Tag Archives: Rumani Rai

कविता : घरकाे कथा

~रुमानी राई~ अाखिर….. घर जस्ताे नभएपछि घर घर जस्ताे नहुँदोरहेछ घर र,घर जस्ताे घर हुनलाई घर जस्ताे घर हुनै पर्दाेरहेछ । अाकार मात्र हाेइन रहेछ अस्तित्व घरकाे ेरुपरङ्ग मात्र पनि हाेइनरहेछ घरकाे पहिचान

Posted in कविता | Tagged | Leave a comment

गजल : गलाउनु पर्छ है ठूले

~रुमानी राई~ पसिनाले धरती गलाउनु पर्छ है ठूले मानो रोपेर मुरी फलाउनु पर्छ है ठूले । बलवैंश भईञ्जेल आफ्नै देशको माटोमा परिश्रमी पाखुरी चलाउनु पर्छ है ठूले ।

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : चिरा

~रुमानी राई~ धने र मने बिचको मित्रता बाल्यकालदेखी नै सुरु भएको हो । धने धनी बाउको छोरा-उसको लवाइख्वाई र फाँइफुट्टी अलिक माथ्लै स्तरको हुने नै भयो । मने गरिब किसानको छोरा-अर्थात ऊ मनको धनी तर धनको गरिब । अझ,धने सहरिया । … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : अपहृत बिपना र जमदारनी बाेजू

~रुमानी राई~ जब जसबहादुरले पल्टनमा गाेराकाे हातबाट जम्दार पदकाे फुली र फित्ता पायाे सिन्दुर र टीका लायाे तब जसमाया पनि जम्दारनी भई । दुश्मनसित लड्दालड्दै युध्द मैदानमा जब दुश्मनकाे एम्बुसले जम्दारलाई टुक्राटुक्रा पार्याे तब िवधवा जम्दारनी बाेजूकाे जीवन अाेह्रालाे लाग्दै गयाे … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : भ्रम

~रुमानी राई~ तपाईले देखिरहनु भएको छ एउटा दृष्य जो तीन उपदृष्यहरुको यौगिक दृष्य । उपदृष्य-१ विषालु सर्प

Posted in कविता | Tagged | Leave a comment

कविता : बिदाई

~रुमानी राई~ हाे, अब हाम्राे भेट कहिल्यै हुने छैन र,भेट हुनुको कुनै अर्थ पनि हुने छैन । प्रत्येक भेटमा, तिम्रा गुलावी अाेंठहरु मुस्कुराउने छैनन् मभित्र कुनै तरङ्ग पैदा हुने छैन । छुट्ने बेलामा,

Posted in कविता | Tagged | Leave a comment

कविता : सडकमा कविता

~रुमानी राई~ फूल नटिप्नु पटक्कै नटिप्नु फूल भर्खरै, जून अाेर्लेर फूलहरुमाथि फूलहरु कवितामा अनुवाद भएका छन् र,फूलको रङ्ग िटपेर कवि समय-क्यानभासमा कविताकाे पृष्ठभूमिभरी जीवन-रङ्ग पाेतिरहेछ…….

Posted in कविता | Tagged | Leave a comment

रुमानी राईका केही हाइकुहरु

~रुमानी राई~ १) फुल्दछ बुकि ढकमक जिन्दगी ढुङ्गा चिरेर । २) लामो छ बाटो उकाली र ओर्हाली यात्रा जारी छ । ३) बिझेको काँडा घरिघरी बल्झन्छ तिम्रो सम्झना ।

Posted in हाइकु | Tagged | Leave a comment

गीत : पागल नठान मलाई

~रुमानी राई~ भावनामा बिगरहेछु म बादल नठान मलाई तिम्रै नाम जपिरहेछु म पागल नठान मलाई । अँध्याराेलाई कुल्चिएर जुनेलीमा जून झुलेकाे छ मनकाे उजाड वगैंचामा सुन्दर फूल फुलेकाे छ त्यही जून हेर्दै टाेलाउँदै त्यै फूल चुम्दै रमाउँदै

Posted in नेपाली गीत | Tagged | Leave a comment

स्वदेश गान : शिर मेरो सगरमाथा, तराई जिन्दगानी

~रुमानी राई~ शिर मेरो सगरमाथा, तराई जिन्दगानी पाउभरी लेक वेशी, म त साह्रै भाग्यमानी । अाफ्नै पाखा पखेरा खोस्रेर, पेट भर्न सक्छु निलो निलो अाकास अोढेर, भोकै मर्न सक्छु बाँचेकै छु दु:खसुख, अाफ्नै न्यानो घामपानी

