कविता : मडारीएको उच्छृंखलता

~रुमन न्यौपाने ‘अमन्त’~Ruman Neupane Amant

मैले अझै बुझन सकीन
मेरा जिबनका रसहरु,
जुन जताततै पोखीएर
छताछुल्ल भएका छन् ।
हार्दीकताले उनका ओठहरुले
मेरो ओठ चुम्न खोज्दा,
लालची मेरा हातहले
र्सबत्र अंठ्याउन भ्याएका छन् ।

म चाहान्छु कति सम्म
र कुन हद सम्म पुग्न सक्छु,
मैले बुझन नसकेका
मेरा जिबनका रंगहरु
मैले कहाँ भेट्न सक्छु ।
मेरो अ‍ैंलाहरुले तिम्रो
हर अंगको तरंग बुझन सकेनछन्
तर,
हार्दीकताले उनका ओठहरुले
मेरो ओठ चुम्न खोज्दा,
लालची मेरा हातहले
र्सबत्र अंठ्याउन भ्याएका छन् ।

प्रेमका प्रत्येक प्रत्येक रातहरु
मैले तिम्रो मञ्जुरी मै काटेको छु,
तर पनी मैले बुझन सकिन
मेरा जिबनका रसहरु,
हजार बार तिम्रो निर्दाेषीता
माथि मैले आँखा गडाएछु,
तैपनी प्रेमका प्रत्येक प्रत्येक रातहरु
मैले तिम्रो मञ्जुरी मै काटेको छु,
अनी प्रत्येक बिहानीको सुरुवात
कलेटी परेको ओठको मुस्कान बाट
छिः
तर हार्दीकताले उनका ओठहरुले
मेरो ओठ चुम्न खोज्दा,
लालची मेरा हातहले
र्सबत्र अंठ्याउन भ्याएका छन् ।

मेरो प्रत्येक समयको धार
तिम्रो अमीलो पनले कुँडीएछ,
तर मैले बुझन सकीन
बेढंग ले भरीएको रसहरु ।
मेरो मडारीएको उछृंखलता
आज तिम्रो सिमाना छिचोल्दै छन्,
त्यसैलेत,
हार्दीकताले तिम्रो ओठहरुले
मेरो ओठ चुम्न खोज्दा,
लालची मेरा हातहले
र्सबत्र अंठ्याउन भ्याएका छन् ।

…..अक्टुबर २६ २००९

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *