Tag Archives: Santosh Lamichhane

पुस्तक समीक्षा : अल्टिमेट आकाश : उडी छुनु चन्द्र एक

~गोबिन्दसिंह रावत~ साहित्य के हो र केका लागि लेखिन्छ ? यसको उत्तर आफैमा निर्भर पर्नेकुरा हो। म भन्छु मनका परिकल्पनाहरूलाई वस्तु तथ्यमा उतारर हर्न माध्यम साहित्य हो । आफ्नो सखानभतिलाई शब्दमा रूपान्तरित गरेर हेर्न शाब्दिक घोषणा पत्रसाहित्य हो। अझ भनौं, … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

गजल : जल्नु पर्ने रहेछ

~सन्तोष लामिछाने~ उज्यालो दिन सक्न त जल्नु पर्ने रहेछ आफू खरानी भएर बल्नु पर्ने रहेछ मै हुँ भनेर घमण्ड गर्न त जो पनि सक्छ निहुरन सक्नलाई फल्नु पर्ने रहेछ

Posted in गजल | Tagged | Leave a comment

गजल : अब मोड्न सक्दिन

~सन्तोष लामिछाने~ आँखा तिमीमा परिहाल्यो अब मोड्न सक्दिन तिमी बाहेक अरुसँग माया जोड्न सक्दिन मस्तिष्कभरी तिम्रै दृश्य घुमिरहन्छ आजकल आफ्नो टाउको आफैले ठोकेर फोड्न सक्दिन

Posted in गजल | Tagged | Leave a comment

कविता : केही किनारा लाग्नेछन्

~सन्तोष लामिछाने~ बेगसँग हुत्तिने शोषणको छाल बनेर मानिसका मिहेनत बगाएर सोहोरौं भन्नेहरू पसिनाले सिंचेर भर्खरी टुसा उम्रेका इमानलाई जबर्जस्ति घुसपैठको आहालमा डुबाउँ भन्नेहरू तेस्तो गर्न केहीको मन नमान्न सक्छ तेसैले ती किनारा लाग्नेछन् भोक, अभाव, अनि गरिबीका भावना छुँदै मान्छेको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : फूलहरू

~सन्तोष लामिछाने~ हरेक फूल आफ्नै तरिकाले फक्रिन खोज्छन् तिनको के भूल छ ? भूलनै भएपनि प्रकृतीको खेलसँगै भूल सप्रने छन् फूलहरूलाई

Posted in कविता | Tagged | Leave a comment

कविता : भोजहरूमा अचेल

~सन्तोष लामिछाने~ भोजहरूमा अचेल देखिन्छ असुरक्षाका भ्रमले आशंकित मानवीय तरलता त्यहाँ, हाउभाउमा, कमै भेटिन्छन् सुखद, सम्मोहक, सर्वश्रेष्ठ सरलता त्यहाँ भेटिन्छन् सपनामा मातृभूमि देखेर गद्गद् बृद्धहरू पवित्र हाँसोका उपहार पस्कदै

Posted in कविता | Tagged | Leave a comment

गजल : जिन्दगी

~सन्तोष लामिछाने~ कैदीले भन्यो कहिल्यै नखुल्ने ताला हो जिन्दगी घाइतेले भन्यो ढाडमा रोप्या भाला हो जिन्दगी बुर्लुक्क उफ्रदै वयस्कले भन्यो भर्भराऊँदी युवतीको रातो गाला हो जिन्दगी

Posted in गजल | Tagged | Leave a comment

गजल : प्वाल खोपिदिए

~सन्तोष लामिछाने~ माया गर्छु भन्नेले मुटुमा प्वाल खोपिदिए हितौषी मानेकाले ढाडमा छुरा रोपिदिए यस्तो गर्छु उस्तो गर्छु भन्नेहरू धेरै थिए हात बाँधी सुती सुती गफमात्र ठोकिदिए

Posted in गजल | Tagged | Leave a comment

गजल : हात समायौ तिमीले

~सन्तोष लामिछाने~ आधा जिएपछि मेरो हात समायौ तिमीले अटुट माया पाएर आँसु थमायौ तिमीले शरीरको सुन्दरतामै शान मान्दै उहिले उपेक्षाका अगुल्टाहरूले डमायौ तिमीले

Posted in गजल | Tagged | Leave a comment

गजल : पिउने गर्छु

~सन्तोष लामिछाने~ हो, म हर रात टिल्ल हुनेगरी पिउने गर्छु बाँकि रहेको जिन्दगी छिटो छिटो जिउने गर्छु आँसु नझारी भक्कानिएर धुरु धुरु रुने गर्छु दु:ख र पीडालाई रक्सीलेनै धुने गर्छु

Posted in गजल | Tagged | Leave a comment

कविता : अर्थ

~सन्तोष लामिछाने~ सुनका कोपरा हुनेहरू भोक ओढेर निराहार लमतन्न पल्टेका केटाकेटीका आँखामा आँखा मिलाई सम्पन्नताको अर्थ बुझाउन सक्छौ? ईश्वरमा विश्वास गर्छु भन्नेहरू आँखाको बदला आँखा फुटाउदा गोलीको बदला बम पड्काउदा

Posted in कविता | Tagged | Leave a comment

गजल : खुकुरी पो भएछ

~सन्तोष लामिछाने~ माया त खिया लागेको खुकुरी पो भएछ मुटु भने झुण्ड्याएको सुकुटी पो भएछ नसोध अचानोसँगको भेट कस्तो हुन्छ रहरहरू सिर्फ दापमा कैद पो भएछ

Posted in गजल | Tagged | Leave a comment

कविता : अक्सिजन

~सन्तोष लामिछाने~ म सर्वत्र निःशुल्क, जीवनदायी मलाई देख्दैनौ तिम्रै वरिपरि तिमी कुल्चिन्थ्यौ होला म कुल्चिइने चिज हैन ।

Posted in कविता | Tagged | Leave a comment