Tag Archives: राकेश कार्की – Rakesh Karki

गजल : अलिकति पिलाइदियौ

~राकेश कार्की~ पिउदिन भन्दा भन्दै अलिकति पिलाइदियौ थपुँ थपुँ लाग्ने गरी यसमा यो के मिलाइदियौ अब दु:खेन यो छाती दु:खेन चित्तको घाउ नै कस्तो नशा हो जादुको यो हृदय सिलाइदियौ

Posted in गजल | Tagged | Leave a comment

गजल : आँसु झर्छ प्रिय

~राकेश कार्की~ नझारुँ भन्दा भन्दै जब आँसु झर्छ प्रिय छाति चित्त सबै पो फाटे जस्तो गर्छ प्रिय दु:ख्दै दु:ख्दै बगेर झर्दै झर्दै मिठा याद खोल्सो खहरे हुँदै समुद्र नै भर्छ प्रिय

Posted in गजल | Tagged | Leave a comment

गीत : पिउदै पिउदै गएँ

~राकेश कार्की~ पिउदै पिउदै गएँ चढ्दै चढ्दै गयो प्यास यो कति मीठो बढ्दै बढ्दैगयो घरी घरी आउने घरी हराउने यो होश पनि यस्तैमा रमाउने

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : आउ खेलौँ होली

~राकेश कार्की~ देश विदेश जताततै यो कस्तो उमंग आयो फागुन होलीको थरिथरिको रङ्ग एकआपसमा मिलेर भिँडमा रमाइरहे मौसम नै मज्जा आनन्द रङ्गमै डुबाइरहे

Posted in कविता | Tagged | Leave a comment

गीत : आँसुको महत्व हुँदैन

~राकेश कार्की~ जब तिम्रो आँसुको महत्व हुँदैन बगिरहन्छ अविरल कसैलाई छुँदैन अलि अलि माटोले लुकाइदेला अलि अलि घामले सुकाइदेला तिमी एक्लै हुन्छौ केवल तिम्रो मनमा

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : माथी लागे यहाँ

~राकेश कार्की~ खाने खाने माथी लागे यहाँ नखाने चाहीँ थाँती लागे यहाँ बोल्नेको हुकुम कमाण्डमा नबोल्ने चाहीँ ताँती लागे यहाँ

Posted in गजल | Tagged | Leave a comment

कविता : स्वर्गको खोजी

~राकेश कार्की~ सगरमाथाको टोपी थाम्न सकिन दौरा सुरूवालभित्र अटाउन सकिन बुद्वको दृष्टिले हेर्न सकिन मादलको भाका बुझ्न सकिन ढुङ्गेधाराको चिसो पानीले पनि मन भित्रको तीर्खा मेट्न सकिन शितल चौतारीमा मायालुसँग

Posted in कविता | Tagged | Leave a comment

गजल : हराए कोही

~राकेश कार्की~ आफ्नै देशभित्र हराए कोही बचाउ भन्दै रोए कराए कोही औँला ठड्याउने बङ्गारा भाच्नेसंग लग लग काम्दै डराए कोही

Posted in गजल | Tagged | Leave a comment

कथा : नेपाली टोपी

~राकेश कार्की~ “आज नेपाली टोपी दिवस, तैले नेपाली टोपी लगाइस त ?” एका विहानै विपीनले सेलफोन ठोक्यो। “ए हो” मोहनले धुइ धुइति नेपाली टोपी खोज्न थाल्यो। एक वर्ष अगाडि उसले टोपी लगाए पछि त्यही घर्रामा राखेको थियो। आज भेट्दै भेटेन। … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : चुनावमा हार भयो

~राकेश कार्की~ हरियो वन नेपालको धन बनमारा झार भयो उफ् कस्तो बैराग लाग्यो चुनावमा हार भयो माईली, रिठ्ठे, मिसेरिया संसद भवन पुगे पैताला फुटाई हिड्नेलाई पो सररर कार भयो

Posted in गजल | Tagged | Leave a comment

गजल : यस्तै भो मायामा फँसेपछि

~राकेश कार्की~ बिदेशीसँग माया बसेपछि यस्तै भो मायामा फँसेपछि । नजिक गई ‘व्युटिफुल’ भन्छु दशथरी मेकअप घसेपछि । ‘No’ लाई पनि ‘Yes’ भन्ने भएँ

Posted in गजल | Tagged | Leave a comment

गजल : कस्ता कस्ता छन् !

