कविता : खाली क्यानभास

~बसन्त श्रेष्ठ ‘क्षितिज’~Basanta Kumar Shrestha 'Kshitij'

रङ्ग छ
ब्रश छ
र क्यानभास पनि छ ।
जीवन भोगाइका क्यानभासमा
मुर्त/अमूर्त रेखाङ्कित तस्विर सजाउने रहर पनि छ ।

पहाडको अटल बिश्वास जतै अडिन चाहन्थे
लेकको रक्ताम्य गुराँसको मुस्कान भर्न चाहन्थे
खेतको गरा गरामा आस्थाको बालीसंगै बढ्न चाहन्थे ।
क्यानभासमा सुखको रङ्गहरुको,खुसीको पलहरु कोर्न चाहन्थे
बेली चमेलीको सुगन्धमा,मखमली झै सदाबहार बन्न चाहन्थे ।

रहरको बिस्कुनलाई
रङ्गमा रुपान्तित गर्दै
लक्ष्यको ब्रसले क्रमश:
कर्तव्यको क्यानभासमा कोर्दै
एक जिवन्त तस्विर बनाउन चाहन्थे
जहाँ सारा नेपाली अटाउन सकोस् ।

अझै ! यहि तस्विर कोर्न सम्बिधानको क्यानभास खाली छ ।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.