Tag Archives: मनु ब्राजाकी – Manu Brajaki

कथा : मेरो छोरो घुस खाँदैन

~मनु ब्राजाकी~ हिजो ऊ स्वास्नी र छोरो लिएर काठमाडौँबाट आएको थियो, आजै महाभारत सुरु भइहाल्यो । “गधा … गोब्रे कीरा… अफिसर रे ! यस्ता छुसी अफिसर ! सबै काँबाट काँ पुगिसके, लिन्ठिङलिन्ठिङ हल्लनदास अफिसर ! सत्यहरिश्चन्द्र बन्न खोजेको होला… पाजी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : आयो बूढो नव वर्ष

~मनु ब्राजाकी~ रुन्चे हाँसो हाँस्दै आयो बूढो नव वर्ष सधैँ रुनेलाई कुनै बिस्मात न हर्ष घाउजस्तै फुल्न थाले वसन्तमा फूल मखमली पात पनि सिस्नोको स्पर्श

Posted in गजल | Tagged | Leave a comment

गजल : भन्छन् पारिजात सधैं

~मनु ब्राजाकी~ फुलेपछि झरिजान्छ भन्छन् पारिजात सधैं । जीवनभरि रहँदैन कसैको नि साथ सधैं । दिनदिनै डढाउने तातो घाम सहे पनि सहन पो सकिँदैन जुनेली यो रात सधैं ।

Posted in गजल | Tagged | Leave a comment

गजल : आशा अझै पनि लागिरहेछ

~मनु ब्राजाकी~ पाइँदैन केही भन्ने थाहा हुँदाहुँदै, पाउने आशा अझै पनि लागिरहेछ, तिमी सुत्यौ मुटुभित्र मेरो निदाएर, ञमनु अब रातभरि जागिरहेछ । समयको साथ सबै मेटिएर जान्छ, भन्ने कुरामाथि कति भर परुँ म, कस्तुरी झैं तिम्रो मायाँ मनमा रहेछ, सुगन्धको … Continue reading

Posted in गजल | Tagged | Leave a comment

गजल : ताल राख्याछु

~मनु ब्राजाकी~ आँखाभरि खोलानाला ताल राख्याछु हृदयमा समुद्रको छाल राख्याछु । आँसु पुछ्न अब भने सजिलो भयो, गोजीभित्र उसैको रुमाल राख्याछु ।

Posted in गजल | Tagged | Leave a comment

कथा : साझा मन : सहजीवन

~मनु ब्राजाकी~ आँखा जतातिर थिए, दृष्टि त्यता थिएन । आँखाले देखेको दृष्टिद्वारा, भनूँ अन्तर्दृष्टिद्वारा नै आफ्नो समग्रता प्रस्टिन्छ । कल्पनाशक्ति र अन्तर्दृष्टिद्वारा नै अदृश्यलाई व्यक्तिले देख्ने गर्छ । अन्यथा आँखासामु जे छ, त्यो यथार्थ हुन सक्छ, सत्य हुँदैन । अहिले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : मर्न कहाँ पाइन्छ र !

~मनु ब्राजाकी~ बाँच्न भनी आएपछि मर्न कहाँ पाइन्छ र ! घाट कुर्नेले त खोला तर्न कहाँ पाइन्छ र ! मदिरा यो जिन्दगीको बाँड्ने जिम्मा पाएपछि आफ्नोमात्र खाली प्याला भर्न कहाँ पाइन्छ र !

Posted in गजल | Tagged | Leave a comment

गजल : ढुङ्गाजस्तो देखेँ मैले

~मनु ब्राजाकी~ जसको मुटु ढुङ्गाजस्तो देखेँ मैले त्यसैमाथि आफ्नो नाम लेखेँ मैले जतातिर बल्यो आगो उतैतिर प्रतीक्षामा आफ्नो हात सेकेँ मैले

Posted in गजल | Tagged | Leave a comment

गजल : कराउन थाले मान्छे

~मनु ब्राजाकी~ ऐना हेरी कराउन थाले मान्छे आफूसँगै डराउन थाले मान्छे मसानमा बसे बरू ढुक्क होला घरबाटै हराउन थाले मान्छे

Posted in गजल | Tagged | Leave a comment

गजल : डोके हुक्के छातेहरू

~मनु ब्राजाकी~ जता हेर्यो सक्रिय छन् डोके हुक्के छातेहरू जता हेर्यो सडकभरि माग्ने बेस्या खातेहरू हुरी आयो गयो पनि हावा बग्न छाडी सक्यो अझै पनि फिरिफिरि नाँच्छन् पीपलपातेहरू

Posted in गजल | Tagged | Leave a comment

गजल : भन्न पनि पाइँदैन

~मनु ब्राजाकी~ बिर्सिएछु भन्न पनि पाइँदैन । यस्तो जाबो माया अब लाइँदैन । भोकसित साटिएको जुठोपुरा, अबदेखि मीठो मानी खाइँदैन ।

Posted in गजल | Tagged | Leave a comment

गजल : लोग्ने को हो?

~मनु ब्राजाकी~ स्वास्नीलाई बेश्या भन्ने लोग्ने को हो? जन्म दिने तिम्रो आमा भोग्ने को हो? लोग्नेमान्छे, स्वास्नीमान्छे दुवै मान्छे, स्वास्नीलाई मान्छे हुन रोक्ने को हो?

Posted in गजल | Tagged | Leave a comment

गजल : थोत्रो बस छुटेछ

~मनु ब्राजाकी~ नयाँ नेपाल जाने थोत्रो बस छुटेछ भ्रष्टाचारले मगन्तेको पैसो लुटेछ । पूरा खान ‘प्रभु’लाई भोग लगायो थोते बूढी आमालाई मकै भुटेछ ।

Posted in गजल | Tagged | Leave a comment

गजल : जब थाहा पाइएला

~मनु ब्राजाकी~ हराएछु भन्नेकुरा जब थाहा पाइएला आफूलाई खोज्न अब ऐना यौटा चाहिएला । घरमा बसी कर्म गर्दा-गर्दा दिक्क भइएछ मन्दिरमा बसेपछि धर्म गर्न भ्याइएला।

Posted in गजल | Tagged | Leave a comment

गजल : सार्है धोको रै’ छ

~मनु ब्राजाकी~ भागीको ढुङ्गालाई ढोग्ने सार्है धोको रै’ छ । ढोग्दाढोग्दा निंधारमा निस्क्या ठुलो फोको रै’छ । बगरेले हाम्रालागि ठूलो खसी ढालेको छ, दुर्गालाई कुभिण्डोको चारखुट्टे बोको रै’छ ।

Posted in गजल | Tagged | Leave a comment

कथा : चोली के पिछे क्या है ?

~मनु ब्राजाकी~ भारतबाट एउटा भजनीयाँ मण्डली नेपालको एउटा गाउँमा भित्रियो । यो गाउँ नेपाल-तराईको सबै गाउँजस्तै गाउँ नै थियो अर्थात् यहाँका किसानहरू यहीँ थन्किएका, पढेलेखेका युवाहरू सहरतिर पसेका र अशिक्षित युवाहरू पन्जाब-सन्जाब रिर्टन भएका । यस कीर्तनमण्डलका नेता थिए सीयारामशरण … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : हाँस्न पनि पाइएन

~मनु ब्राजाकी~ रुन पनि पाइएन, हाँस्न पनि पाइएन। रोई-रोई आँसुले मन धुन पनि पाइएन। तिमीलाई छोयो भने छोइछिटो लाग्नेहोला, फूलजस्तो आत्मीयता छुन पनि पाइएन।

Posted in गजल | Tagged | Leave a comment

कथा : भ्रष्ट भगवान

~मनु ब्राजाकी~ सामन्त शिरोमणि सिंहासनबाट गए । तर्साउनका लागि इतिहास भूत भयो । बल्ल अब सामन्ती प्रजातन्त्र आयो । गनवादी गनतन्त्र पनि आयो । विभेदकारी धार्मिक जातीय संघीयता पनि आयो । जंगल सहरमा आयो, सहर जंगली भयो । राजनीतिले यसै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : पानीले झन् पोल्छ

~मनु ब्राजाकी~ आगोले त पोल्छ-पोल्छ पानीले झन् पोल्छ बोल्नेले त बोल्छ-बोल्छ नबोल्ने झन् बोल्छ । आफूलाई बेच्न खोज्यौ भने बुझिराख किन्नेले त मोल्छ-मोल्छ नकिन्ने झन् मोल्छ ।

Posted in गजल | Tagged | Leave a comment

संस्मरण : अमेरिकामा सगरमाथाभन्दा माथि

~मनु ब्राजाकी~ कसैसित भेट कहिले, कहाँ र कसरी हुन्छ भन्ने कुरा नितान्त संयोग रहेछ । यस्तै संयोगवश हिरण्य भोजपुरे र मेरो भेट संयुक्तराज्य अमेरिकामा भयो । यो संयोग जुर्यो एउटा गजल क्यासेटको विमोचन कार्यक्रमद्वारा, जसका गजलकार र संयोजक हुनुहुन्थ्यो भूपेन्द्र … Continue reading

Posted in संस्मरण | Tagged , | Leave a comment

गजल : होस गर

~मनु ब्राजाकी~ पानी खाँदा सर्किएला होस गर तीर्खा फेरि फर्किएला होस गर । बाँचेजस्तो मर्न कहाँ सजिलो छ, काल पनि झर्किएला होस गर ।

Posted in गजल | Tagged | Leave a comment

गजल : गुन कस्तो हुन्छ !

~मनु ब्राजाकी~ थाहा भयो छिमेकीको गुन कस्तो हुन्छ ! थाहा भयो चामलसँग घुन कस्तो हुन्छ ! आफ्नै मित्रसँग पनि लड्नुपरेको छ थाहा भयो खा’को तिम्रो नुन कस्तो हुन्छ !

Posted in गजल | Tagged | Leave a comment

गजल : तिम्रो हात रै’छ

~मनु ब्राजाकी~ गुन गरी फर्किजाने तिम्रो हात रै’छ, फुलेपछि झरिजाने पारिजात रै’छ । हाँसीहाँसी लोभ्याउने जिन्दगी यो हाम्रो, काँढामाथि सजिएको फूलपात रै’छ ।

Posted in गजल | Tagged | Leave a comment

गजल : मुहार छ उसको सधैँ

~मनु ब्राजाकी~ मुहार छ उसको सधैँ फूलको डालीजस्तो छिमेकी छ फूल टिपी बेच्ने मालीजस्तो । महफिलमा बसेपछि यस्तै हुन्छ सधैँ कोही झारीजस्तो अनि कोही प्यालीजस्तो ।

Posted in गजल | Tagged | Leave a comment

गजल : यसैगरी खोच्याएर

~मनु ब्राजाकी~ कहाँसम्म पुगिएला यसैगरी खोच्याएर छोट्ट्याउँनु पर्ला बाटो पुग्ने ठाउँ सच्याएर । आवारा झैं भएपछि डुलुवा यो मन बोकी आकाशलाई ओढेको छु धर्तीलाई ओछ्याएर ।

Posted in गजल | Tagged | Leave a comment

कथा : उदास र मलिन अनुहारकी युवती

~मनु ब्राजाकी~ एउटा उदास सौन्दर्य काठमाडौँको गोंगबु बसपार्कमा उभिइरहेछ । रातो साडी–चोलोमा उसको गोराइयुक्त सौन्दर्य खुलेको छ, तर उदास छ सम्भवतः एक्ली हुनाले पनि होला उसको साथमा कोही देखिंदैन । उदास अनुहारमा आँखा भने चनाखा छन । एउटी रुपवती युवतीले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : तपाईँको नाम के हो ? यदि सोध्न सकिन्छ भने !

~मनु ब्राजाकी~ “तपाईँको नाम के हो ? यदि सोध्न सकिन्छ भने !” “यदि सोध्न सकिँदैन भने तपाईँको नाम पनि मेरै नाम हो अर्थात् सगरमाथा बहादुर नेपाली। तपाईँका पूर्खा पनि मेरै पूर्खा जस्ता थिए, परापूर्व कालमा। कुनै डाँडाकाँडा, खोँचखाँच र तराई … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अन्नपूर्णाको भोज

~मनु ब्राजाकी~ दुई किलो माछा लिएर ऊ आइपुग्यो। घर आइपुग्दासम्म ऊ दगुरेझैं भएको थियो। सधैं कति खसीको निहुँले राँगो खानु? अनि शुभदिनमा माछा साइत हुन्छ भनेर उसले ६० रुपैयाँ किलोका दरले माछै बोकेर आयो। ‘अन्नपूर्णा, ए अन्नपूर्णा! लु हेर् त, … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : फूलको डालीजस्तो

~मनु ब्राजाकी~ मुहार छ उसको सधैँ फूलको डालीजस्तो छिमेकी छ फूल टिपी बेच्ने मालीजस्तो । महफिलमा बसेपछि यस्तै हुन्छ सधैँ कोही झारीजस्तो अनि कोही प्यालीजस्तो ।

Posted in गजल | Tagged | 1 Comment

कथा : वेश्याको सपना र सुँगुरहरु

~मनु ब्राजाकी~ मध्यान्ह छ । सुँगुरहरु भुइँ खन्दै छन् । दसआठ जना केटाकेटीहरु यताउति छरिएका छन् । मानौं यी घर सजाउनका लागि होइनन् । फोहरमैलाका डङ्गुरहरु पनि यत्रतत्र थुप्रिएका छन् । यी पनि कतै जाँदैनन्, यहीँ कुहिराख्छन् । भुवा खुइलिएको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

मुक्तक : जति धेरै आफुलाई केलाउँछन्

~मनु ब्राजाकी~ जति धेरै आफुलाई केलाउँछन् त्यति धेरै तिमीलाई खेलाउँछन् मरेपछि स्वर्ग जाने ढल जस्तो- बागमतिमा आफूलाई सेलाउँछन् ।

Posted in मुक्तक | Tagged | Leave a comment

कथा : दास र मलिन अनुहारकी युवती