~राकेश कार्की~ मन्दिर भित्र-बाहिर प्रभु नाम जप्नेहरु छन् आईलागेको दुस्ख आँशु झारी खप्नेहरु छन् । कोही मुसा बनी पसेर सिँह बनी गर्जेर आफूलाई ताते गराउनेलाई नै रोप्नेहरु छन् ।

Posted in गजल | Tagged | Leave a comment

कविता : न अमेरिकन भए न नेपाली भए

~राकेश कार्की~ कुर्सीको मोह हुनेहरु अध्यक्ष भए बचेका खुचेका सबै उपाध्यक्ष भए पैसा पैसा भन्ने कोषाध्यक्ष भए कुनै न कुनै पदका दक्ष भए न अमेरिकन भए न नेपाली भए एउटा न एउटा संस्था खोली भए

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रिय धरहरा तिमी बिना

~राकेश कार्की~ प्रत्येक चाहनाको आँखामा अल्झिरहन्थ्यो तिम्रो पिरती प्रिय धरहरा तिमी बिना हाय शून्य छ यो धरती हातहरू तिमीलाई सुम्सुमाउदै तिम्रो टुक्रा टुक्रा अङ्ग अङ्ग के स्वदेशी के विदेशी पर्यटक तिमी सबैको मुटुको कुनासङ्ग

Posted in कविता | Tagged | Leave a comment

कविता : ६ जना उपप्रधान मन्त्री

~राकेश कार्की~ आए उभिए माला लगाए एक दुई तिन गर्दै गन्ति लौ हेर बथान ६, ६ जना लस्करै उपप्रधान मन्त्री के अब होला ६ गुना विकास?

Posted in कविता | Tagged | Leave a comment

गजल : एक्लै बोल्ने बानी हो की

~राकेश कार्की~ एक्लै बोल्ने बानी हो की कोही एक्लै बोली दिन्छन् फत्फताएर मुस्कुराउँदै मनको कुरा खोली दिन्छन् पोखुँ सामु खै के पोखुँ आफ्नो व्यथा अरुलाई के र त्यसैले एक्लै गन्गन् गर्दै दुःख आँशुले घोली दिन्छन्

Posted in गजल | Tagged | Leave a comment

गजल : दशैंमा छुट्टी पाए

~राकेश कार्की~ दशैंमा छुट्टी पाए पक्कै जान्थें होला सवभन्दा सस्तो टिकट छान्थें होला घरां एक्लै बा आमा बाटो हेर्दा हुन् एकचोटी भेट्न पाए धन्य ठान्थें होला

Posted in गजल | Tagged | Leave a comment

कविता : नाकावन्दीको दसैँ

~राकेश कार्की~ बा आमा आउन पाइन तेल छैन बसैमा नाकावन्दीले नदिने भो टीको थाप्न दसैँमा प्लेन पनि आउन छोड्यो ठूल्दाई अड्किनु भो दिल्लीमा वर्षौँ पछि वल्ल आको दसैँको बेला विचल्लीमा

Posted in कविता | Tagged | Leave a comment

कथा : ग्रीनकार्ड

~राकेश कार्की~ म काठमाण्डौँको त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल पहिले पनि कहिले काहीँ नगएको होइन। आफन्तलाई पुर्याउन र लिन जाँदा गएकै हुँ। पुर्याउन जाँदा चाहिँ माथि तल्ला चढेर प्लेन नउडुन्जेलसम्म प्लेनलाई हेरिरहन्थे आँखादेखि ओझेल नहुन्जेलसम्म। त्यतिखेर सोच्थेँ म पनि यसरी उड्न पाउने … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : पिंडा

~राकेश कार्की~ सक्ने विदेशीए पिंडा बोकेर नसक्ने छुटे पिंडामा डुबेर पिंडाको प्रत्याक्षपण गर्ने हाउंगुजी नबुझे झैं गर्छन् सप्पै बुझीबुझी देशभरी बासमा पिंडा ओछ्ाए भोको गांसमा पिंडा कोच्याए

Posted in कविता | Tagged | Leave a comment

कविता : हल्लीयौ

~राकेश कार्की~ साथी तिमी हल्लीयौ म हल्लीएं जनता हल्लीए देश हल्लीयो दरबारले हल्लायो पार्टर्ीी नेताले हल्लाए पेट आन्द्रा हल्लिए बांच्ने सास हल्लिए

Posted in कविता | Tagged | Leave a comment

गजल : पृथ्वी गोलो छ

~राकेश कार्की~ लोडसेडिङ के भो त हामीसंग खोलो छ अरु भू-भाग उज्यालो पृथ्वी गोलो छ धनि राष्ट्रहरुको शान इज्जत के के छ बर! नेपाल आमाको फाटेको चोलो छ

