि खिचि्रङमिचि्रङ रैछन् । उसले फस्नर फरर्र तान्यो । प्लास्टिकको सानो झोला रै’छ ।
‘हन, के हो यो !’ भुत्भुताउँदै उसले झोला छाम्यो ।
उसले पल्लाघरकी मितिनी आमाले दिएको गुन्द्रुक सम्झेर भन्यो, ‘ओहो मितिनी आमाको कोसेली कसरी ˆयाँक्नु ?’
झिम्केले त्यस पोकोलाई चलाएन । उसले त्यो पुरानो कुरो सम्झियो ।
‘बाबु, तेरो मित मरिगो जङ्गलेहरुसँग लागेर । तेरो मितले गुन्द्रुक भनेपछि दुई थाल भात लडाउँथ्यो । तँलाई यै गुन्द्रुक रै’छ मैले दिने चिनो । मलाई सम्झिने बाटो यै हुन्छ, लैजा बाबु यो गुन्द्रुक ।’
झिम्केले कुरो सम्झेर गुन्द्रुकको पोको जसरी झिकेथ्यो, उसरी नै थन्कायो ।
दायाँपट्टी अलिक उच्छिटिएको रै’छ झोला । झिम्केले यसो छामी हेर्यो । अलिक सारो रै’छ । उसले ठम्याउनै सकेन ।
‘हैन के छ हँ, यतातिर चैं ।’ उसले आफैंले आफैंलाई प्रश्न गर्यो । अनि बिस्तारै फस्नरको गाँठो तान्यो ।
कागजको थुँगामा तीनपटक मोरेर राखिएको कुरा हेरेर ऊ एकपटक हाँस्यो ।
त्यहाँ थिए तीनवटा गोला-गोला ताछिएका नरिवलका दाना ।
‘हत्तेरिका, के गर्नु यी डल्ला ।’ उसले मनमनै भन्यो ।
तर नरिवल हेरिरहँदा उसले पाखि्रनकी भान्जीलाई सम्भिmयो । पाखि्रन उसको साथी थियो । भान्जीलाई उसले साथीकै घरमा देखेको थियो । उनीहरु एउटै कक्षाका साथी भए पछिल्लो पालि ।
‘तिमी कहिले आउँछौं थाहा छैन । मसँग तिमीलाई दिने क्यै छैन । घरमा फलेका यिनै नरिवल हुन् । नरिवलभित्रको पानी भनेको मेरो सम्झना हो । बाहिरको नरिवल भनेको मेरो शरीर हो । तिमीले पानी मात्र खाने कि, बाहिरको बोक्रो खाने ? निर्णय तिम्रो ।’ यति भनेर आँखामा आँसु भरेर ऊ एकोहोरो गएकी थिई ।
त्यो टुहुरी केटीलाई झिम्केले एकनासले हेरेको थियो । आज त्यसको उपहार यो झोलाबाट कसरी ˆयाँक्ने ? ऊ अलमल्ल पर्यो । झिम्केले भन्यो – ‘होइन, यो मन छुने कोसेली कसरी ˆयाँक्नु हुन्न ।’
उसले जहाँबाट झिकेथ्यो, सरक्क थन्कायो त्यहीँ नै ।
‘संसारका सबै राम्रा आइमाई रिसाएका दिन, यो संसार नरक समान हुनेछ ।’ एक दिन उसले पाखि्रनकी भान्जीको अनुहार हेरेर कक्षामा भनेथ्यो ।
नरिवल थन्काउँदा उसले एक पटक पाखि्रनकी भान्जीको सुन्दर अनुहार सम्झेर मन उदास बनायो । छातीमा त्यै सारा नरिवलले हिर्काएको वेदना बल्भिmयो ।
लामो झोलाको अगाडिपट्टी पुटुस्स थियो ।
उसलाई थाहा थियो, त्यहाँ छ दुई किलो जति चिउरा । बहिनीले केलाईकुलाई गरी हालिदिएकी हो यो चिउरा । ताइचिनका कुरुम्कुरुम् गर्ने ती चिउरा उसलाई खुब मीठो लाग्थे ।
झिम्केले दुई मुठी फँक्यायो र भन्यो, ‘मनमायाको यो कोसेली ˆयाँक्नु होला र ! हैन, अरुथोक नै मिल्काउँला बरु । अहिले चैं यसलाई थन्काउँछु ।’
उसले कोचकाच गर्यो त्यो चिउराको पोकालाई ।
तीनवटा पाइन्ट रहेछन् । तिनलाई उसले खराखरी गन्यो । त्यस मुन्तिर उसले मोटो डायरी राखेको रहेछ । ऊ कहिलेकाहीं यसो मनका गन्थन लेखिटोपल्थ्यो ।
सरर्र पल्टायो पनि । एक पेजमा लेखेको रै’छ -’विदेशको स्याउ भन्दा स्वदेशको काँचो बेल मीठो, अर्काको जहाजभन्दा आˆनै आँगनको खच्चड छिटो !’
उसलाई त्यो मोटो डायरी झन् प्यारो लाग्यो र थन्कायो हत्त न पत्त ।
अगाडिपट्टी एउटा ठूलो फेम भएको फोटो रै’छ । त्यहाँ झिम्केका बा थिए, जुँगामुठे अनुहारमा डरलाग्दा ।
झिम्केले झोलाबाट कुनै सामान ˆयाँक्न सकेन । उसले ˆयाँक्ने सामान केही पाउँदै पाएन । उसले मनमनै भन्यो, ‘बा, म आफैं त्यहाँ फ्याँकिइन्छु कि ?’
फोटोका बासँग झिम्केले आँखा जुधाइरहन सक्तैसकेन । उसले भरिएको झोला हेर्दै रित्तो पायो आफूलाई ।
(श्रोत :- ‘हरियो राहदानी’ बाट)