सूत्रकथा : सजाय

~कुमार काफ्ले~kumar-kafle

-एउटा यस्तो सुन्दर देश थियो जसको बयान गरी साध्य थिएन।

-हीरा झैं टल्कने हिमालको निर्मलताको बयान गरी साध्य थिएन।

-गुराँस फूल्ने पाखाको सुन्दरताको बयान गरी साध्य थिएन।

-धान झुल्ने फाँटको विशालताको बयान गरी साध्य थिएन।

-कलकल बग्ने खोला र छरछर झर्ने छहराको निश्चलताको कुरा गरी साध्य थिएन।

-फूलजस्तै पवित्र,आकाशजस्तै फराकिलो र धरतीजस्तै सहनशील मन र सोच भएका मान्छेहरू बस्थे।

-उनीहरू सहृदयी,परिश्रमी, आत्मविश्वासी, सकरात्मक सोच भएका र लगनशील थिए।

-दुर्भाग्यवस शासनसत्ताको बागडोर सम्हालेका र सम्हाल्न आतुर नेताहरूको मन भने सफा थिएन।

-नेताहरूको कलुषित भावना,स्वार्थीपना र कुटखेलको सजाय भोग्न विवश थिए निर्दोष जनता।

– ओखलढुंगा।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in सूत्रकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.