Posted in गजल | Tagged | Leave a comment

गजल : नसामा माया पो थाल्यो बग्न

~राकेश कार्की~ नसामा माया पो थाल्यो बग्न क्यार छोप्दा छोप्दै भयो सब नग्न क्यार मुटु मुटु जुध्दा पिरति भो झिलिक्क गति भुली संसार थाल्यो डग्न क्यार

Posted in गजल | Tagged | Leave a comment

कविता : ढल्केको बैँस

~राकेश कार्की~ छान्दा छान्दै सत्य हो यो मन कत्तै गएन उमेर छ भन्दा भन्दै बैँस ढल्केको पत्तै भएन हरियाली तिर जादा बनपाखाले मुढो भन्छन् कन्याकेटी हेर्न जादा सबैजनाले बूढो भन्छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : रातो स्टिकर

~राजेश कार्की~ एक हुल मानिसहरु आए नियाले भत्किएको, चर्किएको घर जोखिम, अयोग्य खातामा लेखे झिके ड्याम्म लगाए रातो स्टिकर जिन्दगीभरको उनीहरुको कमाई भुईँचालोले स्वाहा पार्यो, छाती चरचर आँखाभरी आँसु पार्दै दम्पतीले टुलुटुलु हेरिरहे घर, अनि त्यो रातो स्टिकर

Posted in कविता | Tagged | Leave a comment

गजल : रिक्तता र तिक्तताको गजल

~राकेश कार्की~ रिक्तता र तिक्तताको गजल पस्किरहेछु म चुँडिन लाग्या झोलुँगे पुल झैँ खस्किरहेछु म आँखाहरु एकटक छन् लाग्दै लाग्दैन निन्द्रा नदेखेको सपनासँग पनि झस्किरहेछु म

Posted in गजल | Tagged | Leave a comment

कविता : शक्ति

~राकेश कार्की~ दया, ममता र माया रत्तिभर पनि छैन जति बुक्काए पनि संतोष लिंदै लिन्न फ्वां फ्वां गर्दै उर्लदै आउंछ छाल सरी अबोध निःसाय निमोठदै निल्छ काल सरी

Posted in कविता | Tagged | Leave a comment

गजल : कामको खोजीमा तिमी उडेर गयौ

~राकेश कार्की~ कामको खोजीमा तिमी उडेर गयौ पापी पेटको लागी माया चुँडेर गयौ गाउँ परिवार साथी सँगी सबै भुली कहाँ हो कहाँ धेरै टाढा गुडेर गयौ

Posted in गजल | Tagged | Leave a comment

कविता : हाम्रो भाषा र आदिकवि भानुभक्त

~राकेश कार्की~ टिष्टा देखि काँगडा अँगाली सबैले बुझ्ने राष्ट्रभाषा नेपाली आसाम हुँदै भुटान गुञ्जियो भानु तिमीले गोडेको भाषा झ्याङियो नेपाली भाषा र साहित्यमा मिठो स्वाद धन्य आदिकवि भानु तिम्रो प्रसाद बनायौ नेपाली भाषालाई शिरको ताज सरल बोलचालको निम्ति समस्त माँझ

Posted in कविता | Tagged | Leave a comment

कविता : शुभ नयाँ साल

~राकेश कार्की~ चाहे काठमाण्डुको केन्द्रिय मुटुमा बस चाहे काम खोज्दै उत्तरी ध्रुवमा खस नयाँ साल जन्मेको ठाउँदेखि मनमा आउछ नेपाली रगतको खुशी हरेक मुहारमा बगाउछ हृदयमा अनुभव हुन्छ आमाको काखै न्यानो नेपालीपन जोगाउने सगरमाथा कै छानो

Posted in कविता | Tagged | Leave a comment

कविता : राजाको छोरो

~राकेश कार्की~ राजाको छोरो राजकुमार नेताको छोरो भविष्यको कर्णधार जनताको छोरो न घर न वार । दार्जिलिड० देहरादून बेलायतमा नेताका छोरा पढ्ने सामथ्र्यहीन जनताका छोरा नेताकै निम्ति लड्ने ।।

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : दुइ रात अस्पतालमा बास

~गोविन्द गिरी प्रेरणा~ विरामी हुनु र अस्पताल पुग्नु कुनै अनौठो, अस्वाभाविक र आश्चर्यजनक कुरा पक्कै होइन । तर यस्तो अप्रत्यासित रुपमा हुने हुँदा अनौठो, अस्वाभाविक र आश्चर्यजनक झैं देखिन पुग्छ । सेप्टेम्वर २६,२०१२ का दिन म अप्रत्यासित रुपमा अस्पताल पुग्नु … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment