~महेशविक्रम शाह~
म अन्ततः कुकुर बन्ने प्रयासमा स˚ल बने“ । मैले मनैदेखि आ˚ूलाई कुकुर बनाउन खोजेको त होइन तर बेला यस्तो आएको थियो कि जहा“ पनि कुकुरका अनुहार र कुकुरका आवाजहरूस“ग स्वामी भनिनेहरू बढी लोभिने गरेको पाए“ । आखिर स्वामीहरूलाई मान्छेको स्वाभिमानी अनुहार होइन, कुकुरको स्वामीभक्त अनुहार बढी प्यारो लाग्छ र मान्छेको इमानदारी नभई कुकुरको ब˚ादारी र्सवश्रेष्ठ लाग्छ भने मान्छेजस्तो भएर बा“च्नुको कुनै तुक देखिन“ मैले ।
मेरी स्वास्नी जहिले पनि मलाई शब्दको झटारो हान्दै भन्थी, “मान्छे भएर के नाप्न सकेका छौ तिमीले – जिन्दगीमा गरखिाने हो भने ती कुकुरजस्तो हुनू, जो ठूलाठूला हाकिम र नेताहरूको कारमा सयर गर्छन् । कुकुर हुन नसकेर एक त तिमी आ˚ै“ अस˚ल प्राणी सावित हुन गइरहेका छौ, अर्को हामीलाई पनि दुःखको सागरमा डुबाइरहेका छौ । मैले भनेको मान्छौ भने तिमी समय अनुसार चल्न सिक । खुरुक्क कुकुर बनेर आफ्नो भविष्य पनि सपार र यस घरको अवस्थालाई पनि सुधार ।”
“कुकुरजस्तो बनू“ कि कुकुरै बनू“ -” मैले स्वास्नीलाई सोधेको थिए“ ।
“हैनहैन, कुकुरै बन † कुकुरजस्तो बन्यो भने ˚ेर िनपत्याउलान् नि †” स्वास्नीले झर्किंदै भनेकी थिई ।
मलाई उसको भनाइ ठीकै लागेको थियो ।
मेरा छोराछोरीहरू पनि म कुकुर बन्न लागेकामा उत्साहित देखिन्थे ।
जेठोले भन्यो, “म बुबाको घा“टी सिक्रीले बा“धेर घुमाउन लान्छु ।”
कान्छोले भन्यो, “म बुबाको पुच्छर निमोठ्छु ।”
छोरीले भनी, “म त बुबालाई काखमा राखेर आङ कन्याइदिन्छु ।”
घरको सम्पर्ूण्ा वातावरण नै म कुकुर बन्न लागेकामा रोमाञ्चित बनिरहेको थियो । म पनि आ˚ू कुकुर-अवतारमा परण्िात हुने क्रममा कम उत्साहित थिइन“ । कुकुर बनेपछि मान्छेरूपी आफ्नो स्वाभिमानी सोच समाप्त भए पनि आफ्नो र परविारका सम्पर्ूण्ा सदस्यहरूको इच्छा-आकाङ्क्षा पर्ूर्ति हुने कुरामा म ढुक्क थिए“ ।
दिनभर घरमा मेरी स्वास्नी र छोराछोरीले मलाई कुकुर बन्न सघाए ।
स्वास्नीले मलाई आदेश दिई, “कुकुर बन †”
म चार हात-खुट्टा टेकेर कुकुर बने“ । कुकुर र ममा ˚रक यत्ति थियो कि मेरो पुच्छर थिएन । अन्य कुरामा भने मैले आ˚ूमा पशुवत् चरत्रिलाई अपनाइसकेको थिए“ ।
स्वास्नीले ˚ेर िआदेश दिई, “हामीले जे भने पनि कुइ“कुइ“ मात्र गर्नू, मान्छे भइनटोपल्नू ˚ेर ि†” मैले ‘हुन्छ’ मा शिर हल्लाए“ ।
स्वास्नीले भनी, “मेरो यो ˚रयिाभित्र मुन्टो घुसाऊ ।”
