Tag Archives: सुधीर छेत्री – Sudhir Chhetri

कविता : बन्द मुठी, अक्षर र शब्दहरू

~सुधीर छेत्री~ अलि अलि हावाले हल्लाइरहने गुरॉंसका पातहरू एक -एक झरेर जानलागेपछि नबुझिने कविताका शल्यपरीक्षामा भेटिएका सम्वेदनाका टुक्राटाक्री छेस्का बटुली आफैलाई खोज हिँडें म। माइलौं कागजको यात्रा गरिसक्दा शरीरका व्यञ्जनाहरू स्वरसितका सम्भोगमा स्खलित भइसके। नाद सुक्ने भइसक्यो। गति, यति बरालिए। … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मध्यरात मेलोडी र पर्यावरण गीत

~सुधीर छेत्री~ ओजोनको हजार आँख्ले डोको बोकेर मेरी धरा-रानी कसिङ्गरबाट मिथेनको धुवॉं फ्यॉंक्छ। चोली च्यातिएको जवान त्यसको उरोजलाई गिजोलिबस्छ हजार अदृश्य हातहरू। पर्यावरणको रोगी अन्त्यानुप्रास एकलयमा खोकिबस्छ अनि स्लोगनहरूको अधिकतम सङ्ग्रहले मोटाएको छ म्यूचल फण्ड।

Posted in कविता | Tagged | Leave a comment

कविता : समलैङ्गिक डायरी

~सुधीर छेत्री~ पहिरोको ठिक्क डिलमा ठूलो ढुङ्गा अल्झिएजस्तै गरी भुत्लाले ढाकिएको छातीमा अप्ठेरोसित अड्किएको छ ब्रा। लिप्स्टिक चाटिरहेका उसका ओँठहरू लियोनार्डो डि-क्याप्रियोका किशोर गाला चाट्नचाहन्छ।

Posted in कविता | Tagged | Leave a comment

कविता : हेल्लो सिलिकन !

~सुधीर छेत्री~ सिलिकनका टापहरूले थर्किएर आप्रावासी औंलाहरू कॉंप्छन् तिहारका बाबरी फूलमाझ। गोजीमा सिलिकनका कानेखुशीहरू दिनभरि दही-चिउरा खान्छन् अनि कसारका डल्लाजस्ता बटनहरू रातो-पहेंलो बनी मलाई मित्रताको सिग्नल दिइरहन्छन्।

Posted in कविता | Tagged | Leave a comment

कविता : उ र प्रजातन्त्र

~सुधीर छेत्री~ सर्वविदितै छ, जनगणनामा छोडिएको उसको टाउको बुनियादी खॉंचोको रासिनकार्डमा सत्तालोलुपताको चेसगोटी भएको हो। रोजगार-योजनाको पुरानो कार्बनपेपरमा यथोचित चाप नभएर

Posted in कविता | Tagged | Leave a comment

कविता : कक्षा-2007

~सुधीर छेत्री~ लुगा सिलाउने मसिन जस्तो एउटा लुइरे शिक्षकले दशपल्ट उध्रिरहने लास्ट-बेञ्चरहरूको दिमागलाई खुटिरहन्छ। यो कक्षाको ज्यामिति-बाकसभित्र स-साना क म्पास र चॉंपहरू बेमेलको बक्ररेखालाई तन्काई-तन्काई तेर्सो पार्ने प्रयासमा छन्। मेरो श्रेणी कक्षा

Posted in कविता | Tagged | Leave a comment

कविता : कविताको कथा सीधाप्रसारण

~सुधीर छेत्री~ एउटा अर्द्धवयस्क सेतै फुलेको नेता विधानसभामा बोलिरहेथ्यो ह्न बोलिरहन्छ, मेरो राज्यमा एक हजार सत्तर हत्या भयो यसवर्ष दुइसयजति बलात्कारहरू जुन पोहोर-परारको आँकडाभन्दा धेरै कम छ। हत्याको सङ्ख्या घटिरहेछ। नेपथ्य : गोसखानमा खसीहरू कति काटिए यस वर्षको चॉंडमा,

Posted in कविता | Tagged | Leave a comment

कविता : गिद्ध 2001

~सुधीर छेत्री~ 1.घामको रातो पखेटा चुडिएर झर्नलाग्यो अब जटायुको झैं, डोकोभरि हरियो जङ्गल अनि खुट्टामा लाएको सरगमी पाउजु पोखिएको रगतमा पोतिनलागे, ठाउँ ठाउँ पोखरी जमेको छ अवस्थितिको धमिलो पानी। 2.ध्वॉंसे सूर्यग्रहण जस्तो आगतलाई ठेलेर

