Tag Archives: रमेश क्षितिज – Ramesh Kshitij

कथा : कथा

~रमेश क्षितिज~ आज सबेरै घरबाट खानासमेत नखाएरै हिँड्या ऊ । एउटा गतिलो कथा लेखेर कुनै पत्रिकामा छपाउन सके एक–दुई सय रुपियाँ पनि आउने, अझ त्योभन्दा बढी थुप्रै पाठकको मन जित्न सके आत्मसन्तुष्टिको मीठो अनुभूति पनि हुने भएकाले उसलाई एउटा कथा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : पाण्डुलिपि हराएको दिन

~रमेश क्षितिज~ निद्राको पक्षी गुँड सरेर टाढा पुगेको होला जङ्गलको कुनै रूखमा यता तातो तावाजस्तो ओछ्यानमा रोटी सेकेझैँ शरीरलाई कोल्टे फेर्दै सम्झिरहेको छु म त्यो नीलो डायरी । कठै ! त्यसमै थिए मैले दशकभरि देखेका सपना एउटा इतिहासको कालखण्ड देखिने … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बेपत्ता

~रमेश क्षितिज~ अझै मेटिएका छ्रैनन् ब्ल्याकबोर्डमा लेखिएका अक्षरहरू पढाइरहेको थियो ऊ विद्यार्थीहरूलाई नैतिक शिक्षा अचानक आएर हतियारधारीले बलजफ्ती घिसार्दै लगेपछि फर्केको छैन ऊ स्कुल र कलिला आँखाहरूमा अझै व्याप्त छ त्रास गाउँमा – चाडपर्व, उत्सवहरूमा

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : आफैतिर फर्किरहेको मानिसको कविता

~हरि अधिकारी~ विक्रम सम्वत् २०५७ मा छापिएको रमेश क्षितिजको पहिलो कवितासंग्रहले नै आमपाठक र साहित्यका गम्भीर अध्येता दुवैथरीको ध्यानाकृष्ट गरेको थियो । सुरुचिपूर्ण ढंगमा चयन गरेका विम्ब, शब्दानुशासन, प्रकृति र जीवनको सूक्ष्म अनुशीलनका बलमा क्षितिजले त्यतिबेला आफूलाई एउटा गतिलो सम्भावना … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : एक थोक

~रमेश क्षितिज~ त्यसो त धेरै चीजहरू छन् पृथ्वीमा यो घुमिरहने पर्यटकजस्तो र्सर्ूय- मृदु मुस्कानजस्तो उसको बिहान यी बूढा पर्वतहरू र तिनीहरूको शालीन गम्भीरता यी तरुनी खोलाहरू र तिनीहरूको मादक चञ्चलता उकाली र चौतारीहरू

Posted in कविता | Tagged | Leave a comment

कथा : मैतिदेवीको मुस्कान

~रमेश क्षितिज~ कथा एकदमै सानो घटनाबाट सुरु हुन्छ, मानौँ यो कुनै घटनानै होइन । मैतिदेवीको विश्रान्ती चियापसलअगाडि ऊ दुई वटै हात पैन्टको गोजीमा घुसारेर उभिएको थियो । एक हुल कलेजका विद्यार्थीजस्ता देखिने केटीहरू उसको अगाडिबाट गए र जाँदाजाँदै एक जना … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment