उ दिनहुँ देखिन्थ्यो। केहि वरवराइरहन्थ्यो। उ वसेको कुर्सीमा सामान्यतय एक्लै हुन्थ्यो। शायद उ आफैँ सँग कुरा गर्थ्यो। आफैँ सँग कुरा गर्नेहरुको सवै भन्दा फाइदा एकान्त मा पनि त उ एक्लो हुँदैनथ्यो किनकी उ भित्रै उसको सन्सार हुन्थ्यो।वोली पनि त्यति स्पष्ट थिएन ।रागेपाटे ,रंग न ढंगका कुरा गर्थ्यो। पछि उसले आफ्नो कुनाको मेच फेरेर वारमै वस्न थाल्यो।टाढा शायद उसले खोजेको नशा ढिलो ढिलो वाँडिन्थ्यो। हुन त उसलाई हतार कहिल्यै हुँदैनथ्यो , पाए मातिदिन्थ्यो। नपाए रित्तिएको खाली गिलासलाई एक टक लाएर हेरीदिन्थ्यो।खोइ के पो देख्थ्यो गिलासमा भावुक हुन्थ्यो गिलासलाई हेरेर अनि भन्थ्यो।
“जीवन,आशा अनि नशा सँधै दुख दिन्छन् !”
वारमा वसेको फुच्चेलाई उसका वाक्यहरु घत लाग्थे।सुनिरहुँ लाग्ने! वेहोशी गहिरो हुन्छ, कालो हुन्छ अनि जे देखिदैन त्यो त घत लाग्ने नै भइ हाल्यो।
एकदिन फुच्चेले आँट गरेरै सोध्यो
“तँपाइ सँधै किन यहाँ ?”
उसले सँधै जस्तै यन्त्रवत रुपमा गिलास घुमायो ,ओल्टाई पल्टाई हेर्यो ।शिशा भित्र थोरै रहेको पहेँलो झोल प्रकाशमा अझ खुलेको पहेँलो देखियो।शिशावाट पारी पट्टिको टेवल पनि देखियो।खाली टेवल , अनि थोरै भरिएको शिशा!
“तिमी चाहिँ सँधै किन यहाँ नी ?” उसले प्रश्नमाथी प्रश्न थपिदियो। प्रश्न चांग लागे। प्रश्न पनि भरिएर छचल्केलान् जस्तो।
“म त यहाँ काम गर्छु!” फुच्चेले साधा जवाफ फर्कायो।
“म छु र त तिम्रो काम छ , म नभए तिम्रो के काम ? म तिम्रै लागि यहाँ छु भनी वुझे कसो होला?” उ खिस्स हाँसिदियो। फुच्चेलाई कुरो मनासिव लाग्यो । उसको गहिरो जवाफ को अघी फुच्चे साँच्चै फुच्चे देखियो।होचो कदको,उत्तरका उचाइ छुन नसक्ने।
“तर एक्लै चाहिँ किन नी ?” फुच्चेले अर्को आयाम खोतल्यो।
“को एक्लो छैन यहाँ ? स्वतन्त्रता त एक्लो हुन्छ, कोहि थपिए सम्झौता वन्छ!”
फुचे अवाक वन्यो।उसका प्रश्नका चांगमा कसैले सलाई कोरिदिए जस्तो। उसको उत्तरको रापमा प्रश्नहरु डढेर खरानी वने जस्तो।
******************* ******************* ****************** ******* **************
“मैले तँपाइलाई चिनी छाडे, तँपाइ त लेखक, ठूलो लेखक!” फुच्चेले खुशी हुँदै उसलाई सुनायो। उसको अनुहारमा केहि भाव परिवर्तन देखिएन। कुनै भाव परिवर्तन देखिएन! कस्तो निरस अनुहार फुच्चेलाई दिक्क लागेर आयो। उ एउटा कपडा लिएर शिशाका विस्की पुछ्न थाल्यो।
“मलाई अलिकति थप त ,चिन्ने मान्छे !” उ खिस्स हाँस्यो।फुच्चेले एक पेग खनायो उसको गिलासमा।
“किन छोड्नु भयो लेख्नलाई ?” फुच्चेले न्यास्रिएर सोध्यो।
“तिमी मलाई पैसा नतिरी यति खुवाउन सक्छौ ?” उसले आग्रहि आँखाले फुच्चेलाई हेर्यो।
फुच्चेको मन कुडियो। उसका दुइ तिनवटा कथा पढेको छ। दुइ तिनवटा गित अझै वज्छन् वजारमा । अहिले उ विवश आग्रहि आँखाले फुच्चेलाई हेर्दैछ।कस्तो संसार! फुच्चेले स्विकारोक्तिमा टाउको हल्लायो।
“आज मात्रै ! भोलि देखी माग्दिन !” उसले आफ्नो वचाव गर्यो। फुच्चे केहि वोलेन।
“अव भन्नुस न त किन छोड्नु भयो लेख्नलाई ?”
“कति वेचुँ म खोक्रा सपना भरी संसारको अघी !” उसले घटक्क घुट्क्यायो।उसको रुद्रघण्टी हल्लेको स्पष्ट देखियो।
“मलाई मन पर्छ तँपाइका सपनाहरु !”
“म त वुझ्न छोडेको छु आफ्नो कलमलाई ,तिमीलाई कसरी मन पर्छ ?” उ खिस्स फेरि हाँस्यो।
“हेर्नुस त तँपाइले लेखेको किताव पढ्दै छु म !” फुच्चेले घर्रा वाट किताव वाहिर निकाल्यो !
“तिमी नचाहिने कुरा पढ्दै छौ ! दुइ र दुइ जोडेर पाँच हुन्छ भनेर म लेख्छु तिमी पढ्छौ ! को मुर्ख भन त ?”
फुच्चे चुप लाग्यो! घर्राको किताव घर्रामै छिरायो।
****************** ***************** ****************** **************** ********
फुच्चेले वारमैँ उसको वारेमा धेरै गाईँगुईँ सुनेको थियो।केहि हल्ला होलान् , केहि सत्य होलान् तर उसले सुनेको थियो।
“काम गर्दैन थियो , मात्र लेख्थ्यो अनि कता उँभो लागोस् !”
“वुढी भागी अरे, साह्रै माया गर्थ्यो रे, अनि जाँड खान थालेको अरे!”
“नयाँ कितावको विषयवस्तु खोज्दा खोज्दै वौलायो रे ! ”
आदि इत्यादी
आज उ आएन अचम्म भो। मात्र खवर आयो। विच वाटोमा गाडीले ठोक्यो रे उसलाई! हस्पिटलमा छ अरे! पढ्दा पढ्दैको किताव छोडेर फुच्चे उसलाई भेट्न गयो। मरिसकेछ, मान्छे लिन नआएर नगरपालिकाको ट्रकले कतै पुर्यायो भन्ने सुन्यो। मन नलागी नलागी भए पनि फुच्चे काममा फर्कियो। गिलास पुछ्यो , अनि उसको सम्झनामा गिलासमा एक पेग विस्की लगायो।घुट्क्यायो। अनि धेरै वेर गिलासलाई हेर्यो। घर्रा खोलेर किताव पल्टायो। अन्तिम पानो , उसले पढ्न वाँकी पानो
“जीवन,आशा अनि नशा सँधै दुख दिन्छन् !”
समाप्त
(श्रोत :- Sajha )