Posted in कविता | Tagged | Leave a comment

कविता : दावानल

~सुधीर छेत्री~ दन्दनी दावानलमा जलिरहेछ माटो। सॉंपले दंश बिछ्याएर नीलो हावामा खैरे मरूभूमि अनुवाद गर्नचाहन्छ अनि बस्तीबाट निस्केका पराक्रमी रॉंकोहरू उज्यालोको वान्ता गर्दै धृतराष्ट्रलाई छायॉंको उपहार पस्किरहेछ।

Posted in कविता | Tagged | Leave a comment

कविता : पुरूष

~सुधीर छेत्री~ बीन बजाएर सपेराले एकजोड़ी सॉंपलाई बजार बीचमा भीड तान्नलाई नचाइरहेछ। त्यसलाई कत्रो पुरूष लागेको छ आफैलाई। सॉंप जति नाचेजस्तो गर्छ सपेराको स्वाभिमान आनन्दविभोर बन्छ भोक बिर्सेर तिर्खा बिर्सेर उ मातिदिन्छ,

Posted in कविता | Tagged | Leave a comment

कविता : युद्ध-बिम्ब

~सुधीर छेत्री~ 1.भागका सिताहरू टिो निहुँमा कागले बिहानलाई दोहोर्यााएर मेरो बलेंसीमा ल्याउँछ सधैं। 2.यो साताभित्र मेरो आँगनछेउ रूखको कठीन प्रसवपीडापछि ससाना कलिला बालिका बनेर हॉंगाका चेप अनि पाखुराहरू चिरी

Posted in कविता | Tagged | Leave a comment

कविता : रक्तपिपासु क्यामेराहरू

~सुधीर छेत्री~ नखिँच्नू अबदेखि मेरा अर्द्धमुदित नयनहरू रगतका भोका क्यामेराहरूले। नटिप्नु डुब्नलागेको घाम रक्तपिपासु क्यामेराले। सत्याग्रह खाएर डम्म अघाएका अन्शनकारी सन्तोषहरू र हावामा पौडी खेलिरहेका स्वाभिमानी झण्डाका नक्शा उतार्नलाई

Posted in कविता | Tagged | Leave a comment

कविता : वेद र क्रिकेट

~सुधीर छेत्री~ ससाना वैदिक टाउकाहरू बालुवाको बगरमा क्रिकेट खेलिरहेछन्। लामा उद्देश्यपरक दाह्रीले गेरूवा-वस्त्रमाथि अल्झेको टाउकोबाट योगको निमन्त्रणा दिइरहेछ। पर पोखरीमा छायॉं ढलपल गर्नु नै कत्रो अध्यात्म छ। ताछेका टाउकाहरू अहिले विकेटहरूबीच कुद्दैछन्।

Posted in कविता | Tagged | Leave a comment

कविता : हराएको पासवर्ड

~सुधीर छेत्री~ कङ्क्रिटका करङ्हरू उचालेर एउटा अस्थिपञ्जरले तर्साउनखोज्छ दिउँसै। भ्रमको गृहयुद्धमा रथको पाङ्ग्रा फुस्किएर कर्ण फूटपाथमा घस्रिरहेछ। टेलिफोनको नम्बर गनाउँछ डायरीको चेपबाट अङ्कहरू कुहेर, धुँवाको आकार भएको मान्छे चुरोटबाट निस्केर भाग्छ हावामा। पातुलो रङ्गी-विरङ्गी रिबनले

Posted in कविता | Tagged | Leave a comment

कविता : आतङ्क

~सुधीर छेत्री~ हाम्रो नजीकमा फुलिरहेका लटरम्मे उज्यालोका फूलहरू एक-एक गर्दै अज्ञात प्रमेथियसले चोरिलगे, अब अँध्यारोको बघैँचामा छौं हामी। ईश्वरको शस्त्र थुतेर अब ईश्वरै ईश्वर छ गाउँभरि।

Posted in कविता | Tagged | Leave a comment

कविता : सहरभित्र के-को हल्ला

~सुधीर छेत्री~ 1.लिप्स्टिकका एफ्रोदिते सुगन्धहरू मांसल शब्दहरू खोजेर अभिव्यक्त हुनलाई उन्मादका चिल्ला तिघ्रा बजाएर सिग्मण्ड फ्रायडका गाउँ खोज्दैछन्। छातीबाट उम्केर सहरका आँखामा चुप्लुङ्ग डुब्नपुग्छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : शक्तिप्रदर्शन

~सुधीर छेत्री~ लेम्पपोस्टको नाकभरि मुस्लो धुँवा फ्यॉंक्दै, तीतेपातीको शरीरमा चोटको ट्याट्टु नै ट्याट्टु खोपेर, नयॉं लुगामा उभेकी दुबोलाई मिचेर , थिचेर शक्तिप्रदर्शनको आत्मपरकता बोकी घरमुनिबाट जॉंदैछन् झण्डाहरू। हातमा भिटामिन बोकेर उभेकी रायोसाग, पधिना।

Posted in कविता | Tagged | Leave a comment

कविता : नयाँ वर्ष

~सुधीर छेत्री~ यदि तिम्रा तिलस्मी कोखिलाहरूमा विकासका प्वाँखहरू उम्रेका भए धुलो हटाउँदै, तुवाँलो चिर्दै, खेतहरू उफ्रँदै माटोले लिपेको गाउँमा नाङ्गै उफ्रिरहेको भोको बालकलाई छाम्न जानू। उसका सुकेका आन्द्राभित्र शीत भएर पस्नू।

Posted in कविता | Tagged | Leave a comment

कविता : सडक सडक सहर सहर

~सुधीर छेत्री~ मैला भरिया झुल्दैछ चियादोकानको बन्द झरापअघि। चिसो मृत्युको खोला स्वाट्ट पसेको छ सहरबाट त्यसको शरीरभित्र। धमिला गल्लीहरू छातीमा चकमन्नता चेपेर पिसाबको गन्ध सुँघ्दै दयनीय आँखाले डङ्गुर कुचैला हेरिरहेछ।

Posted in कविता | Tagged | Leave a comment

कविता : तातो हावा

~सुधीर छेत्री~ एउटा तातो हावाले शरीर फड़्कार्‍यो, प्वॉंखमा टॉंसिएका पानीथोपाहरू झड़्कार्‍यो अनि कम्मर कसेर उठ्यो आवाजहरूको थैला कॉंधमाथि भिरेर। तातो हावा अब

Posted in कविता | Tagged | Leave a comment

कविता : दावानल

~सुधीर छेत्री~ दन्दनी दावानलमा जलिरहेछ माटो। सॉंपले दंश बिछ्याएर नीलो हावामा खैरे मरूभूमि अनुवाद गर्नचाहन्छ अनि बस्तीबाट निस्केका पराक्रमी रॉंकोहरू

Posted in कविता | Tagged | Leave a comment

कविता : हुलिगन्स

~सुधीर छेत्री~ खबरमा छ : नव-फासीवादका गीत सुनिरहेछन् सेता ब्वाँसाहरुले। काला स्यालहरु दगुर्छन् विस्फोटका चोइटाले बिझाएर।

Posted in कविता | Tagged | Leave a comment

कविता : माइलालाई रमिता छ

~सुधीर छेत्री~ अहिलेदेखि झण्डा बोकेको होइन माइलाले। माइलालाई रमिता छ। माइलाले नै बोक्नुपर्छ जातीय अस्मिताको भारी अनि भारीमाथि सुपारी। माइलाले बाँधिबस्नु छ सधैँ राष्ट्रिय अपरिचयको हेम्मरी,

Posted in कविता | Tagged | Leave a comment

कविता : हिप्पोक्रिट संवेदनशीलता

~सुधीर छेत्री~ “साहित्य, कविता, सत्यं, शिवं, सुन्दरम् -यी के हुन् ? सब अक्षरका खेलमात्र हुन्, अक्षरको एक विशेष मर्यादाक्रम हुन्। आजको भोलि नै यिनलाई बदलिन सकिन्छ, यिनलाई म अहिले नै बदलिनसक्दछु।” -शङ्कर लामिछाने एब्स्ट्र्याक्ट चिन्तन प्याज कार्निभल चल्दैछ। कार्निभल। समुद्री … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बुढी औँला

~सुधीर छेत्री~ सबैभन्दा पहिले तिमीले मेरो तोते भाषा खोस्यौ। त्यसपछि खोस्यौ उघ्रेको भाग्य, मेरो ढुङ्गाको देवता, हिट्टीको पानीधारा, चिन्डेको मुन्टा, सिमरायोको पुरानो गन्ध, मेरी बज्यैको कुर्कुच्चा र कुङ्फुसु,

Posted in कविता | Tagged | Leave a comment

कविता : नयाँ बिहानको कोलाज

~सुधीर छेत्री~ पूर्वेली आकाशको कुनाबाट घामले रातो रुमाल हल्लाएर एकदिवसीय म्यारेथनको घोषणा गऱ्यो। फुच्चे दुबोहरू शितमा खुट्टा चोप्दै उफ्रिए। हावाले घाँटी फुलाएर सुसेली बजायो।

Posted in कविता | Tagged | Leave a comment