Tag Archives: Thakur Belbase

कविता : निर्मलाको बयान

~ठाकुर बेलवासे~ आमा! तपाईंलाई थाहा छ मलाई मान्छे अति प्रिय लाग्थ्यो। पहिलो पटक बन्द कोठामा उसलाई भेट्दा पनि मैले अरू मान्छेलाई जस्तै प्रेमले हेरेकी थिएँ।

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी अर्थात् उज्यालो

~ठाकुर बेलवासे~ तिमीले चिनाएको देशको झण्डा हातमा उठाएर म आज नागरिक बनेको छु । तिमीले रचेको इतिहास पढेर खोल्सा, खोँच र गोरेटाहरू अनि आफ्नै अनुहार चिन्ने भएको छु । तिमीले एउटा आकाश बनायौ

Posted in कविता | Tagged | Leave a comment

कविता : समयसँग युद्ध

~ठाकुर वेलबासे~ बिहानीसँगसँगै उदाएका हजारौं सूर्यहरू कहाँ हराउँदै छन् कहाँ हराउँदै छन् सपनाका लाखौँ ताराहरू किन आकाश यसरी रित्तो बन्दैछ ? आआफ्ना गीत गाउँदै चराका बथानहरू एकसाथ उड्न सक्ने

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा अँध्यारोको अनुष्ठान

~ठाकुर बेलवासे~ तिमीलाई गहिरो गरी पढ्नका लागि मैले एउटा सिंगो रात मागेको छु। म कल्पना गर्न सक्छु- तिम्रा खुट्टादेखि शिरसम्म पत्रपत्र पल्टाउँदै एउटा अनन्त आनन्दको रहस्य पढ्दै गर्दा जून सर्वाङ्ग हुने छ र पोखिने छ, आकाशमा।

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रिय मान्छे

~ठाकुर बेलवासे~ आज पनि छैन मेरो घरको धुरीमा घामको स्पर्श मेरो घरको आँगनमा एउटा आदिम दुःख अग्लिरहेछ अझ्ै पनि देखिएको छैन मेरो घरको धुरीमाथिको आकाश म गर्व गर्छु, म घमण्डले उन्मत्त छु मैले बाँचेको जीवन, तिमीले मात्र होइन सम्भवतः कसैले … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बाँच तिमीले बाँच्नुपर्छ ! तिमी भन्छौ

~ठाकुर बेलवासे~ यात्रामा देखिँदै गरेको उज्यालोले आँखामा पट्टी बाँधेर मलाई डोर्‍याइरहेको हुन्छ । आँखाको लोभ नगर लोभ नगर हात र खुट्टाको अग्निकुण्डमा हाँसोलाई आहुति दिएर तिमी भन्छौ बाँच, तिमीले बाँच्नुपर्छ । मेरा लागि केही बाँकी छैन

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रस्तावना

~ठाकुर बेलवासे~ रबरजस्तो कति तन्काउनु मनलाई आरनजस्तो कति पिटिरहनु बुद्धिलाई कहिलेकाहीँ मनलाई झिकेर, आफैँबाट सङ्लो पानीमा धोइबस्छु अनि, अरूको मनमा खुसी हुन्छु, कति खाँद्नु उही ओसिलो बुद्धि खप्परमा कहिलेकाहीँ बुद्धिलाई खप्परबाट झिकेर घाममा सुकाउँछु अनि, अरूको बुद्धिमा आनन्द लिन्छु जन्मिएदेखिका … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : उस्तै रहन्छ सबथोक

~ठाकुर बेलवासे~ सबै उस्तै रहन्छन् उस्तैउस्तै हिजोजस्तै रहन्छन् बाँच्नुसँग सम्बन्धित सारा वस्तु र मान्छेहरू मृत्युपछि पनि सबथोक उस्तै रहन्छन् मृत्यु नआउञ्जेलको ठूलो त्रास अनि ठूलो भ्रम सधैँको भूकम्प सम्झानासाथ सधैँको निराशा मृत्यु रगतसँग हरपल ओहोरदोहोर गरिरहेको हुँदोरहेछ

Posted in कविता | Tagged | Leave a comment

कविता : नीला पाइला टेक्ने राता मान्छेहरू

~ठाकुर बेलवासे~ म ढुङ्गाको छाती खोपेर सहिष्णुताको आवाज सुन्न आतुर मान्छेको मन्दिरस्थापना सोचिरहेको छु रगतले मुख धुन इच्छा राख्ने ईश्वरप्रति मेरो खेद छ ताराहरूका छाती कुल्चिएर आप्mनो अधिपत्यको उचाइगर्व खोज्ने ईश्वरमा जीवनका शुभकामनाहरू छरिन सक्दैनन्

Posted in कविता | Tagged | Leave a comment

कविता : अचानक यो साँझ

~ठाकुर बेलवासे~ अचानक यो साँझ बाँच्नुपर्ने दिनहरू, वर्षहरू अझै धेरै, धेरै छन् जस्तो लागेर आयो । अचानक यो झरी परेको साँझ विगतका दुःखहरू जो मरीमरी बाचेको स्वाँङ गरेका दिनहरू भुलेर आगामी दिनहरू वर्षहरू सबैसबै खुशी नै खुशीले भरिएका छन् जस्तो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : पहिरोको माखेसाङ्लो

~ठाकुर बेलवासे~ पहिरोको माखेसाङ्लो रहेछ मान्छे पहिरोको मध्यभागबाट यात्रा गरेर पहिरोमै अडेको बासमा पुग्नु छ । जीवनको यति लामो यात्रामा नभेटिने होइनन् सहयात्रीहरू सबैको मन कुनै दुर्गम पहाडी क्ष्ाेत्रमा खनिएको नयाँ मोटरबाटोजस्तो छ पाइलापाइला ठूलठूला इच्छाका पहिरोहरू गइरहने । जीवन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सहरमा नयाँ वर्ष

~ठाकुर बेलवासे~ डान्सबारमा नाङ्गै नाच्दै गरेको बैशालु जूनका पाउजुका धुनले रात भर धरती जागिरह्यो उज्यालो सहरको अध्यारो आकाशमुनीको यो बस्तीमा चुराको मादक संगीत कसले बजाई रह्यो

Posted in कविता | Tagged | Leave a comment

कविता : पीडाको अनुहार

~ठाकुर बेलबासे~ कसरी थामिएँ म बाढीमा बग्दा बग्दै बाढीमै रूपान्तरित हुनबाट पहिरोमा झर्दा झर्दै पहिरोको डरलाग्दो भीरमा परिणत हुनबाट कसरी जोगिएँ म

Posted in कविता | Tagged | Leave a comment