Posted in नेपाली गीत | Tagged , | Leave a comment

कविता : स्वीकारोक्ती

~रुमानी राई~ रातभरीको अनिदो अंगालोमा च्यापेर संगै सुतेको समय कतिखेर हो उठेर कुलेलम ठोकीसकेछ ब्युँझ्दा त म मात्रै पो ओछ्यानमा । आँखामाथी एकसुर

Posted in कविता | Tagged | Leave a comment

कविता : पुनश्च

~रुमानी राई~ हामी बाँचिञ्जेल वास्तै गर्दैनाैं अाफू बाँच्ने ध्याउन्न मै अल्मलिईरहन्छाैं यतिसम्म कि, हामीसंग अलिकति पनि फुर्सत हुँदैन अरुकाे बारे साेच्ने र,केही गर्नेर बरु, हामीमा काे भन्दा काे कम काे घमण्ड हुन्छ तँ वा ऊ भन्दा म के कम काे अाडम्बर … Continue reading

Posted in कविता, लघुकथा | Tagged | Leave a comment

लघुकथा : परिणाम

~रुमानी राई~ अरु केटाहरु भन्दा खाइलाग्दो,भाषा बुझ्ने,बोल्न पनि सक्ने,अलिक चलाख र चारैतिर राम्रो लिंक भएकोले केही फाइदाको माध्यम बन्न सक्ने विस्वासमा कम्पनीले रामबहादुरलाई पाँचजनाको समुह लिडर बनाई दियो ! उसै त केटाहरुसंग त्यति नबोल्ने,मै हु भन्ने खालको मान्छे-झन लिडर भएपछी त … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : छोराप्रति

~रुमानी राई~ हो छोरा….. तिमिले पनि जीवन पढ्नु पर्छ र,यो जिवनलाई बुझ्नु पर्छ किनकी, म पनि त निरन्तर यहि जीवन पढिरहेछु र,बुझ्ने प्रयास गरिरहेछु । हिजो, तिमी र म जस्तै

Posted in कविता | Tagged | Leave a comment

कविता : नयाँ समीकरण:युगको उदघोष

~रुमानी राई~ नयाँ पुस्ताहरु आफ्ना सन्तानहरुलाई केवल दन्त्यकथा हाल्नेछन् निरंकुश राजतन्त्रको कुरुप श्रीपेचको क्रुर राजाको अनि थुक्ने छन्-यो कालो इतिहासलाई । यो पुण्यभूमीमा

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रतिउत्तरमा

~रुमानी राई~ मेरो, जीवनको घुर्यानभरि तिम्रा प्रश्नहरुको चांग लागेका छन् म हैरान छु तिम्रा प्रश्नहरुको प्रतिउत्तरमा…… घाम चरक्क चर्केको छ तिम्रो कठोर हृदय जस्तै र,पसिनाले खलखली छु म जीवनका गर्तहरुमा !

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : ईको

~रुमानी राई~ अझै पनि ऊ निर्धक्क भन्ने गर्छ कि,”मेरो साहित्य लेखन नि:शूल्क समाज सेवा हो ।” हुन पनि हो,आजसम्म उसले जे जति लेखिरहेको छ-मात्र लेखिरहेको छ निर्वाध । दुईचार साहित्यिक संघसंस्थामा आवध्द छ । अर्थात दाम नभए पनि नाम छ । … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

छोक : घामजूनको प्रेम

~रुमानी राई~ वैंशले, धपक्क बलेकी जून रातभरी आकासमा चुपचाप रोइरहन्छे घामको यादमा र, रातको अन्तिम प्रहर घामले धर्ती चुम्नु अगावै

Posted in कविता | Tagged | Leave a comment

कविता : बुढो क्यालेन्डर

~रुमानी राई~ ए क्यालेन्डर हेर्दाहेर्दै तिमी त बुढो भैसकेछौ तिम्रो ठाउँमा नयाँ क्यालेन्डर झुन्ड्याएँ है भित्तामा, भित्ता सम्झेर मन नदुखाउनु नरुनु विस्थापित भएँ भनेर

Posted in कविता | Tagged | Leave a comment

कविता : कालो घोषणा बिरुद्द

~रुमानी राई~ जब, मेरो निस्वार्थ प्रेममाथि गिद्दे नजर गाड्यौ र,मेरो स्वाभिमानमाथी नै धावा बोल्यौ तिमीले तब न म वुलन्द प्रतिकारमा उत्रीएँ । अझ,

Posted in कविता | Tagged | Leave a comment

कविता : चराहरुको रुख

~रुमानी राई~ मलाई असाध्यै मन पर्छन् चराहरु र,मन पर्छन् चराका आवाजहरु चराहरु, जो मान्छे जस्तो रुखो हुँदैनन् चराका आवाजहरु, जो मान्छेको जस्तो कर्कश हुँदैनन् ! मलाई लोभ लाग्छ,

Posted in कविता | Tagged | Leave a comment

कविता : स्प्रीङ

~रुमानी राई~ स्प्रीङ्लाई, तिमी जती सक्छौ दबाउ दबिएसम्म दबाउ तिम्रो सक्तिले भ्याएसम्म दबाउ तर,एउटा कुरा याद राख, तिम्रो एकात्मक सत्ता तिम्रो शक्तिको पराकाष्ठा

Posted in कविता | Tagged | Leave a comment

कविता : काठमान्डौको आँखामा

~रुमानी राई~ तिमी त नाथे कबि न हौ ! एउटा झर्झराउँदो घाम काठमान्डौको आकासमा मलिन उदाउँछ र,बेखबर अस्ताउँछ ! सुदूर पूर्व

Posted in कविता | Tagged | Leave a comment

केस्रा : खबरदार

~रुमानी राई~ आउंदैछन् फेरि माग्दै भोट चिटिक्कैको पहिरिएर कोट रातारात गाउँ वस्ती छिरेर खबरदार बाँटलान् नोट

Posted in केस्रा | Tagged | Leave a comment

कविता : रङ्ग्शाला:भकुन्डो र खेलाडीहरु

~रुमानी राई~ देशको, गणतान्त्रीक रङ्गशालाभरि खेलाडीहरु खेल मैदानमा जमेका छन् एतिहासिक विजयको सपना बोकेर! तन्,मन र बुद्दिले आज निकै आक्रामक देखिन्छन् पक्ष विपक्षमा गोलपोष्ट ताकेर

Posted in कविता | Tagged | Leave a comment

केस्रा : नेता

~रुमानी राई~ लौ सुन नेताको कुरा भित्रभित्रै चाल्छ छुरा मिठामिठा आस्वासन अनि भाषणमा सुरा

Posted in केस्रा | Tagged | Leave a comment

केस्रा : अहं

~रुमानी राई~ मान्छे ठूलो हुँदैन पदले र,हुंदैन उसको कदले स्वांग नपार मै हुँ ठानेर पदको सान अनि मदले

Posted in केस्रा | Tagged | Leave a comment

कविता : देश च्यातीन के बेर

~रुमानी राई~ हाम्रै अनुमतिमा हाम्रै भर्‍याङ् टेकेर हाम्रै सपना बोकेर एकहुल बुख्याँचाहरु भ्र्खरै, उकालो चढे र,अहिले उनिहरु आधार शिविरमा छन् र,विस्मृत झैं आक्रोसित छन् एकार्कामा

Posted in कविता | Tagged | Leave a comment

केस्रा : सुझाव

~रुमानी राई~ बन्द गर यो घर झगडा दाजुभाइबीचको लफडा घर भन्नु हाम्रो इज्जत हो नबनाऊ घृणाको अखडा

Posted in केस्रा | Tagged | Leave a comment

केस्रा : होली

~रुमानी राई~ आयो रंगहरुको चाड होली रंगाऔं तनमन रंग घोली नाचौं गाऔं रमाऔं लौ झुमेर जीवन हाम्रो आज हो कि भोलि

Posted in केस्रा | Tagged | Leave a comment

कविता : सपनाको शहरतिर

~रुमानी राई~ हिजोअस्ती हो, थाप्लोभरी साहुको ऋण् ढाड कुप्रीनेगरी भारी लादेर गैरीखेतसंगै यो जिन्दगी बन्धकी राखेर सपनाको शहरतिर घर छोडेर हिडेको म उफ्-दुईवर्ष ठाडो उकालो हिंडिसकेछ यो समय! साहुको मुखमा बुझो हाल्न भ्याए पनि जोरीपारीहरुको आँखामा छारो हाल्न सके पनि गैरीखेत … Continue reading

Posted in कविता | Tagged | Leave a comment

केस्रा : क्रान्ति

~रुमानी राई~ क्रान्तिकारी गीत अब गाइदैन मर्ने वा मार्ने कसम खाइदैन आफ्नै दाजुभाइको हत्या गरेर रातो रगतको टिका लाईदैन

Posted in केस्रा | Tagged | Leave a comment