उ˚् † के भनिरहेकी छ मेरी स्वास्नी † मलाई दिगमिग लागेर आयो । म अनकनाएको देखेर मेरी स्वास्नीले ठूलो स्वरले मलाई झपार्दै भनी, “महाशय † तिमी कहिल्यै कुकुर बन्न सक्दैनौ । त्रि्रो नियति भनेको मान्छे भएर हरपाइला, पाइलामा ठक्कर खानु र त्यसको पीडा बेहोर्नु हो ।”
म हत्तपत्त चार हात-खुट्टा टेकेर कुद्दै गए“ र स्वास्नीको ˚रयिामुनि टाउको घुसारे“ ।
स्वास्नीले आफ्नो पाइतालाले मेरो पिठयू“मा कन्याई । सुरुमा असजिलो लागे पनि पछि मलाई मजा लाग्दै गयो र म अनायासै उसका खुट्टाहरू सु“घ्न र चाट्न थाले“ ।
ऊ एक्कासि हषर्ातिरेकले चिच्याई, “तिमी अब सा“च्चिकै कुकुर बन्न थाल्यौ मेरा प्राण †”
मेरी स्वास्नी जब मेरो कुनै कार्यबाट अत्यन्त खुसी हुने गर्थी, तब मलाई यसरी नै ‘प्राण’ शब्दले भन्ने गर्थी । म झन् तीव्रतासाथ उसका खुट्टा चाट्न थाले“ ।
“पप्पी †” मेरो जेठो छोरो करायो ।
मैले अनुमान गरे“ सम्भवतः ऊ मलाई नै बोलाइरहेको थियो ।
“पप्पी, यहा“ आ †” जेठो छोरो ओठ गोलो पारेर सिटी बजाउ“दै मलाई बोलाइरहेको थियो ।
म जेठो छोरातिर लम्के“ । उसले पनि आफ्ना खुट्टा अगाडि बढायो । म उसका खुट्टामा लुटपुटि“दै उत्तानो परे“ । उसले मेरो पेट कन्यायो । म खितितिती हा“स्न थाले“ । मलाई जेठो छोराका खुट्टाबाट मीठो गन्ध आइरहेझै“ लाग्यो । यो गन्ध मेरी स्वास्नीका खुट्टाबाट आएको गन्धभन्दा ˚रक थियो । मलाई उसका खुट्टा पनि चाटू“चाटू“झै“ लाग्यो । मैले उसको पाइतालामा ज्रि्रो ˚ेरे“ । म उसका खुट्टा चाट्न थाले“ ।
“मम्मी, ड्याडी त सा“च्चिकै कुकुर बन्नुभयो है †” जेठो छोरो मैले चाटिरहेको आफ्नो खुट्टातर्˚ हर्ेर्दै हा“सिरहेको थियो ।
उता कान्छो छोरो करायो, “पप्पी, ऊ त्यो बल समातेर ले †” यति भन्दै उसले सुइय्य सिटी बजायो । म हतार“िदै बल भएतिर दौडे“ र दा“तले च्याप्प बल समातेर कान्छो छोरो भएतिर दौडे“ । ऊ हातले थपडी मार्दै उप्रिmन थाल्यो ।
“हो हो ड्याडीले त ठ्याक्कै कुकुरले जस्तै बल समात्नुभयो । ड्याडी कुकुर † ड्याडी कुकुर †”
म कुकुरका सम्पर्ूण्ा व्यवहारहरू पर््रदर्शन गर्न थाले“, उप|mनु, कुद्नु, लडीबुडी खेल्नु, जीउ हल्लाउनु, जीउ खुम्च्याउनु, जीउ तन्काउनु, मुखबाहिर ज्रि्रो निकालेर बा˚ ˚ालेझै“ गर्नु, एउटा खुट्टो उचालेर मूत्रत्याग गर्नु, आ“खामा दासताको भाव उमारेर आफ्ना स्वामीलाई हर्ेर्नु र आफ्नो ज्रि्राले तिनका अङ्गप्रत्यङ्ग चाटेर आ˚ू स्वामीभक्त कुकुर रहेको सिद्ध गर्नु ।
मेरो कुकुर-व्यवहारबाट सन्तुष्ट भएर मेरी स्वास्नीले भनी, “नाउ यू बिकेम अ डग †”
मेरा छोराछोरीले भने, “मम्मी, ड्याडी बिकेम अ रयिल डग ।”
