कथा : क्षितिज पारिको सपना

~शेखर ढुंगेल~Shekhar Dhungel

बीरबहादुर आफ्नो छिमेकी घनश्याम पण्डितको दुखान्त निधनले रन्थनिएका छन् । टलपलाएका गहभरिका आशुलाइ उनले रोक्न खोजे पनि सकेन त र र खसी रह्यो खसी रह्यो । जबसम्म मित्र घनश्याम माडसापको पार्थिक शरीरको सम्पूर्ण भाग धुवा बनेर आकासमा बिलाएंन । आफ्नो बाल शखालाइ हावामा बिदा गरेर

फर्कदै छन् बीरबहादुर ।
खाली हात फर्के घरतिर बीरबहादुर । घनश्याम पण्डितको अतितलाइ बल्झाउदै ताजा बनाउदै ।
छिमेकी मात्र थिएनन् बीरबहादुर घनश्याम पण्डितको सानैदेखि अति नै मिल्ने असल साथी पनि थिए । एक अर्काका दुख सुख, गार्हो सार्हो साटासाट गर्थे । चाड पर्ब, भोज भत्तेरमा एकले अर्कालाइ बोलाउन न छुटाउने मात्र होइन एउटै घर झैँ परेको सहयोग पनि गर्थे ।
घनश्याम पण्डितका एक छोरा र एक छोरी थिए । दुइ बर्ष मात्र फरकका तर उनिहरुको पढाई एउटै कक्षामा पढाई गर्थे । आफ्नो शिक्षण अनि अलिकति ट्युसनको सिमित कमाइमा घनश्याम पण्डितले छोरा छोरीको स्तरीय शिक्षाको लागि काठमाडौंको महँगो स्कुलमा बोडर्स गराएका थिए ।
आफ्नो छाक छाकको गासलाइ सिमित गर्दै, अन्नपात, घरको चौपाया समेत बेच्दै बेच्दै छोरा छोरीको पढाई खर्चको जोहो गरि पठाउने गर्दथे घनश्याम पण्डित ।
भबिस्यमा सुख पाउन लगानी गर्नु छ भने छोरा छोरीको उच्च पढाईमा गर्नु ! विदेश गएर बेस्कन् कमाएर लेराउछन एक दिन बुढेशकाल भए पछी काठमाण्डौ शहरमा घर बनाएर बस्नु पर्छ भनि सुनाउने गर्थे बीरबहादुरलाइ
कुनै प्रतिबाद नगरी घनश्याम माड्सापको कुरो सुनी रहन्थे बीरबहादुर
बीरबहादुरको एउटै छोरो प्रबेशिका परीक्षामा असफल भएर गाउमै खेतीपाती र पशुपालन गरि बसेको थियो । बीरबहादुर अफ्नो पुर्ख्यौली रासन पानीको पसल मै दंग थिए सन्तोष थिए । छोरा माथि धेरै सपना देख्ने रहर बीरबहादुरबाट भागी सकेको थियो बस छोराको एउटा सज्जन केटि सित बिहे गरिदिनु पाए बुढेस काल मा यहि घर कटेरो मा नाति नातिना खेलाएर बस्ने भन्दा अरु आशा न भएको भनि सुनाउदा घनश्याम पण्डित भन्थे हेर बीरबहादुर यो सब भाग्यको कुरो पनि हो भोलि मेरा छोरा छोरी डाक्टर ,इन्जिनियर बनेर मलाइ कत्ति सुखले पाल्ने छन् देख्नेछस । भनि दोहोर्याई रहन्थे ।
न् भन्दै एक दिन घनश्याम पण्डितका छोरा डाक्टर पढ्न र छोरी कम्पुटर इन्जिनियर बन्न विदेश हिड्ने भए घनश्याम निक्कै खुसि थिए ।
घनश्याम पण्डितले ढोकाको दुइ तिर गाग्रीको घडा राखेका थिए । टपरीमा आलो माछा दहीको कतारो अनि दुवाको माला र चन्दन को टीका लगाई दिएर आशिर्बाद दिएका थिए ।
बाबु, छोरी संसारको जुन कुनामा पुगे पनि आफ्नो गाउ पाटि पौवा, कान्ला खोल्सा भन्ज्यांग चौतारी अनि देश लाइ न् बिर्सनु, अफ्नो धर्म सस्कृतिलाइ सम्मान गर्नु । बेलैमा पढाई सकेर स्वदेश फर्केस म तिमीहरुको बाटो हेरी बस्ने छु । तिमीहरु मेरा दुइ आखा हौ । जबसम्म तिमीहरु फर्कदैनौ यो घरमा अब उज्यालो हुने छैन ।
घनश्याम बाजे एक दिन अगाडीसम्म गर्ब साथ फुर्ती देखाउदै थिए मेरा सन्तान विदेश जाने भए, कमाएर लेराउने छन् भन्थे आज भने उनि हास्ने प्रयास गर्दा गर्दै आशु झार्न थाले
बीरबहादुर सम्झाउन थाले हे घनश्याम माडसाप हिजोसम्म तपाइँ खुसीले गद्गद् हुनु हुन्थ्यो अहिले हासी हासी बिदा न् गरेर किन सुक्क सुक्क नि ? तपाइले नै भनेको होइन ? छोरा छोरी लाइ एक पटक विदेश पठाउनु नै पर्छ पढ्ने मात्र होइन देख्छन अनि फर्की आइ आफ्नो देशलाइ पनि त्यस्तै बनाउछन भनेर ? खुसि साथ बिदा गर्नोस
घनश्याम बोल्न सकेनन ।
छोरा छोरी भन्ज्यांगको चौतारी मुनि न् पुगुन्जेलसम्म हात हल्लाउदै हल्लाउदै हेरी राखे फेरी चोटामा पुगे र झ्यालबाट नियाल्न खोजे उनिहरु पर पुगी सकेका सकेका थिए ।
सन्तानसित बिछोडको पिडाले धेरै दिनसम्म घनश्याम पण्डितले राम्रोसित खाना समेत खाएका थिएनन नियास्रो लाग्यो बीरबहादुर कहिले भट्ने होला अब तिनीहरुलाइ ? मेरो मुटुको टुक्राहरु अहिले कहाँ पुगे होलान हगी भन्दैघरि घरि सोध्ने गर्थे ।
घनश्याम पण्डितले सन्तानलाइ विदेश पढ्न पठाउन भएको खेत बारी बेच्दा समेत न् पुगेर बस्दै आएको घर कटेरो समेत बन्धकीमा राखेका रहेछन । मलाइ भनेका थिएनन । दोस्रो बर्ष बल्ल पला गाउको मुखिया काजि ब्याज उठाउन भनेर घनश्याम पण्डितलाइ भेट्न आउदा पो थाहा पाएको थिए ।
फेरी दोस्रो बर्ष न् पुग्दै पढाई को सुल्क तिर्न पैसा पुगें भनि खबर पठाएका थिए । माडसापले खाइ रहेको नोकरी राजिनामा दिई त्यस बापत आएको निबृति भत्ता अनि संचय कोषको रकम झिकी पठाई दिएका थिए ।
घनश्याम माडसाप सित अब बन्धकीमा परेको घर गोठ र छोरा छोरी माथिको सपना आशा भरोसा बाहेक केहि बाकी रहेन ।
केहि समय पछी एका बिहानै घनश्याम पण्डित बुढा गद गद हुदै खुसिको खबर सुनाउन झ्यालबाट मलाइ चिया खान आइज बीरबहादुर भनि बोलाउछन
के हो घन श्याम माडसाप ? खुसिको खबर ?
सुन्यौ बीरबहादुर छोरा छोरीले उच्च अंक लेराएर परिक्षा मा उत्रिंण भए छन् दुवै ले बर्ष को लाखौ डलर कमाउने नोकरी पनि पाई सके रे ?
मेरा दुख का दिन गए बुझ्यौ बीरबहादुर अब ! आज मेरो छाती गर्बले ढुक्क भएको छ । मेरो इच्छा पुरा हुने दिन आए अब । छोरा ले ..छोरी ले मलाइ पैसा पठाई दिने छन् ।
त्यो पैसा ले स्वास्थ्य चौकी बनाउछु बीरबहादुर स्वास्थ्य चौकी को अभाब ले नै मेरो श्रीमती को कालाज्वर को उपचार हुन् न सक्दा छोरा छोरी लाइ टुहुरो बनाइ उमेर मै संसारबाट बिदा भएकी थिइन ।
जिउदो भएकी भए कति खुसि हुन्थिन उनि हगी बीरबहादुर ?
गाउको लागि म भन्ज्यांग मा पानीटंकी बनाएर घर घर मा धारो हालिदिने ठुलो चाहना छ
गाउमा एउटा राम्रो स्कुल पनि बनाउनु छ बीरबहादुर तिमीले मलाइ साथ दिनु पर्छ भावाबेसमा घंनश्याम आफ्ना सपनाहरु सुनाइ रहे म सुनी रहेको थिए ।
समय बित्दै गयो घनश्याम पण्डितका सपनाहरु बिस्तारै धुमिल बन्दै गए . न त छोरा ले कुनै पैसा पठाई दिए । न त कुनै आस्वासन नै ।
पालै पालो पहिले छोरा ले एउटी गोरेनीसित चर्चमा गै बिहे गरेको खबर र फोटो पठाए पछी छोरीले एउटा धनाढ्य मुस्लिम केटा सित कोर्टमा बिहे गरेको खबर पठाइन । दुबैले बिदेस कै नागरिकता लिने प्रक्रिया सुरु गरि सके रे ।
घनश्याम पण्डित का छाती चिरिदै चिरिदै भ्वांग परेर क्षत बिक्षत बन्दै गएको थियो ।
उनको जोस जागर शिथिल हुदै गयो .उनका सपना का योजना हरु मा माकुरोको बाक्लो जालीले छोपी सकेको थियो ।
अभाब नै अभाब र ऋण को भार ले उनि आगन काटेर वल्ला गाउ पल्ला गाउ गर्न पनि न सक्ने भएका थिए ।
फुर्सद मिल्यो कि बिर बहादुर घन श्याम माडसाप मित्र को घर मा छिर्न बिर्सदैनथे ।
कहिले निदाल गनेर बसेका हुन्थे त कहिले खोले पकाउदै । झुक्किएर पनि उनले कहिल्यै छोरा छोरीको गुनासो गरेनन । बरु उनीहरुले कमाएका, रमाएका कुरा गर्थे । उनिहरुको खुसि नै आफ्नो खुसि हो भन्दै प्रसन्नता देखाउन खोज्थे ।
तर बीरबहादुरले घन श्यामलाइ राम्रो सित पढी राखेका थिए । उनी प्रसंग कोट्याएर माडसापलाइ दुखि बनाउन चाहदैन थिए
यसैरित ले दिन महिना बित्दै गए घनश्याम पण्डित शिथिल हुदै गए .उनको अनुहारको क्रान्ति मलिन हुदै गयो .आखा का डिल हरु भित्र पसे ओठ मुख सुख्खा सुख्खा हुन् थाले ।
बीरबहादुरलाइ उनको हबिगत देखेर छोरा छोरी बिदेस पठाएर पण्डित ले गरे ?खोइ कता पुग्यो उनको सपना ?कता हराए सन्तान ? सन्तान हुनु र न हुनु को के फरक भयो त घन श्याम पण्डितलाइ आज ? सोच्न थाले ।
अबेर सम्म ढोका न खुलेको देखेर बिर बहादुर ससंकित भए । सधै बिहान सबेरै उठी ‘हरे गंगे हरे गंगे ‘भन्दै कुवा मा नुहाउन जाने घन श्याम लाइ सन्चो भएन कि क्याहो भन्दै ढोका ढक ढक्याउन पुगे ।
ढोका मा चुकुल पनि लगाएका रहेन छन ।
घन श्याम माडसाप ? ऐ माडसाप ?
म जिउदै छु बीरबहादुर ! यता छु यता ? ज्वरोले ग्रस्त पारेको ले नुहाउन जाने हिम्मत भएन .हेर त मेरो हात गोडा कामेर उभिन न सक्ने भएको छु । यसो तातो पानी तताएर खाउ कि भनेको ?
बीरबहादुरले हतपत् घन श्याम को निधार छामे ।
घन श्यामको सम्पूर्ण शरीर धपक्क बले झै तातेको थियो ।
बीरबहादुर आत्तिदै उनलाई बाहिर फलैचा मा लेराएर बसाउदछन ।
चिसो पनि पट्टि गरे केहि फाइदा भएन झन लरबराउने र बेहोस जस्तै भए
बीरबहादुरले छर छिमेकी लाइ बोलाए ।
गाउलेहरुको सल्लाह ले सदर मुकाम को अस्पताल मा पुर्याए ।
चिकित्सकले घन श्याम माडसाप को दुवै मृगौलाले काम गर्न छोडी सकेको र रक्त अल्पता समेत भएको बताएर त्यहाँ उपचार हुन् न सक्ने मृगौला फेर्न सक्ने हो भने काठमाडौंमा उपचार गर्न लैजान सल्लाह दिए .
सबै गाउले बिच मुख मुख भयो ! अब के गर्ने ? कसले व्यहोर्न सक्छ र ? उपचार खर्च ?
बीरबहादुरले त्यहिबाट घनश्यामका छोरा छोरीलाइ फोनं गरेर तिमीहरुको बुबाको अवस्था यस्तो छ जत्ति सक्दो छिटो आउनु पर्यो भनि खबर दिए । छोराले भने अंकल म त हिजैबाट नया नोकरीमा लागेको छु भोलिबाट एक महिनाको तालिम छ । त्यस पछी बिदा मिलाएर आउन सक्छु ।
छोरी भन्छिन अंकल मेरा दुइ वटा साना साना बच्चा छन् तिन्लाई छोडेर आउन कहाँ मिल्छा र ? दाइलाइ भन्नोस न् ।
बीरबहादुरलाइ सार्है चित्त दुख्यो ।
दुवैलाइ भने ऐ नानि हो ! बिर्स्यौ तिमीहरुले ? तिम्रा बुबाले कुन हण्डर खाएर कसरि हुर्काए ,? पढाए ? सर्बस्व सिध्याएर तिमीहरुलाइ विदेश पठाए ? के आशिर्बाद दिएर पठाएका थिए तिमीहरुलाइ ?
बुबाले भन्ने कुरो भन्नु भयो । आफ्नो कर्तब्य पुरा गर्नु भयो । हामिले आफ्नो भबिस्य र परिवार पनि त हेर्नु पर्यो ?
अंग्रेजी मिस्सिएको बोलिलाइ बीरबहादुरले मुस्किलले दोहोर्याउदै तेहर्यौदै सोधेको ले मात्र बुझेको थियो ।
यस्तो जवाफ पाएर बीरबहादुर बिलखबन्द मा पर्छन ।
छोरा छोरीको जवाफ सुनाएर आफ्नो मित्र लै झनै दुखि र मानसिक पिडा दिनु उचित लागें बीरबहादुरलाइ र धेरै पटक फोन गरेको लाग्दै लागेंन् भनि झुठो बोले ।
हफ्ता बित्यो । महिना बित्यो छोरा छोरी को कुनै खबर आएन । घन श्याम का आखा सधै ढोका बाहिर मात्र पुग्दथे । छोरा छोरी आए कि भन्दै
अन्त मा आज बिहान सहित को थोपा फुल मा माथि पर्नु भन्दा अगावै घन श्याम ले सदा को लागि आखा चिम्ली सकेछन । कुर्न बस्ने ले पनि पत्तो पाएनन ।
दाग बत्ति दिन त आउछन कि भनेर बीरबहादुरले फेरी प्रयास गरे घन्टा घण्टा को फरक मा धेरै चोटी फोन गरे यो पटक साच्चिकै फोन उठेंन् ।
गाउका अर्का पण्डित छोराले दाग बत्ति दिए ………घनश्यामको चितासंगै उनको क्षितिज पारिको सपना पनि खरानी भएको थियो ।

ओमाहा, अमेरिका, २१ जनवरी

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.