Tag Archives: Shree Om Shrestha ‘Rodan’

कथा : सेतो चिठी

~श्रीओम श्रेष्ठ ‘रोदन’~ लेखुँ कि नलेखुँ, जाबो सपनाको कुरा ! यसलाई न कसैले आधिकारिक मान्यता दिन्छ, न कतै प्रमाणित नै गर्न सकिन्छ । एक्काइसौँ शताब्दीमा सपनाको कुरा गर्नु पनि एक प्रकारको हास्यास्पद हो । रमाइलो पनि त हो नि । देख्न त देखेकै हो । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

समीक्षा : शान्तिको लागि साहित्यलाई प्रोत्साहित गर्नुपर्छ

~श्रीओम रोदन~ जङ्गबहादुरका कान्छा भाइ धीरशमशेरका १७ मध्ये १५ औँ छोरा शेरशमशेरका नाति हुन् डायमनशमशेर । बाबु बुद्धशमशेर र आमा मोहनकुमारीका पाँचमध्ये कान्छो सन्तानका रूपमा पाल्पाको ठुटेपीपलमा वि.सं. १९७५ असारमा जन्मेका डायमनशमशेर राणाको परिचय नेपाली साहित्यमा ऐतिहासिक उपन्यासकारको रूपमा विशिष्ट … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : परिष्कृत र यथार्थपरक ‘भ्रममार्ग’

~डा.लक्ष्मणप्रसाद गौतम~ लघुकथा आख्यानको एउटा प्रभेद हो, र कथाको उपभेद पनि हो । यो स्वयम्मा पूर्ण, खँडिलो, सूत्रात्मक, प्रभावकारी, चोटिलो, सटीक र प्रभावोत्पादक हुन्छ । घटना र अनुभूतिको एउटा झोँक्का उत्पन्न गराउनु र पाठकमा त्यसको तीव्र तथा तीक्ष्ण प्रभाव छाड्नु … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

निबन्ध : परदेशमा

~श्रीओम श्रेष्ठ रोदन~ भीडमा एक्लो हुँदा कस्तो हुन्छ ? अनुभव नगर्ने धेरै कम होलान् । एक्लो भएर एक्लो हुँदाको अनुभव पनि नहुने कुरो भएन ।यी दुईमध्ये कुनले बढी सताउँदो होला ? भीडमा एक्लो हुनुलाई अरूसँग मिल्न नसक्ने भनेर बुझ्नुपर्ला कि … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

पुस्तक समीक्षा : रोदनका एकासी प्रसङ्ग

~तुलसीहरि कोइराला~ नेपालमा अन्तर्वार्ता साहित्यलाई स्थापित गर्ने काम रुपरेखा का सम्पादक उत्तम कुँवरले गरेका हुन्, जसको स्रष्टा र साहित्य (२०२३) यस विधाको पहिलो कोशेढुङ्गा थियो । कुँवरले कोरेको बाटोमा ढुङ्गा थप्दै जाने र यसलाई फराकिलो पार्ने काम मधुपर्क मासिकका सम्पादक … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

लघुकथा : सेवा

~श्रीओम श्रेष्ठ ‘रोदन’~ रामभक्त बाजे प्रत्येक दिन मन्दिरमा गएर पूजा गर्दथे । गाईहरुलाई खाना खुवाएपछि मात्र आफूले भोजन गर्दथे । परसेवालाई आफ्नो धर्म ठान्ने रामभक्त बाजे मनको मात्र हैन धनको पनि सम्पन्न थिए । गाँउमा जसको घरमा जे समस्या परे … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : सुरक्षा

~श्रीओम श्रेष्ठ रोदन~ “होइन हामी चिडियाखानाका जनावर हांैं कि जङ्गली जनावर ? ”भालुको सानो बच्चाले आफ्नो आमासंग सोध्यो । “ हामी जङ्गलकै जनावर हौं त्यसैले त हामीलाई जङ्गली जनावर भन्छन् मान्छेहरु ।” भालुको बाउले जवाफ दियो ।

Posted in लघुकथा | Tagged | Leave a comment

संस्मरण : जङ्गलयात्राको संस्कृति र एक्लोपन

~श्रीओम श्रेष्ठ ‘रोदन’~ २०५४ सालको नयाँ वर्षे तीन रात काटेपछिको बिहान हो आज । सिक्किमको रिगु बस्तीस्थित के.बी.राईको घरमा हिजो आइपुगेका थियौँ जय छाङ्छा र म । म साथी र जयजी ज्वाइँ यस घरको । बिहान ब्यूँझनासाथ जयजीलाई हेर्छु, उहाँ … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

लघुकथा : गोटी

~श्री ओम श्रेष्ठ ‘रोदन’~ देशमा अनुमानभन्दा धेरै अनुपातमा जनसङ्ख्या बढेको तथ्याङ्क राष्ट्रिय योजना आयोगले निकालेपछि सरकारले जनता नियोजन गर्ने नीति पारित गर्‍यो । जसमध्ये आत्मनिर्भर भएपछि मात्र विवाह गर्ने अर्थात् ढिलो विवाह गर्ने र एक दम्पतीले एक सन्तति मात्र जन्माउन … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : संवेदना

~श्रीओम श्रेष्ठ ‘रोदन ‘~ वेवारिस अवस्थामा फेला परेको मृत युवकको लास अस्पतालमा पुयाइयो । केही दिनसम्म पनि लासको सनाखत गर्न कोही पनि आएनन् । त्यसपछि प्रहरीले युवकको लासको हुलियासहित प्रचारप्रसार भयो । समाचार पढ्ने र सुन्नेहरुको अस्पतालमा भीड लाग्न थाल्यो … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : सभ्यता

~श्रीओम रोदन~ “घर-आँगन सफा छैन, सडक, खेत त मलमुत्र त्याग गर्ने ठाउँ नै भइहाल्यो । जनस्वास्थ्यप्रति अलिकति पनि ध्यान दिन नसकेका गवाँरहरू “सहरमा नआइकन कसैले सभ्यता पनि नसिक्ने भए” तराईको एउटा गाउँबाट फर्किएपछि एनजीओ मास्टरले साथीहरूसँग कुरा गरे तर रिपोर्टमा … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment