गजल : मन परेनकी ?

~वाग्ले प्रकाश ‘बगर’~

मेरो मायाको भाग मन परेनकी ?
नढाँट दिलको बाग मन परेनकी ?

खै के सोच्यौ लाजवाब भयौ
साँच्चै भन मेरो अनुराग मन परेनकी ?

आलिङ्गनमा मायाको प्रतिबिम्ब साट्दा
फ्याक्यौ यौवनको पराग मन परेनकी ?

मेरो प्रेमले कोईली भयौ तिमी
भन पागल भाको काले काग मन परेनकी ?

मेरो दिलमा बसि सँगै डुल्छु भन्थ्यौ तिमी
अरबी “बगर”को भु भाग मन परेनकी ?

शिवनगर- चितवन , नेपाल
November 25, 2006

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.