बाल कविता : पहिला गुरु

~उर्मिला पन्त पाण्डे~urmila-panta-pandey

बाबा आमा नै तिम्रा पहिला गुरु हुन्
लड्ला पड्ला भनी चिन्तित भएका
कसरी हुर्काउँ, बढाउँ र पढाउँ भनी
लात्ताले तिमीले नजानेर उनलाई हाने पनि
ईश्वर हुन् साना नानी भन्दै खुशी पनि

उनीहरु भदिन्छन् तिमीहरुको बालापनमा
पछुतो नहोस् बाबाआमालाई तिम्रो जन्ममा

देऊ सुख र शान्ति सके जति मनमा उनको
सद्भाव राखी सेवा गर, आमा, बुवा र देशको ।।

(स्रोत : केटाकेटीअनलाईन डट कम)

This entry was posted in बाल कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.