म पनि आ˚ू कुकुर बन्न सकेकामा खुसी भए“ । आ˚ू स्वाभिमानी मान्छे बनेर गर्न नसकेका कामहरू स्वामीभक्त कुकुर बनेर गर्न सक्ने कुरामा म ढुक्क थिए“ ।
मलाई कुकुरका रूपमा देख्न चाहने मेरा स्वामीहरू बग्रेल्ती थिए । मलाई जहा“सम्म लाग्छ, ‘यो कुकुर बनोस्’ भनेर मप्रति शुभेच्छा राख्नेहरू पनि धेरै नै थिए । म कुकुर नबनेकामा समय र परििस्थति अनुसार चल्न नजान्ने भनी पिठ्यू“पछाडि मेरो खिसी गर्नेहरू पनि कम थिएनन् । यी सबैलाई आर्श्चर्यचकित पार्दै म अकस्मात् ‘कुकुर’ बनेर प्रकट भए“ । म कुकुर बनेको थाहा पाएपछि धेरैले टिप्पणी गरेका थिए, “बल्ल सुध्रिएछ यो †”
मैले मान्ने गरेका स्वामीहरू पनि सुरुका दिनहरूमा कुकुर बनेर नै प्रकट भएका थिए । कुकुर बन्नुभन्दा पहिले तिनीहरू पनि मझै“ सामान्य स्तरको लाटोबुङ्गो नागरकि कहलाउ“थे । तर, कुकुर बनिसकेपछि तिनको स्तरमा रातारात परविर्तन भएर तिनीहरू ‘स्वामी’मा रूपान्तरण भएका थिए । तर पनि तिनका लागि कुकुर, समयका ती स्वणिर्म दिनहरू अविस्मरणीय र गौरवपर्ूण्ा थिए ।
मेरो कुकुरयात्रा सुरु भयो । घरमा उल्लास र उत्साह छायो । स्वास्नी र छोराछोरीलाई दङ्गदास पार्दै म ज्रि्रो निकालेर आफ्ना स्वामीका पदचिन्हले छोडेको गन्ध पहिल्याउ“दै स्वामीको भक्तिमा हि“डे“ ।
मेरा स्वामी आलिसान महलभित्र थिए । बाहिर ˚ूलका गमलामा घाम झुल्के पनि स्वामी झुल्किसकेका थिएनन् । सबै स्वामी झुल्कने ढोकातिर मुन्टो र्˚काएर बसिरहेका थिए । स्वामीको महलमा यो मेरो पहिलो यात्रा थियो । यसभन्दा अघि म कहिल्यै यहा“ आएको थिइन“ । एकपटक आएको जस्तो लाग्छ तर ग्लानिबोध भएर गेटबाटै र्˚र्केको थिए“ । यो घटना म कुकुर बन्नुभन्दा पहिलेको घटना थियो । तर, अहिले म स्वामीको बङ्गलाभित्र छिर्दा मात्र अपार आनन्द महसुस गररिहेको थिए“ । त्यहा“भित्रको दृश्य मैले सोचेभन्दा पनि ज्यादा विस्मयकारी थियो । थरीथरीका ‘कुकुर’ हरूको बाक्लो उपस्थितिले म झन्डै अतालिइन“ । ‘कुकुरहरू’ विभिन्न भावभङ्गिमाका साथ आ˚ूलाई प्रस्तुत गररिहेका थिए । मलाई पनि आफ्नो माझमा पाउ“दा तिनीहरूका अनुहारमा विभिन्न भाव दृष्टिगोचर भएका थिए । त्यो भीडभाडमा कुकुर बनेर ज्रि्रो काढिरहेकाहरूमा मेरा आ˚न्त, साथीसङ्गी, छिमेकी, मेरा प्रतिस्पर्धी सम्पर्ूण्ा थिए । तिनीहरूको ज्रि्राकढाइ र कुकुर, व्यवहार मेरोभन्दा ˚रक थियो अथवा यसो भनौ“, उन्नत र विकसित थियो । यसबाट मैले अनुमान गरे“ कि तिनीहरू जीउका पुराना रौ“ झारेर नया“ रौ“ उमारसिकेका