Tag Archives: Rita Khatri

कविता : सम्बोधन तिमीलाई

~रीता खत्री~ तिम्रो आँखामा आँसुको अथाह समुद्र बगेको हेरिरहें जब पोलेर आए आफ्नै मुटुलाई पीरको झरिलो अगेनामा शुष्क ओठहरू अझ शुष्क बने निस्तेज बने आवाजहरू तिमी बग्नु थियौ एउटा समय नदी बग्यौ, म अभागी बगर उभिरहें मौन….. जीवनको थकित किनारामा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सहर र प्रतिबन्धित प्रेम

~रीता खत्री~ यो मृत सहरमा प्रतिबन्धित छन् प्रेम कविता । प्रिय कवि ! मैले जूनलाई लेखे पनि तिमीलाई लेखेको हुन्छ । घामलाई लेखे पनि तिमीलाई लेखेको हुन्छ । तिमी मेरो कविताको प्रतीक तिमी मेरो जीवनविम्ब

Posted in कविता | Tagged | Leave a comment

कथा : वनवास पसेकी सीता

~रीता खत्री~ म सीता वनवास पसेको पनि तीन-चार महिना भएछ । जसोतसो दिनहरू बितिरहेछन् । रातहरू बितिरहेछन् । कल्पिन्छु अहिले, म तिम्रो नजरबाट टाढा छु, धेरै टाढा । तिमीले कल्पिनै गर्न नसक्ने अनकन्टार ठाउँमा छु । अग्निपरीक्षामा छु र रामका लागि वनवासमा छु । यहाँ जन्म … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : शान्त शान्ता

~रीता खत्री~ शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्ता पनि छोराछोरी भएनन् । बरू उनलाई एकाएक ब्लडक्यान्सर भयो । समयले आफूमाथि जति नै ठूलो घात गरे पनि विवेककी खानी शान्ता हाँसेर जीवन बिताउँन चाहान्थिन् । व्यथाले खपिनसक्नु गरेर च्यापेपछि मात्र उनको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : आफ्नो माटो बिरानो

~रीता खत्री~ कहाँ हुन्छ आफ्नो माटो बिरानो आफू हिंडेको त्यो बाटो बिरानो । जति बिर्सूं भन्छु उति याद आउँछ सुदूर सम्झनाको छ पाटो बिरानो ।

Posted in गजल | Tagged | Leave a comment

कविता : सर्टिफिकेट

~रीता खत्री~ मैले मेरो जिन्दगीको चौबिस वसन्त काटे पछि यो राज्यले एउटा सर्टिफकेट दियो डिग्री होडरको ! मैले त्यसलाई लेमिनेशन गरे र सुरक्षित राखे सोकेशभित्र ! घाम, पानी, हावा,हुरी र आफ्नै सन्तानको बद्मासीबाट जोगाउन कसैलाई छुन समेत नदिई राखेको त्यो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मन

~रीता खत्री~ जीवनको सुकिलो ऐना अगाडि उभ्याएर मैले मनलाई कैयौपटक दोषी सावित गर्न खोजेँ इच्छाको युद्ध रोक्न खोजेँ आवेगको आँधी रोक्न खोजेँ तर मन, मेरो देशको

Posted in कविता | Tagged | Leave a comment

कविता : उज्यालो

~रीता खत्री~ शिशिरको कारागारमा बन्दी छ वसन्त अवरुद्ध छन् विश्वासका नदीहरू । जीवनको समरमा स्वाभिमानको युद्ध लडेर अँध्यारो रातको कालो सीमा भत्काउँदै

Posted in कविता | Tagged | Leave a comment

कविता : म देश चपाइरहेको छु

~रीता खत्री~ ए मान्छेहरू सुन- मलाई दुःखको खडेरी परेको छ सुखभोगले म मात्तिएको छु अघाउञ्जेल घाँस खाएर उघ्राइरहेको गाईझैँ म शून्यशून्य बाँचिरहेको छु । आफू बाँच्नुबाहेक मसँग अरू कुनै चाहना छैन दायाँबायाँ, अगाडि-पछाडि हेर्ने कुनै फुर्सद छैन

Posted in कविता | Tagged | Leave a comment

कविता : अपेक्षा तिमीसँग

~रीता खत्री~ आऊ जीवनको चिसो सिरेटो बराबर बाँडौं हामी र एउटा असमान अध्यायको पटाक्षेप गरौं । जहाँ नदेखिउन् असमानताका अप्ठयारा भीर आँसुको धमिलो नदी र परस्पर चिन्न नसकिने

Posted in कविता | Tagged | Leave a comment