Tag Archives: कृष्ण प्र. पाण्डे – Krishna P. Pandey

गजल : लाग्यो आज मेरो बाटो छेकेछेके छेकेछेके

~कृष्ण प्र. पाण्डे~ लाग्यो आज मेरो बाटो छेकेछेके छेकेछेके सुस्त सुस्त मनको दैलो टेकेटेके टेकेटेके सुनेकोथेँ मदहोश पार्छन् अरे इशाराले फर्की हेर्दा लाग्यो जाल फेंकेफेंके फेंकेफेंके

Posted in गजल | Tagged | Leave a comment

गीत : आँखालाई अरु पनि

~कृष्ण प्र. पाण्डे~ आँखालाई अरु पनि हेर्दा मनपर्दो रै`छ साथी रोज्ने मामलामा दिल अघि सर्दो रै`छ तिम्रो बानी तर्की हिंड्ने थियो पैले हो कि हैन ? झर्को लाग्थ्यो कहिले त भन्थें पछि लागिँदैन मनमनै रोजेपछि पाइला आँफै सर्दो रै`छ

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : पैले जस्तो छैनौ तिमी

~कृष्ण प्र. पाण्डे~ पैले जस्तो छैनौ तिमी भिन्न देख्दैछु निधारमा निरासाको चिन्ह देख्दैछु एक्लो कतै परिहाले के भो सोध्दथ्यौ हाँस्दै हाँस्दै सम्झाउँथ्यौ मिठो बोल्दथ्यौ त्यो मुहार आज के भो ? खिन्न देख्दैछु

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : भन्दा कसो होला

~कृष्ण प्र. पाण्डे~ तिम्रा आँखा कारागार भन्दा कसो होला। कैदी भा’को समाचार भन्दा कसो होला। सुत्ने उठ्ने तालिका नै फेरिंदैछ मेरो। दोषी तिम्रै व्यवहार भन्दा कसो होला।

Posted in गजल | Tagged | Leave a comment

गजल : अझै

~कृष्ण प्र. पाण्डे~ म उसको शहरको हुँ निवासी अझै आउँछ रे ! लीइ चिट्ठी त्यो हुलाकी अझै ति आँखामा मैले पढें अनुराग मात्र म जान्दिन त्यो भन्दा क्यै छु किताबी अझै

Posted in गजल | Tagged | Leave a comment

गजल : गुलामी परेन

~कृष्ण प्र. पाण्डे~ त्यसो त सहन गुलामी परेन तथापी सौभाग्य आसामी परेन म सुन्छु सधैं नै उधारो लिएको धन्य हो ! अझै नि निलामी परेन

Posted in गजल | Tagged | Leave a comment

आधुनिक गीत : हर दिन दुख्यो

~कृष्ण प्र. पाण्डे~ हर रात दुख्यो हर दिन दुख्यो खप्नै गाह्रो भयो मुटु किन दुख्यो ! पीर वर्षौंको लिएर हो कि! जीवन त मेरो पलपल दुख्यो चाहनेहरुको भिडमा छु , तै पनि एक्लै लाग्छ किन ? सबैले जिए झैं जिएकै … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : न त पर्चा थियो

~कृष्ण प्र. पाण्डे~ न तस्विर भित्ता भित्ता न त पर्चा थियो तन्नेरिका बिचमा त उनकै चर्चा थियो तारिफका कुरा सुन्दा म`नि वाल्ल परें कुन जुनीको कुन्नी कती? बाँकी कर्जा थियो

Posted in गजल | Tagged | Leave a comment

आधुनिक गीत : धेरै हराएँ तिम्रो यादमा

~कृष्ण प्र. पाण्डे~ धेरै हराएँ तिम्रो यादमा पीडै पीडा छ मेरो साथमा आज यो भेट वर्षौँ पछिको लाग्छ देख्दै छु स्वप्न रातमा दैव खेली रह्यो निरस खेलहरु मात्र दिइ रह्यो केवल झेलहरु घात थप्दथ्यो दैव घातमा पीडै पीडा छ मेरो … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : फुल चुम्न

~कृष्ण प्र. पाण्डे~ दिल दुख्न यहाँ आँसु झर्नु पर्ने। फुल चुम्न झनै काँढा टेक्नु पर्ने। सब्को मन बुझ्न सकिंदैन सधैं। बुझ्थें होला शायद हुन्थें भने म झैं ।

Posted in नेपाली गीत | Tagged | Leave a comment

आधुनिक गीत : म हुँ तिम्रो छुच्चो

~कृष्ण प्र. पाण्डे~ म हुँ तिम्रो छुच्चो तिमी मेरी छुच्ची मेरो पीर मेट्ने ती परेली कुची तिमी प्यार ,खुशी , हाँसो ,मनकी रानी मेरो श्वास तिमी , तिमी जिन्दगानी के के भनुँ अझै छ है लामो सुची

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : सिकें मैले

~कृष्ण प्र. पाण्डे~ गुरु अर्ति वर्षौं अथक सिकें मैले बदमाशी एकै पटक सिकें मैले बल्ल बल्ल लाग्या’ बादल फाट्यो फेरि त्यो हरायो कतै चटक सिकें मैले

Posted in गजल | Tagged | Leave a comment

गजल : केहि चिट्ठीहरु

~कृष्ण प्र. पाण्डे~ सम्झिएर उनिलाई खोलेँ केहि चिट्ठीहरू केहि उडे बतासले छोपेँ केहि चिट्ठीहरू सिउँदो त्यो सिन्दुरले रंगाउन नसके नि धोको मेट्न रगतमा चोबेँ केहि चिट्ठीहरू

Posted in गजल | Tagged | Leave a comment

गजल : गुलाफ भेटेँ किताबमा

~कृष्ण प्र. पाण्डे~ वर्षौँ अघि कसैले दिएको, गुलाफ भेटेँ किताबमा सम्झिन्न म कुन दिन हो त्यो, क्यै याद छैन दिमागमा यौटा मुटु धेरैमा बाडेँछु, समेट्न गाह्रो हुने गरी जोड जाम कहिल्यै आएन, नाजुक सधैं हिसाबमा

Posted in गजल | Tagged | Leave a comment

आधुनिक गीत : उनको मन छुन सकेन ………

~कृष्ण प्र. पाण्डे~ उनको मन छुन सकेन या मेरो मन छुन सकेन धेरै पछि भेट्दा पनि खुशीमा आँखा रुन सकेन उनले आफ्नै कुरा गरिन् , मैले मेरै कुरा गरें उनले थोरै द्वन्द थपिन् , मैले बाँकी पुरा गरें आखिरी त्यो … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

राष्ट्रिय गीत : आकाश छोइ दिने

~कृष्ण प्र. पाण्डे~ आकाश छोइ दिने , छन् हिमालका ताँती जंगल , नदी , पहाड , छन् पंछी भाँती भाँती आकाश छोइ दिने ……. यो देश सानो छैन , साँघुरो मन त्याग सिंगार्न यसलाई , आजैदेखि लाग उडान भरी हेर … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : फेरि या टारेर गयो

~कृष्ण प्र. पाण्डे~ कि भै`हाल्छ भेट फेरि या टारेर गयो रिस हो कि खेद मुख बिगारेर गयो छ कि मनमा कोही ? सोधें कौतुहल मेट्न मैले चाहे जस्तै गरी नकारेर गयो

Posted in गजल | Tagged | Leave a comment

तीज गीत : सिन्दूर पुछेका

~कृष्ण प्र. पाण्डे~ सिन्दूर पुछेका ए दिदी बहिनी गाउदैछु तिजमा पाप नलागोस् टुहुरा ससाना ए भाई बहिनी नाच्दैछु तिजमा पाप नलागोस् सम्झना धमिलो आँखामा साँचेका मुटुको टुकुरो गुमाइ बाँचेका पिरमा डुबेका ए आमाहरु हो

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : मोतीराम

~कृष्ण प्र. पाण्डे~ नाम कल्यै नभुलिने भट्ट मोतिराम गजलसँग संगै आऊछन् झट्ट मोतिराम रुख सरि साहित्य छ , पातै पिच्छे उनी फुल्छन् सधैं फल्छन् पनि लट्ट मोतिराम

Posted in गजल | Tagged | Leave a comment

गजल : बहस गर्दैछु

~कृष्ण प्र. पाण्डे~ तिमीले ठान्दो हौ बहस गर्दैछु म बाटो मिलनको सहज गर्दैछु छ भन कसलाई छुटिने आतूरि म राम्रो , नराम्रो अलग गर्दैछु

Posted in गजल | Tagged | Leave a comment

गजल : चाहाना भयो

~कृष्ण प्र. पाण्डे~ गरुँ तिम्रो बयान चाहाना भयो फेरि पनि गजल बहाना भयो लोभ लाग्दो बदन छ सामू मेरो ओंठ,आँखा, कमर निशाना भयो

Posted in गजल | Tagged | Leave a comment

गजल : तिमी बिना

~कृष्ण प्र. पाण्डे~ हाय बन्दैछ जिन्दगी अफाप तिमी बिना तिम्रो साथसाथै धेरै अभाव तिमी बिना माया हुन्छ रे ! मुटुमा साटौँला एक दिन माया बन्दैन त्यो मेरो अगाध तिमी बिना

Posted in गजल | Tagged | Leave a comment

गजल : राजसी मेरो

~कृष्ण प्र. पाण्डे~ सपना त थियो राजसी मेरो मुखमा छुटेन साब जि मेरो पत्थर बालुवा हातहातै बिक्छ को किन्छ अनमोल जिन्दगी मेरो

Posted in गजल | Tagged | Leave a comment

गजल : परिका कुरा

~कृष्ण प्र. पाण्डे~ अब राम्रा लाग्दैनन् परिका कुरा उनी बिना रुझेका झरिका कुरा एक्लो हुँदा यहाँ म छ जीवन कठिन् उस्तै होलान् बिजोडी चरिका कुरा

Posted in गजल | Tagged | Leave a comment