वरष्िठ कुकुरहरू थिए । अन्ततः आफ्नो समूहमा मिसिन आइपुगेकामा मलाई हर्ेर्दै तिनीहरूमध्ये कोहर्ीर् इष्र्यालु र कोही दङ्ग पररिहेका थिए । सायद तिनीहरूले सोचे हुन् कि बल्ल मेरो बुद्धिको बिर्को खुल्यो । आ˚ूलाई स्वाभिमानी मान्छे ठानेर कुकुर, प्रवृत्तिलाई घोर घृणा गर्ने म आ˚ै“ कनिष्ठ कुकुर बनेर स्वामीको महलमा प्रकट भएको थिए“ । ‘मजस्तो बन्नु छ भने तिमीहरू पहिले मेरो कुकुर बन्न सक्नर्ुपर्छ’ भन्ने स्वामीको महान् उक्तिलाई आफ्नो आदर्श मान्दै मैले कुकुर-सिद्धान्त अ“गालेको थिए“ । आ˚ूलाई ‘कनिष्ठ कुकुर’का रूपमा उभ्याउ“दा पनि मलाई कुनै पश्चात्ताप थिएन ।
स्वामीले भेटघाटको शृङ्खला सुरु गरे । स्वामीको महलको ठूलो ढोका खुल्यो । हातमा डायरी लिएको एउटा व्यक्ति बाहिर झुल्कियो । मैले उसको अनुहार हेरे“ । ऊ ठ्याक्कै ‘बुलडग’झै“ थियो । उसको अनुहार देखेर मलाई ऊप्रतिर् इष्र्या लाग्यो । मैले आफ्नो अनुहार छामे“, मेरो अनुहार सो˚ामाथि बुıुकबुıुक उप|mने पमेरयिनझै“ थियो । यस बुलडगले मेरो अनुहार हेरेर स्वामीस“ग भेट गर्न दि“दैन कि भन्ने शङ्का उब्ज्यो मेरो मनमा ।
बुलडगको अनुमतिले कुकुर-प्रवृत्तिका मानव, कुकुरहरू एकएक गरी स्वामीलाई भेट्न भित्र प्रवेश गर्न थाले ।
म बाहिर थिए“ । बाहिरबाट नै म घरभित्र स्वामीस“गका भेटघाटका दृश्यहरू सजिलै हर्ेन सक्थे“ । भेटघाटका लागि गएकाहरूमध्ये कोही स्वामीका नाङ्गा पाइताला चाटिरहेका थिए, कोही पिठ्यू“ कन्याइरहेका थिए, कोही कपाल सु“घिरहेका थिए त कोही स्वामीका अगाडि घोप्टो परेर ज्रि्रो काढ्दै स्या“स्या“ गररिहेका थिए । स्वामी आफ्ना प्रत्येक कुकुरको टाउको मुसार्दै, जीउ सहलाउ“दै मुसुमुसु मुस्काइरहेका थिए ।
महलको माथिल्लो तलाको बार्दलीबाट खल्याङमल्याङ आवाज आयो, मैले माथितिर हेरे“ । स्वामिनी प्रकट भएकी थिइन् बार्दलीमा । उनका वरपिर िपनि ‘कुकुरहरू’ घुमिरहेका थिए । उनका गोरा खुट्टाहरू, चटाइको दृश्यले मेरो मनमा खलबली मच्चाइरहेको थियो । बार्दलीमाथि चढ्न पाएको भए म पनि उनका सुलुत्त परेका गोराचिट्टा खुट्टाहरू चाटेर स्वर्गीय आनन्द लिन्थे“ र आफ्नो जीवनलाई मोहक बनाउ“थे“ ।
मैले आ˚ूलाई रोक्न सकिन“ । म उप्रिm“दै भर्याङ चढ्ने दिशातिर हान्निए“ । म भर्याङ चढेर स्वामिनीको छेउमा जान चाहन्थे“ । तर, मेरो इच्छामा त्यतिबेला तुषारापात भयो जब ‘बुलडग’ कुकुरले जोडले कराउ“दै भन्यो, “ऐ ˚ुच्चे कुकुर, पख्,पख् † कहा“ जान लागेको ह“ त“ -”
मैले डराउ“दै भने“, “मलाई स्वामिनीको गोरो खुट्टा चाट्न मन लाग्यो । म बार्दलीमा जान चाहन्छु ।”
“रौ“ नउम्रेको कुकुर † त“भन्दा वरष्िठ कुकुरहरूले त स्वामिनीको छेउछाउ पुग्ने मौका पाएका छैनन्, त“ भने खुट्टै चाट्ने † यस्तै हो भने स्वामीलाई पनि भेट्न पाउन्नस् त“ †” बुलडग जोडले करायो । उसको गर्जनले म लल्याकलुलुक भए“ । मैले स्वामिनीको गोरो खुट्टा चाट्ने आफ्नो इच्छालाई जबर्जस्ती दबाए“ ।
“स्वामीलाई भेट्ने पालो आयो, भित्र जा † ख्याल गरेस्, स्वामीको खुट्टा चाट्दा उनको खुट्टामा तेरो दा“त नगाडियोस् । हर्ेर्दैमा अनाडी कुकुर देखिन्छस् त“ †” बुलडगले मलाई हर्ेर्दै भित्र पस्ने अनुमति दियो ।
म चार हातखुट्टा टेक्दै, नाकले सू“सू“ गर्दै र मुन्टो हल्लाउ“दै स्वास्मीको अगाडि प्रकट भए“ ।
मलाई देखेर स्वामी गद्गद् भए ।
“तिमीलाई मैले यस रूपमा देख्न चाहेको धेरै भयो । हिन्दीमा एउटा उखान छ । बिहान घर आउन भुलेको मान्छे यदि सा“झ घर र्˚र्किआयो भने त्यसलाई भुलेको मान्नु हुन्न ।”
स्वामीको मप्रतिको सदाशयता देखेर मेरो शरीर पुलकित बन्यो । म स्वामीको अगाडि हात ˚ैलाएर घोप्टो परे“ ।
स्वामीले मेरो टाउको मुसारे । मैले मुन्टो उठाए“ र स्वामीका नाङ्गा खुट्टा सु“घ्दै चाट्न थाले“ । उनको पाइताला चाट्दै म आफ्ना इच्छा-आकाङ्क्षाहरू पूरा भइरहेको कल्पना गररिहेको थिए“ ।
“ऐय्या †” अकस्मात् स्वामी उप|mे । मेरो मुख चटाइबाट आफ्नो खुट्टा ˚ुत्काउ“दै उनी खोच्याउन थाले ।
बुलडग हर्र्रर्िदै भित्र आयो । स्वामीलाई हातले खुट्टा समातेर निहुरइिरहेको देखेपछि उसले क्रोधित आ“खाले मलाई हेर्यो ।
“यो अझै कुकुर बनिसकेको रहेनछ, बुलडग † हामी झुक्कियौ“ । यसले आफ्ना तीखा दा“तहरू मेरो पाइतालामा गाड्यो । आह † रगत पनि बहन थाल्यो । स्वामीको पाइताला चाट्ने कला अझै यसले जानेको छैन । यसलाई तुरुन्त बाहिर निकाल् † म यसको अनुहार पनि हर्ेन चाहन्न“ ।”
बुलडगले मेरो पिठयू“मा एक लात हिर्कायो । मैले ‘कुइ“क्क’ गरे“ । म लर्खराउ“दै स्वामीको कोठाबाट बाहिर निस्के“ । म स्वामीको महलबाटै धपाइए“ ।
स्वामीको भव्य महलबाट बाहिर“िदा मैले पछाडिबाट मलाई इङ्गित गर्दै आएको आवाज सुने“ ।
“बडो स्वामीभक्त कुकुर बनिटोपलेको थियो, यसलाई के थाहा कि स्वाभिमानी मान्छे बन्नुभन्दा स्वामीभक्त कुकुर बन्न झन् कति गाह्रो छ ”
त्यसपछि एकोहोरो कुकुरहरू भुकेका थरीथरी आवाजहरूले मेरा कानलाई पछ्याइरहे, ह्वाङह्वाङ, भ्वाउभ्वाउ, हाउहाउ, ख्याउ“ख्याउ“, भूभू भूद्रद्रद्र †
(श्रोत :- नेपाल साप्ताहिक २७८)