कविता : धरहराले भनिरहेछ …..

~रन्जु ‘मार्ग’~ranju-acharya-marga

ए मान्छेहरु !
म धरहरा ,
मलाई बनाउँदा- कतिका औंलाहरू खिय होलान्
– कतिका रगतहरु बगे होलान्
– कतिका पसिनाहरू तप्के होलान्
भोक -भोकै कतिले इँट्टा र माटो ओसारे होलान्
एक पल्ट सम्झ त तिम्रा ती निरीह पुर्खाहरुलाई
जो तिमीहरुको अस्तित्वको लागि
आफुलाई बलिदान गर्दै
मलाई उठाएर तिमीहरुलाई उचाई दिई रहे !
**
भयॊ चिन्ता नगर ,
म ढली सकें
मैले बोझ थेग्न सकिन
एउटै धर्ति माथि उभिएर
मैले तिमीहरुको पिडा हेर्न सकिन
तर सोच अब ती मानिसहरु
जो म संगै ढलेका थिए
म त एक माटो थिए तर उनीहरु त मासु थिए
म त एक निर्जीव थिएँ तर उनीहरु त जीव थिए
जाऊ उद्दार गर तिनीहरुको
घाम फेरी उदाउने छ !

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *