Tag Archives: रमण घिमिरे – Raman Ghimire

कविता : छटपटी

~रमण घिमिरे~ आँधी-हुरी झेलुँजस्तो आगोसँगै खेलुँजास्तो बस्तीबाट निस्किएर एकान्तमा कराऊँजस्तो के-के हुन्छ अचेल मलाई सारा रहर पुरुँजस्तो आफन्तको आँसु पुछ्न घरी-घरी मरुँजस्तो ।

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : कवितामा दर्शन: अश्वमेध यज्ञका घोडाहरू

~रमण घिमिरे~ कुनै युग थियो, आफ्नो साम्राज्य विस्तार गर्न विशेष लक्षणयुक्त घोडालाई स्वतन्त्र छाडिन्थ्यो। त्यो घोडा जुनजुन देशमा जान्थ्यो, या त त्यस देशले हार स्वीकार गर्नुपर्थ्य या घोडा छोड्ने राज्यसँग युद्ध गर्न तयार हुनुपर्थ्य। एक वर्षसम्म यो क्रम जारी रहन्थ्यो … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : समय र सपनाहरू: पीडाको पिरामिड

~रमण घिमिरे~ भाद्र ११, २०७२- पहिलो कवितासंग्रह प्रकाशित भएको १२ वर्षपछि विमल वैद्य खोलाझैँ फर्किएका छन्, समय र सपनाहरू लिएर । विमल विम्बहरूको तरेलीमा कविता सुसेल्दै मात्र फर्केका छैनन्, विम्बभित्र लयको आरोह–अवरोहलाई पनि सलल प्रवाहित गर्दै प्रस्तुत भएका छन् । 

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

संस्मरण : एउटै किनारमा बिर्जु

~रमण घिमिरे~ जतिखेर शङ्कर लामिछाने ‘मृत्युको गीत वाल्जको धुन’ मा लेखिरहेका थिए। सायद म त्यस बखत बिर्जुको मादलको तालमा नाचिरहेको हुँदो हुँ। नाङ्लो जत्रो रक्तिम सूर्य तराईको अनन्त फाँट हिँडेर गोधूलिको क्षितिजपारिबाट बाईबाई गर्दागर्दै म कुनै डगरमा बिर्जुलाई पछ्याउँदै घर … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

पुस्तक समीक्षा: ‘शब्दहरूको बीचमा’ छन् समय-समयका कविता

~रमण घिमिरे~ ३० को दशकदेखि नेपाली कवितामा आफ्नै शैलीका कारण पृथक परिचय बनाउँदै आएका सर्जक हुन् अमर गिरी । तर संंग्रहका रूपमा भने उनी एकैचोटि २०५५ मा घाम छेक्ने पहाड कवितासंग्रह लिएर देखापरे । त्यसपछि, तर पनि हामी जीवित छौँ … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment