Tag Archives: उषा शेरचन – Usha Sherchan

Translated Poem : Life in the begging bowl of death

~Usha Sherchan~ Translated by: Manjushree Thapa Emptiness. emptiness. ultimate emptiness in a gigantic cage locked vehicles keep rolling transporting empty passengers transporting empty breasts in the silence, one hears wails and sobs covered volcanoes in the emptiness, lives and deaths … Continue reading

Posted in Translated Poem | Tagged , | Leave a comment

कथाः बेग्लै म

~उषा शेरचन~ मेरो अप्रेसन सफल भयो । मैले नयाँ जीवन पाए । बाबा भने पुनः बैदेसिक रोजगारीमा फर्किनु भयो । तर आमा र म त छाया सरी सधैँ सँगै भयौँ । उहाँको खुसीको सिमा थिएन मैले पाएको नयाँ जीवनमा । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : भाग्य पर्‍यो चिरा

~उषा शेरचन~ यता पर्‍यो मायाको घर उता पर्‍यो हीरा दुबैैलाई टिप्न खोज्दा भाग्य पर्‍यो चिरा कहिले जान्छ घरमा पहिरो कहिले जान्छ मनमा मेरो सधैं घाउ दुखिरहन्छ कलेजीको छेउमा

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : विचलित वर्तमान

~उषा शेरचन~ यो स्वर्गभन्दा सुन्दर नगरीमा यो स्वच्छ र शान्त उपवनमा कस्को आँखा लागेर हो रु कस्को सराप परेर हो रु अचेल जाई जूही र सुनाखरीहरू -फुल्नै छाडेका छन् अचेल लालुपाते र लालीगुराँसहरू -झुल्नै बिर्सेका छन् केही स-साना झुपडीहरू

Posted in कविता | Tagged | Leave a comment

कविता : सपना र खण्डहर

~उषा शेरचन~ निधारमा कहिल्यै निको नहुने घाउका टिका थापेर छातीमा कहिल्यै नमेटिने सरापका कोसेली लिएर युगौँदेखि अश्वत्थामाझैँ भट्किरहन अभिशप्त छौँ समर्पित प्रेमका

Posted in कविता | Tagged | Leave a comment

उषा शेरचनका तीन मुक्तकहरु

~उषा शेरचन~ कृतध्न अमूल्य भोट दिइसकेपछि अब जनताको के काम छ यहाँ ? बेकारका आर्तनादहरू सुनिरहन कसलाई पो फुर्सद छ यहाँ ? बाँचुन्जेलदेखि नमरुन्जेलसम्म आफूलाई कसरी हुन्छ, आफ्नै कुर्सी जोगाउने हरउपाय खोज्दै दौडधुप गर्दैमा ठिक्क छ यहाँ ! अर्ती

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : प्रत्युत्तरमा व्यक्त इच्छाहरू

~उषा शेरचन~ सगरमाथाझैँ शिर उचाल्न सिक भन्छौ तिमी… हिटलरले उचालेको शिरले विश्वयुद्ध जन्मायो सम्पूर्ण विश्वलाई त्रसित पार्यो म चाहन्नँ, मैले उचालेको शिरले मानवता ओइली झरोस्।

Posted in कविता | Tagged | Leave a comment

गीत : कहिलेकाहीँ अमिलो अमिलो हुन्छ

~उषा शेरचन~ त्यही मन कहिलेकाहीँ अमिलो अमिलो हुन्छ त्यही मन कहिले फेरि गुलियो गुलियो हुन्छ बुझ्नै सकिन्न मनका हजारौं हजार रङ्ग भोग्नै सकिन्न मनका हजारौं हजार ढङ्ग

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : युद्धलाई रोक्न सकेका छैनौ

~उषा शेरचन~ चेतना शून्य समयका -प्रत्येक आयामहरु अहम्को खोल ओढेर -स्वविवेक हराएर छेपारो जस्तै रङ्ग बदलिरहेका छन् आ-आफ्नै डम्फू बजाइरहेका छन् आँखामा पट्टी बाँधेर अन्धोको

Posted in कविता | Tagged | Leave a comment

गीत : बाचा म गर्न सक्दिनँ

~उषा शेरचन~ साक्षी राखेर आँसुलाई बाचा म गर्न सक्दिनँ बन्धकी राखेर मनलाई कसम खान सक्दिनँ मेरो हाँसो मेरो खुसी तिमीलाई दिन सक्छु म तिम्रो पीर तिम्रो व्यथा आफैँ लिन सक्छु म

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : जिन्दगी मृत्युको कहतारोमा

~उषा शेरचन~ शून्य’ शून्य’ अति शून्य ।’ भयानक पिंजडाभित्र बन्द मोटरहरू गुडिरहेछन् – शून्य यात्रीहरू ओसार्दै – शून्य छातीहरू ओसार्दै भक्काना छुट्छन् मौनताबीच – बन्द ज्वालामुखीहरू अभिशाप बन्दछन् शून्यताबीच – जीवन र मृत्युहरू

Posted in कविता | Tagged | Leave a comment

मुक्तक : जीवन

~उषा शेरचन~ – १ मायाको पोको रहेछ जीवन अतृप्त धोको रहेछ जीवन एक न एक दिन बिलाउनै पर्ने पानीको फोको रहेछ जीवन । -२ हुरीले बतासिएको चील रहेछ जीवन एकलासे जंगलको झिल रहेछ जीवन

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : मसित प्रेम नगरे हुन्छ

~उषा शेरचन~ तिम्रो मनको संकुचित आकाशभित्र -मेरो प्रेमको बिशालता अटाउनै सकेन तिम्रो अहंकारको क्षितिजभित्र -मेरो प्रेमको लहरा फैलनै सकेन खिया लागेका तिम्रा सोचाइहरु -प्रदुषित भएर जताततै -ह्वास्स ह्वास्स गनाइरहन्छ सुगा रटाइका तिम्रा पुनरास्वरहरु -काँडे झार भएर जताततै -च्वास्स च्वास्स बिझाइरहन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : नाथै नाथका बाँदरहरू

~उषा शेरचन~ सधैँ अरूकै हात खोसेर खान पल्केका बाँदरहरू सधैँ अरूकै भाग लुटेर बाँच्न पल्केका बाँदरहरू जति नै निर्दोषताका खोल ओढे पनि जति नै निश्छलताका ढोल पिटे पनि अरूलाई मात दिने आशामा नै बसिरहेका हुन्छन् अरूलाई घात दिने ताकमा नै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : खोलाको दुई किनार भो

~उषा शेरचन~ खोलाको दुई किनार भो तिम्रो र मेरो पिरती, हो मेरो पिरती कहिल्यै नमेटिने तृष्णा भो तिम्रो र मेरो जिन्दगी, हो मेरो जिन्दगी आफ्नो मुटु आफैले नै कुल्चेर हिँड्नु पर्‍यो

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : जिन्दगी मृत्युको कहतारोमा

~उषा शेरचन~ शून्य’ शून्य’ अति शून्य ।’ भयानक पिंजडाभित्र बन्द मोटरहरू गुडिरहेछन् – शून्य यात्रीहरू ओसार्दै – शून्य छातीहरू ओसार्दै भक्काना छुट्छन् मौनताबीच – बन्द ज्वालामुखीहरू अभिशाप बन्दछन् शून्यताबीच – जीवन र मृत्युहरू जीवनहरू गिल्ला गर्दै छन्

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : विभेदना

~उषा शेरचन~ उसले राष्ट्रिय रुपमैँ आफ्नो प्रतिष्ठा आर्जन गरेपछि एकदिन सञ्चार माध्यम मार्फत उसले सगर्व घोषणा गर्यो —‘बिवाह पूर्व नै कुमार चाहिँ थिइन है म । यो भरिसभामा उद्घोष गर्नकुनै संकोच छैन मलाई कि मेरो पहिलो शारिरिक सम्बन्ध कुनै एउटी … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : साउनको व्रत

~उषा शेरचन~ कस्तो हुस्सु म ? कार्यक्रम पर्सी रहेछ आजै सम्झेर आइपुगेछु। यसो वरिपरि आँखा डुलाएँ। म जुन कार्यक्रमको लागि भनेर आएको थिएँ त्यस किसिमको दृश्य नभएर बेग्लै दृश्य र पाहुनाहरुको रङ्गरुप पनि नितान्त बेग्लै देखेँ। शंका लागेर त्यहाँको स्टाफलाई … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्मरण : विद्रोहको पहिलो पाइला!

~उषा शेरचन~ काठमाडौंको रत्नराज्य कलेजबाट आइए सकेर बिए पढ्न फेरि आफ्नै जन्मथलो पोखरा फर्किएँ म। त्यति बेला पोखराको पृथ्वीनारायण क्याम्पसमा पढ्ने छात्राहरू खासै हुन्थेनन्। हदै पढे एसएलसीसम्म पढ्थे अनि पछि बिहे बन्धनमा बाँधिन्थे। छिट्टै बिहे गरिदिएर आफ्नो टाउकोमा रहेको छोरीको … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : छाउपडी

~उषा शेरचन~ ‘माघ फागुन मैनातिर त यी छो¥याट्टी पनि छाउ होलिन्जसी छन् ।’ ‘अँ भन्या, मेरो ब्या हँुदा यिनी नान्नानी थिन् । कति छिट्टै ठूली भ्याकि, तरmनीजसी धेक्किन लाग्याकी छन् ।’ ‘क्या माइस रयाछौ, यत्ति पनि जान्दाइन ? छाउ हुन्या … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : तेस्रो रंग

~उषा शेरचन~ म भित्र मच्चिरहेको द्वन्दको लिङ्गे पिङ्गलाई देख्ने कसले ? म भित्र निरन्तर गईरहेको पहिरोलाई बुझ्ने कसले ? न कसैको सामु देखाउन सक्छु । न त ब्यक्त नै गर्न सक्छु । म कुन मानसिक अवसादबाट गुजि्ररहेछु भन्ने आभासबाट बेखवर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अर्को क्षितिज

~उषा शेरचन~ पाँच जना दाजुभाइमा सबैभन्दा कान्छो म । हामी दाजुभाइमा पनि उमेरको अन्तर निकै छ । मेरो ठूलो दाजु र ममा त झन् धेरै नै अन्तर छ । घरमा ठूलो दाजुको मात्रै विवाह भएकोले ठूली भाउजूले नै घरको सबै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नरोजेका बाटाहरू

~उषा शेरचन ~ सबैको मनलाई यसरी बहलाउनु मेरो रहर नभएर बाध्यता हो भन्ने कुरा यी समाजका ठेकेदारहरूले किन बुझ्नै चाहँदैनन् ? कसलाई पो रहर लाग्ला र आˆनो अङ्ग प्रदर्शन गर्दै आफ्नो खिल्ली आफैले उडाउनलाई ? आफ्नो लिलाम आफैँले बढाबढ गर्नु … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment