सूत्रकथा : यथार्थ

~कुमार काफ्ले~kumar-kafle

-उनी धनी ह्यान्डसम श्रीमानको साथ सपिङमल घुम्न गएकी छिन्।

-मन लागेको कुरा किनेकी छिन्, खाएकी छिन्।

-त्यसपछि पोखरा,लुम्बिनी र सौरहा घुम्न निस्केकि छिन्।

-श्रीमानसँग अँगालो मारेर मुस्कुराउँदै सेल्फी खिचेकी छिन्,जिस्केकी छिन्।

-लङ टुरका लागि स्वीट्जरल्यान्ड जाने कि पेरिस जाने भनेर सल्लाह गर्द‌ैछिन्।

-अचानक आएको मान्छेको कर्कश आवाजले उनलाई डिस्टर्व गरेको छ र उनी हल्ला नगर्न आदेश दिइरहेकी छिन्।

-“के भयो सपना”भनेर उनका श्रीमान यथार्थले बोलाएपछि उनी झल्यास्स ब्युझिन्छिन्।

-ब्युझदाँ उनको अगाडि यथार्थ उभिइरहेको थियोे, रिसाएको घरभेटी डेराभाडा मागिरहेको थियोे भने सानी छोरी ममी भोक लाग्यो भनेर रोइरहेकी थिइन्।

– ओखलढुंगा।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in सूत्रकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.