Tag Archives: रवि प्राञ्जल – Ravi Pranjal

गजल : आगो बली रह्यो

~रवि प्राञ्जल~ कतै भने पेटभित्र आगो बली रह्यो कतै भने मात लागी मान्छे ढली रह्यो एउटा सूर्य क्षितिजको समुद्रमा डुब्यो अर्को सूर्य छातीभित्र अँझै जली रह्यो

Posted in गजल | Tagged | Leave a comment

गजल : गाउँ भुलेपछि

~रवि प्राञ्जल~ उजाड हुन्छ बनै प्रिये ! गाउँ भुलेपछि उदास हुन्छ मनै प्रिये ! गाउँ भुलेपछि । देखावटी हाँसो हाँस्छ सधैँ भरि शहर पिरले सुक्छ तनै प्रिये ! गाउँ भुलेपछि।

Posted in गजल | Tagged | Leave a comment

गजल : पकाएको मात्र रैछ

~रवि प्राञ्जल~ पानी भित्र ढुङ्गा राखी पकाएको मात्र रैछ । पिँध मुनि चिसो आगो लगाएको मात्र रैछ । झरेको त्यो फूलमाथि पोखिएछ शीत भन्थेँ, फूल सम्झी काँढाले आँसु बगाएको मात्र रैछ ।

Posted in गजल | Tagged | Leave a comment

कविता : ट्युब स्टेशनमा एक साँझ  

~रवि प्राञ्जल~ एउटा अधुनातन गाइने विरहको धूनमा आफ्ना निपूण चलायमान औंला हरुले छेड्दैछ गितारका तारहरु यो खुल्ला आकाश विहीन भूमिगत स्थलमा यो के हुदैछ मलाइ ? उड्दैछु म आकाशमा

Posted in कविता | Tagged | Leave a comment

गजल : नफक्रँदै झर्यो फेरि

~रवि प्राञ्जल~ कोपिलामै थियो फूल, नफक्रँदै झर्यो फेरि । भोर हुँदै थियो भर्खर, किन रात पर्यो फेरि । जून झुल्क्यो डाँडापारि एक्लैएक्लै उदासउदास, किन होला पापी बादल उतै तिर सर्यो फेरि ।

Posted in गजल | Tagged | Leave a comment

गजल : चिरेर छाती यो !

~रवि प्राञ्जल~ कसरी देखाऊँ अोठमा हाँसो चिरेर छाती यो ! सिस्नु झैँ पोल्छ दशैँको बेला फूल र पाती यो । उस्तै छ घाम उस्तै छ जून उता त्यो शहरमा, गाउँमा घाम लाग्दैन अचेल कालो छ राती यो ।

Posted in गजल | Tagged | Leave a comment

गजल : प्यास छ

~रवि प्राञ्जल~ जीवन छ् र प्यास छ तिमी छौ र आस छ ।। घामसँगै छ छायाँ, टाढा छैन पास छ ।।

Posted in गजल | Tagged | Leave a comment

गीत : सबै बेहोशी नशा पिएर

~रवी प्राञ्जल~ सबै बेहोशी नशा पिएर, बिना पिएरै बेहोश छु म। अरु निर्दोषी माया भुलेर, बिना भुलेरै दोषी छु म…२। सबै बेहोशी नशा पिएर, बिना पिएरै बेहोश छु म। अरु निर्दोषी माया भुलेर, बिना भुलेरै दोषी छु म…२। सबै बेहोशी … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : हाँसो चिरेर छाती यो !

~रवि प्राञ्जल~ कसरी देखाऊँ अोठमा हाँसो चिरेर छाती यो ! सिस्नु झैँ पोल्छ दशैँको बेला फूल र पाती यो । उस्तै छ घाम उस्तै छ जून उता त्यो शहरमा, गाउँमा घाम लाग्दैन अचेल कालो छ राती यो ।

Posted in गजल | Tagged | Leave a comment

गीत : गुलाबी अधर त्यो

~रवि प्राञ्जल~ गुलाबी अधर त्यो अलि मुस्कुराऊ लजाएर नजर अरु न झुकाऊ तिम्रो छेउ आउँदा ढुकढुकी बढ्छ सक्दिन थाम्न नजिक नआऊ गालाभरि त्यो मधुमास लाली देखेर झुम्छ मन डाली डाली

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : फुलेको छ चैत !

~रवि प्राञ्जल~ धुवाँ – धुलो खडेरी मै फुलेको छ चैत ! प्रिये तिमी फुल्ने भए म’नि फुल्छु है त । शिखरमा पुग्यौ अनि धरातलै बिरस्यौ, तिमी लड्दा काँध थाप्ने तिम्रा साथी खै त ?

Posted in गजल | Tagged | Leave a comment

कविता : सिनु र मान्छे

~रवि प्राञ्जल~ सिनु गनाउँछ मरेको शरीर को सिनु । तर सिनु त्यति गनाउँदैन जति गनाउँछ मान्छे, जिउँदै मरेको मान्छे हर क्षण गनाउँछ डुंगडुंग । मान्छेको बिचार गनाउँछ मान्छेको चेतना गनाउँछ मान्छेको बिबेक गनाउँछ

Posted in कविता | Tagged | Leave a comment

गजल : हातमा छुरी थिएन

~रवि प्राञ्जल~ फूल थियो यो हातमा छुरी थिएन स्वीकार गर्न कसैलाई मञ्जुरी थिएन आँखालेनै मनका कुरा सबै बोलिदियो मुख खोली रहनु जरुरी थिएन

Posted in गजल | Tagged | Leave a comment

गजल : खुशी खोजूँ कतातिर ?

~रवि प्राञ्जल~ व्यथै व्यथा छ मनभरि खुशी खोजूँ कतातिर ? साउन भदौ छ गहभरि नदी खोजूँ कतातिर ? आरु फुल्यो बैशाखमा पीडा फुल्यो मुटुभरी चरो परेछ जालमा चरी खोजूँ कतातिर ?

Posted in गजल | Tagged | Leave a comment

कविता : आकाश हराइसकेको छ

~रवि प्राञ्जल~ थुप्रै आवाजहरू कोठाभित्र छरिएका छन् म टिप्न सक्दिन यी आवाजहरूलाई लौन कोहि आई टिपिदेऊ यी आवाजहरू म आवाजभित्र बोल्नै नसक्ने भइसकेको छु मेरो भित्रको आवाज हराइसकेको छ । दिन बदलिसकेको छ रुन्चे साँझ बनेर साँझ पनि अब ढल्नेछ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : नभेटे ‘नि भेटे जस्तो

~रवि प्राञ्जल~ नभेटे ‘नि भेटे जस्तो लाग्छ जब तस्बिर हेर्छु । युगौँदेखि देखे जस्तो लाग्छ जब तस्बिर हेर्छु । जति भुलूँ भन्छु उति ताजा हुन्छन् यादहरू, भित्र कतै रेटे जस्तो लाग्छ जब तस्बिर हेर्छु ।

Posted in गजल | Tagged | Leave a comment