Tag Archives: Gajendra Budhathoki

कथा : गम्भीरे

~गजेन्द्र बुढाथोकी~ मन उद्वेलित छ, अशान्त छ, उत्तरको चिसो हावा उप्किसकेको बाँसको टाटीभित्र छिर्छ । “मधेशमा खोरिया फाडन पाइन्छ रे, हिड जाउँ,” मानेले भनेको थियो । दुबै मिल्ने दौँतरी, जात फरक भए पनि, हितका दौँतरी थिए । ठालूहरूका नजरमा दुवै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रसूवाघाटको हुरीले उडाएन माया

~गजेन्द्र बुढाथोकी~ रसुवाघाटमा चिसो बढेको छ । सुनकोशीको सिरेटोले हान्छ । छाना मक्किएछ, जुनले आकासबाट चिहाएपछि ठूलीले खुइय्या सुस्केरा हालेर मनमनै भनि । मंगली र डल्ले जाडोले गुँडुल्की परेका थिए । टुकीको धिपधिपमा ठूलीको घर-कम-हुटेल खण्डहरजस्तै देखिएको थियो । ठूलीले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : म पनि करोडपति, “क” मेटेर

~गजेन्द्र बुढाथोकी~ पुसको दिन थियो, बाहिर सिमसिम पानी परिरहेको थियो । अफिस, भीमसेनस्थन पुग्नु पर्ने, न्यूरोड हनुमानढोकाभन्दा तल । एक त अत्यन्तै थोरै तलब, त्यसमाथि तीन महिना भएको थियो, नपाएको । तलब माग्न गयो, लेखापालले छैन भन्दै फर्काउँथ्यो । तलब … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

व्यङ्ग्य पत्र : नेपाल राष्ट्र ब्यांकमा वंशावली बुझाउने निवेदनको ढाँचा

~गजेन्द्र बुढाथोकी~ श्री श्री श्री गभर्नर महाराज नेपाल राष्ट्र ब्यांक बालुवाटार दरबार । विषयः वंशावली पेश गरेको बारे । उपरोक्त सम्बन्धमा फिरंगीहरूद्वारा तयार पारिएका कानुनहरू अक्षरस लागू गर्ने सिलसिलामा महाराजद्वारा ब्यांकममा पिता र परपिताका नाम र नागरिकता नम्बर अनिवार्य पेश … Continue reading

Posted in पत्र साहित्य, हास्य - व्यङ्ग्य | Tagged , , | Leave a comment

कथा : दशैं र गोधुली यादहरू

~गजेन्द्र बुढाथोकी~ देहातको एउटा बजार, पहाड र तराईको संगम । आदिवासी थारू, दनुवारहरूको मूल बस्ती । क्षेत्री, बाहुन, राई, लिम्बू र मगरहरू पनि पर्याप्त संख्यामा थिए । मुसलमानहरूको पनि बस्ती थियो । गाईघाट । २०४२ सालअघि सडकले छोएको थिएन । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : दर्जीको नसिइको मन

~गजेन्द्र बुढाथोकी~ नामः कालुमान दर्जी उमेरः ५२ वर्ष खटटटटटटटटटटट एकहोरो मेसिनका अवाज चलिरहेको छ । दुर्गाका कुर्ता सकिदिनु पर्ने बिहेमा जानु छ भन्दै थिइ ।……मोरीका जीउ कस्तो टमक्क कसिएको….छातीका उकास पनि मज्जैले भइसकेछ । मैले देख्दादेख्दै जन्मेकी, पातली, पिलन्धरी थिइ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : अव्यक्त प्रेम

~गजेन्द्र बुढाथोकी~ मान्छे, बल्ल आफूले पिडा पाएपछि अरुका पिडा बुझ्छन्। हो, तिमीले प्रेममा गुमाएपछि बल्ल मेरो प्रेम बुझ्यौ जति बढी कष्ट सह्यो उति पलाउँछ/फैलिन्छ प्रेम न घृणा बन्छ, न बदला लिन्छ कहिल्यै

Posted in कविता | Tagged | Leave a comment

कविता : साला जिन्दगी !!!

~गजेन्द्र बुढाथोकी~ जीउनुको अर्थ सन्दर्भहीन अर्थहीन तर्कहरु यत्रतत्र सर्वत्र बाँडिएका सपनाहरुमाझ अस्तित्वविहीन तस्वीर । देख्नेहरुलाई आशाको तस्वीर भोग्नेहरुलाई मात्र थाह छ जिन्दगी बदल्छ रंग हरपल

Posted in कविता | Tagged | Leave a comment

कविता : यत्रतत्र मन

~गजेन्द्र बुढाथोकी~ अक्षर र खबर लत भएछ मन खबरमय छ तर खबर फरकफरक छ कलम सबल छ अब झन त पलपल डर छ जगत भयमय छ बल र छल जयजय छ नडर अब सबल बन मन अटल छ

Posted in कविता | Tagged | Leave a comment

कविता : आगोको कथा

~गजेन्द्र बुढाथोकी~ ताप्छन , मानिसहरु बलेकै आगो ताप्दैनन राप चिताको कतै पनि अनि शायद आफ्नै छाप्रो बालेर खरानीमा न्यायो कसले पो खोज्ला र? कफिन र चिताहरुको थुप्रोमा जीवन खोज्नेहरु पानीको आकार कल्पन्छन् धुँवाजस्तै छ ईश्वर अनि अल्लाह र येसू पनि … Continue reading

Posted in कविता | Tagged | Leave a comment