Tag Archives: नव सापकोटा – Naba Sapkota

कथा : ओसिस

~नव सापकोटा~ कला गोष्टीमा रमेशले केही दिनअघि आफूले पढेको अङ्ग्रेजी लेखकको एउटा मरुभूमिको निकै राम्रो कथा राम्ररी वर्णन गऱ्यो। श्रोताहरूमध्ये मनोजले साह्रै चाख लिएर सुनेको थियो। अन्तमा उसले त्यस कला वर्णनमाथि केही जिज्ञासा पनि राखेको थियो। यथार्थमा त्यस कथाले उसलाई … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : स्थिति

~नव सापकोटा~ तिमी गएदेखि— सहरका बत्तीहरू धमिलिएर निभ्दै बल्ने गर्छन्, बतासका झोक्काहरू मेरा कानमा एउटा अस्पष्ट भाषामा के–के साउती गर्छन् मदेखि धेरै माथि अग्लिएको आकाशको आयतनभित्र जून अल्लरी–अल्लरी टहल्ने गर्छ; म कल्पनामा आफ्ना दुवैहत्केलाले

Posted in कविता | Tagged | Leave a comment

कविता : धूलो

~नव सापकोटा~ धूलो! हो, धूलो!! अर्काको पाइतालाले कुल्चिने; पसिने र धसिने धूलो ! सधैँ अरूको लात र घात सहने यो धूलो— देख्नमा कति क्षुद्र ! अस्तित्वविहीन !! तर यी हर्दम कुल्चिहिँड्ने/थिचिइरहने मस्तिष्कहीन पाइतालालाई के थाहा—

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : पूर्वोत्तर भारतः नेपाली लेखनीको एक शताब्दी

~नव सापकोटा~ पूर्वोत्तर भारतमा नेपाली भाषा संस्कृतिको कुटुरोसहित नेपालीहरूको आगमन सन् १८२६ को इष्ट इण्डिया कम्पनी र असमको आहोम राजबीच सम्पादित सन्धिकाल र यसको छेउछाउको अवधिमा भएको मानिन्छ। नेपालीहरूले रीतिथिति, गीत–सङ्गीत, संस्कार–संस्कृति, उखानतुक्का, धर्मसँगैे एउटा विकसित भाषासमेत लिएर आए। पुराणकालमै … Continue reading

Posted in समीक्षा | Tagged | 1 Comment

कविता : युक्लिप्टस : आउने पिँढीलाई आशीर्वाद

~नव सापकोटा~ रमेर बाँच्ने इच्छाले जमेर आएकाहरू गडेर हेर्ने इच्छाले त्रिनेत्र जड्नेहरू रहस्य बुझ्ने इच्छाले मस्तिष्क किन्नेहरू चालै नपाई नाङ्गिए युक्लिप्टसका रूखहरू जस्तो नाङ्गिँदै छन् त्यसरी नै युक्लिप्टसका हाँगाहरू

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : नव सापकोटाको कवित्व

~डा. खगेन्द्रप्रसाद लुइटेल~ १. परिचय सन् १९४८ जनवरी २५ असम, गुवाहाटीको बडगाउँ, देवकोटा नगरमा जन्मिएका नव सापकोटाले स्नातकसम्मको शिक्षा हासिल गरेका छन् । असमको साहित्यिक, सांस्कृतिक, जातीय र भाषिक उन्नयनमा विशिष्ट योगदान पु¥याउने नव सापकोटाको सेवा, पेसा र संलग्नता यसप्रकार … Continue reading

Posted in समीक्षा | Tagged , | Leave a comment