Tag Archives: कृष्ण प्रसाईं – Krishna Prasain

कविता : साला पहाडिया के भन्छ?

~कृष्ण प्रसाई~ किन ढिला गर्र्छौ राजेन्दर भैया ? ढिला गर्दै नगर ! मौकामा चौका चलाउनै पर्छ । कालापानीको जमिन सारे झै, सुस्तालाई कब्जामा पारे झै, वर्षोनी उत्तरतिर लम्किरहेको जंगे पिलर बढाएर रसुवा सम्मै पुर्याउनु पर्छ । त्यसो भयो भने काठमाण्डौ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : समवेदना मरेको बेला

~कृष्ण प्रसाई~ अभ्यस्त भैसकेका छन् अखबारका पानाहरू- सहज बनाउन दिनहुँ रगतका खबरहरूलाई, कति सस्तो भएको छ मृत्यु ! कति बोधो भएको छ समवेदना ! ! आफू हराउँदा आफै खोज्न सक्दैन । आफ्नो अन्तेष्टिमा आफैं रुन पाउँदैन ।

Posted in कविता | Tagged | Leave a comment

कविता : पहाड सकिए पछि

~कृष्ण प्रसाई~ यदि तिमी, कसैको फकाइमा लागेर हिडिरहेकी छ्यौ भने, पहाड सकिए पछि, तिमीले बुझनु, तिमी कसैबाट वेचिदैछौ । वा- कुनै वहकाइमा परेर , नायिका हुने सपना देखिरहेकी छ्यौ भनेे-

Posted in कविता | Tagged | Leave a comment

कविता : सेवारो है सेवारो

~ कृष्ण प्रसाई~ समय तिम्रो कित्तामा फर्केको ठान्दैमा- वा तिमीले एकलौटी इच्छा गर्यौ भन्दैमा, भाषाको कुराले- धर्मको कुराले- र जातको कुराले – तिमी कदापि विभाजित हुन सक्दैनौ नेम्वाङ दाई ! मैले पनि तिमीसँग- रात-रातभरि च्याब्रुङ नाचेकै हो । हामीले साझा सम्झेका-

Posted in कविता | Tagged | Leave a comment

कथा : भित्र र बाहिर

~कृष्ण प्रसाई~ पुलिसले फेरि पनि अर्को खागी मार्का बिँडी सल्कायो। राइफलको रंगीन आकाशतिर फर्काएर रातको पहरा ब्यूँझाउने काम ऊ आफ्ना बूटहरुको चुरुम्चुरुम् आवाजसँगै समस्त कैदीहरुको मनमा भय र र्सतर्कताको आभास ढुक्ढुकीहरुसम्म पुर्याएर खबरदारका ध्वनीहरुमा छरिइरहेको छ। उभित्रको कठोरतम् मान्छेको मूक … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बादल

~कृष्ण प्रसाई~ हामी मुन्तिर बादलका गाढा पहाडहरू तेर्सिएका थिए । भरखरै मात्र बर्माकी सहयात्री मुमुले बादलका प्रकारहरूको व्याख्या गरेर आकाशमा छरिएर रहने बादलका विशेषताहरूका सम्बन्धमा न्यानो अनुभव छरेकी थिई । उसको भनाइमा कति सत्यता भरिएको थियो त्यो मलाई थाहा थिएन, … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : दुर्योधन सत्संगमा भिजेका छन्

~कृष्ण प्रसाईं~ देशमा विभीषणहरू जिउँदै छन् । देशमा एकलव्यहरू पनि छन् । जे जति अर्जुनहरू छन् ती अब कुनै हालतमा, कृष्णको बेकारी बहकाउमा,

Posted in कविता | Tagged | Leave a comment

कथा : डायरीका पानाहरु

~कृष्ण प्रसाई~ १३ अप्रील, १९८९ ४००३ मिटर अग्लो चुचुरोमा हिजो छोडी अस्ति हामीहरुले आफ्नो बेसक्याम्पखडा गरेका थियौँ । चालीस जवान भरियाहरु १ जना सम्पर्क अधिकृत र ५ जना हामी पर्वतारोही पर्यटक गरी जम्मा छयालिस पुरुष जवान भएको हाम्रो टोली पाँच … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : भूइँचालो

~कृष्ण प्रर्साई~ हल्लिनु भूइँचालोको धर्म हो- ऊ सधैं जड भएर पनि हल्लिन्छ । हल्लिन कुनै चेतन हुन जरुरी छैन भूइँचालोलाई, ऊ जीवित नभएरै पनि हल्लिन्छ । हल्लिन बाँच्नै पर्ने बाध्यता छैन भूइँचालोलाई, ऊ सासै नभएर पनि हल्लिन्छ । भूइँचालो त … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : शालिक

~कृष्ण प्रर्साई~ एकदिन म एकाएक उसको छेउ गएँ । र क्रमशः उस्लाई माथिदेखि छामंे र सुम्सुम्याएँ- सबभन्दा माथि बादल झैं कालो कपाल, गोलो अनुहारभित्र समुद्र झंै नीला आँखा- चट्ट मिलेको घाँटीमा सुन्दर हार- अलि

Posted in कविता | Tagged | Leave a comment

यात्रा साहित्य : सामुहिक रुपमा नाङ्गै नुहाउँदा

~कृष्ण प्रसाई~ समुद्रसंग छुट्टिएको टापु होक्काइडो सम्म पुग्न हवाइजहाजको सुविधा भए पनि यसअघि कहिल्यै नगरिएको त्यति ठूलो पानीजहाजको महासागरीय यात्रा आफैमा रोमान्चक लाग्नु स्वभाविकै थियो । बिहान नौ बजेतिर सुबिधा सम्पन्न बसबाट टोकियो बस टर्मिलनबाट हामी उत्तरतिरको यात्रामा निस्केका थियौं … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : एक्लै हुँदाको मजामा मलेशिया

~कृष्ण प्रसाई~ सिटी वान प्लाजा ब्लक बी को ३८ तला माथिको आफ्नो कोठाबाट वाहिर हेर्न एक किसिमले काहाली नै लाग्दथ्यो । तरै पनि यति माथिबाट बाहिरको भागलाई हेर्नु मजै अर्को थियो ।

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : उज्यालोको चौकीदारी

~कृष्ण प्रसाई~ त्यतिखेर, सम्पूर्ण ताताहरू हराएका थिए । समस्त उज्यालाहरू बिलाएका थिए । र समग्र न्यानाहरू चोरिएका थिए । समान न्यानो बाँड्ने सुर्य समेत सेलाएको थियो । जसको उपस्थितिमा, चिसोको अस्मिता स्वयं टुहुरो हुने गर्दथ्यो ।

Posted in कविता | Tagged | Leave a comment

Poem : We know that you are rich

~Krishna Prasai~ If you desire, you can buy the foreign lands, If you think it necessary, you can abandon your motherland. But in the name of our property That you have thought to be worthless We still have some baskets … Continue reading

Posted in Poem | Tagged , | Leave a comment

कथा : उल्टो कोट

~कृष्ण प्रसाई~ सिगरेटको अन्तिम सर्को तानेर निखि्रसकेको ठुटोलाई छेउकै खाली भुइँमा फ्याँकिसकेपछि पुरानो फाटिसकेको जुत्ताले किचेर निभाउँदै लामो सास तानेर काकाले भने “मेरो पुरानो प्रतिज्ञालाई पुनःर्जीवित पार्दै आजैदेखि फेरि मैले आफ्नो कोट उल्टो लगाउने निधो गरेँ ।” यति भनिसकेपछि तत्कालै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : लेन्डुपहरु

~कृष्ण प्रसाई~ देशमा विभिषणहरू ज्यूदै छन् देशमा जालन्धरहरू पनि छन् । जे जति अर्जुनहरू छन् ती अब कुनै हालतमा

Posted in कविता | Tagged | Leave a comment

कथा : यात्रा

~कृष्ण प्रसांई ~ ब्रहृमपुत्र नदीकिनारका अविकसित माझी जातिको विषयमा अनुसन्धान र अध्ययन गर्न अष्ट्रेलियाको सिड्नीबाट आएकी सुश्री सूजनले गिलासमा बचेको कक्टेल बियर एकैसासमा घुट्क्याइसकेर भनी – “साँच्चै ! तिमी नेपालीहरू अति नै भाग्यमानी र गौरवान्वित छौ, तिमीहरूका हिमालय श्रृङखंलाहरूले हामीहरूलाई … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment