कविता : कालो बादल

~अनिल बराल ‘गरीब चिराग अछुत’~

कालो बादल अझै फाटेको छोइन
अध्यारो रात झै हटेको छोइन
मेची काली जताजतै उस्तै
मान्छेले मान्छेलाई देखिन्छ बेग्लै
समानताको ढोका खोलेको छोइन
कालो बादल बस्ति बस्तीहरुमा
उर्लिरहेछ,
भन्ने हरु भन्छन ,
संसारमा सानो र ठुलो जात छोइन
महिला अनि पुरुस जात हुन्
तर ,
यो पिडा बाट फक्रेको छोइन
सोचेर ,
हेरम,
आखिर मान्छे मान्छे के हो ?
अनि जात के हो ?
के मा फरक, हुदोरहेछ
पानी पिउने कुवा एउटै ,
हामीले टेक्ने धर्ति सारा एउटै
तर ,
मान्छे ढुंगे युगलाई
छोडेको छोइन ,
२१ औ सताब्दिले दरिलो पाइला टेकी सक्यो
खोइ के मा ?
राख्यो जात ?
मैले त् देखेको छोइन
सानो ठुलो जात
हुन्छ भनेर ?

अनिल बराल ‘गरिब चिराग अछुत’
चरम्बी-५, मिलन बस्ति, भोजपुर
हाल – कतार

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.