कविता : नयाँ समीकरण:युगको उदघोष

~रुमानी राई~rumani-rai

नयाँ पुस्ताहरु
आफ्ना सन्तानहरुलाई
केवल दन्त्यकथा हाल्नेछन्
निरंकुश राजतन्त्रको
कुरुप श्रीपेचको
क्रुर राजाको
अनि थुक्ने छन्-यो कालो इतिहासलाई ।

यो पुण्यभूमीमा
यो नेपाली माटोमा
अबको नेपालमा
यो कालो इतिहास
स्वघोषित विष्णुवतार
फेरी कहिल्यै दोहोरिने छैन
नयाँ युगले
नयाँ पुस्ताले
निरंकुशता कहिल्यै स्विकार्ने छैन
श्रीपेच र राजाको
गौरवगाथा कहिल्यै गाउने छैन
भाग्य र कर्मलाई दोस्दै
ईश्वरीय वरदान सम्झेर
वैदिक दासताका ऋचाहरु घोक्दै
आफ्नो जुनीलाई कहिल्यै धिक्कार्ने छैन ।

अहिले,
हिमाल ब्युँझी सकेको छ
पहाड ब्युँझी सकेको छ
तराई ब्युँझी सकेको छ
यो चिराग चेतनाको
यो चेतना उत्पीडनको
यो उत्पीडन सदियौंको
अबको युग
अबको समय
अबको नेपाल
स्वघोषित ईस्वरहरुको मात्र होईन
स्वघोषित दूतहरुको मात्र होईन
सच्चा भुमीपुत्रहरुको पनि हो
किनकि,
यो जन्मान्तर
यो कथित समीकरण
युगको धारमा रेटिएर भुत्ते बनेको छ
विषमता खिइएर
समानान्तर नयाँ समीकरण
यो युगले उदघोष गरेको छ ।

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.