Tag Archives: राकेश कार्की – Rakesh Karki

कविता : गोली

~राकेश कार्की~ गोली आखिर किन चल्छ मिठो निद्रा झस्काउंदै रतिकि्रया विथोल्दै रगताम्मे पारेर रातहरु गोली यमराज महांकाल भोक भन्दा विशाल उठ्नैपर्ने थाकेका हारेका आत्मसमपर्णका हातहरु

Posted in कविता | Tagged | Leave a comment

राकेश कार्की का मुक्तकहरु -३

~राकेश कार्की~ फेरिन्छन् धनीेको लागी स्टाईलका जुत्ता फेरिन्छन् मनीको लागी संसदमा भत्ता फेरिन्छन् गनी गनी क्यासिनोमा तासको पत्ता फेरिन्छन् हनीको लागी विल्डिड०्का भित्ता फेरिन्छन् बनि गर्ने गरीबको जग्गाका कित्ता फेरिन्छन् सुनी नबोली घूस थाप्ने हातका वित्ता फेरिन्छन् मुनी गोडा मोल्दै … Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : प्रधानमंत्री ज्यू

~राकेश कार्की~ सबैले छानेर छोडेको साडी जस्तै गतिभूलि ठोक्किएको गाडी जस्तै दुनियाँको आँखामा छारो हालेर प्रेमी प्रेमीका लुक्ने झाडी जस्तै

Posted in कविता | Tagged | Leave a comment

गीत : अब के बाँकी छ र

~राकेश कार्की~ अब के बाँकी छ र सबै दिइसकेँ पिउदा पिउदै रहरहरु सबै पिइसकेँ सबैको माया किन एउटै हुन्न मेरो जस्तै तिम्रो किन मुटु छुन्न

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : किन ?

~राकेश कार्की~ संहार गर्न सजिलो छ किन निर्माण गरुन् ? हल्ला गर्न मजा आउंछ किन तपस्या गरुन् ? भाषण गरेर फसाउन सकिन्छ किन चिन्तन गरुन् ? रिमुट दबाएर नचाउन सकिन्छ किन स्वयं झरुन् ?

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमीले हेरिरह्यौ

~राकेश कार्की~ तिमीले के सोचि हेरिरह्यौ म गइरहेँ हवाइजहाजमा आँखा चिम्लदा तिमी मै भइरहेँ

Posted in कविता | Tagged | Leave a comment

राकेश कार्की का मुक्तकहरु -२

~राकेश कार्की~ सांसद ज्योतिषीलाई हात देखाउछन् खिसिक्क हाँसी दाँत देखाउछन् सांसद छान्ने यो कस्तो कसी योग्यता होइन जात देखाउछन् ।

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : ग्याँस स्टेशन

~राकेश कार्की~ कल्पनामा धेरै धेरै फुल फुलाएथेँ सपनाको रंगीचंगी दुनियाँ बसाएथेँ आज पनि हतार हतार गरेर आएँ उही ग्याँस स्टेशन पुगेर ठिँग उभिएँ

Posted in कविता | Tagged | Leave a comment

कविता : जय माओवादी

~राकेश कार्की~ असाइलम भन्ने यो दान हो कि वरदान तिम्रै समग्र कारण यो अमेरिकन पहिचान हरियो पत्ताको यो देशमा

Posted in कविता | Tagged | Leave a comment

बाल-गजल : चरी कति राम्री

~राकेश कार्की~ लु खेलु यता आउ चरी कति राम्री चिटिक्क अहो सुन्दरी कति राम्री ति रङ्गिन मोहक सबैतिर झलझल सजाइ पखेटा भरी कति राम्री

Posted in गजल | Tagged | Leave a comment

गजल : सधै सधैँ भुलाउने बातैमा तिमीले

~राकेश कार्की~ सधै सधैँ भुलाउने बातैमा तिमीले जानी जानी छोइदिने हातैमा तिमीले सँगै सँगै हिँड्दा पानी परे सिमसिम नजिक नजिक टसाउने छातैमा तिमीले

Posted in गजल | Tagged | Leave a comment

कविता : मायालु तिमी

~राकेश कार्की~ खहरे मेरो यौवनमा मायालु तिमी बगी आयौ बिरह पोलेको यो मनमा बादलु तिमी बनि छायौ

Posted in कविता | Tagged | Leave a comment

कविता : दैलो ढप्कि सकेछ

~राकेश कार्की~ खहरे हिंडदा हिंडदै झमक्क सांझ परेछ हतार हतार पुगेछु दैलो ढप्कि सकेछ बाटो बाटोमा तिम्रो पाईला खोजें अश्रुको झरीले संभावना रुझे धुनि तापि बसेका ए युगल जोडी देखेनौ तिनीलाई सोंधे आश गरी

Posted in कविता | Tagged | Leave a comment

राकेश कार्की का मुक्तकहरु -१

~राकेश कार्की ~ कतै जिन्दगी फुल्छ कतै जिन्दगी झुल्छ खनी गोडी गर्नेलाई जिन्दगीले नै भुल्छ

Posted in मुक्तक | Tagged | Leave a comment

गजल : म

~राकेश कार्की~ जति जति पर र्सर्छर्ेेउति नजिक बसंुला म जति जति फुक्न खोज्छ्यौ उति उति कसंुला म घर्ुकाएर ठुस्कीएर रोएरै जित्न खोज्छ्यौ भने त्रि्रो आंशुका थोपा थोपा संग संगै खसंुला म

Posted in गजल | Tagged | Leave a comment

कविता : प्रकृति

~राकेश कार्की~ प्रकृतिको नियम हुन्छ जीवन जन्मन्छ अनि मर्छ समयमै जन्माउछ प्रकृति समयमा नै मार्छ

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : अभिमान

~राकेश कार्की~ रूपक र दिपक खुबै मिल्थे । स्कूलदेखिका साथी, आइ एस्सी पनि संगै पढेका । रूपकको शहरमा घर थिएन, भाडामा बस्थ्यो । दिपकको शहरमा घर थियो । रूपकको प्राय दिपककै घरमा बास हुन्थ्यो । उसकै घरमा खाने, सुत्ने पनि … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

मुक्तक : प्रसव नै विना जनताको

~राकेश कार्की~ प्रसव नै विना जनताको रगतले ब्याएपिछ िसंहको नड०्ग्रा काटी आफूले लाएपिछ कां को राहत होला कस्तो संविधान बन्ला

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : आवाज दबाउन खोज्ने

~राकेश कार्की~ आवाज दबाउन खोज्ने, हत्यारा गोली हेर आखिर सकेन छेड्न लोकतन्त्रको बोली हेर खहरे भइ सुके पनि बाढी आइ उर्ले पनि आखिर सकेन मोड्न आंशू रगतको खोली हेर

Posted in कविता | Tagged | Leave a comment