Tag Archives: कृष्ण के.सी. – Krishna KC

पत्र कथा : परदेशी योद्धाको पत्र

~कृष्ण के.सी.~ प्रिय कमरेड न्यानो अभिवादन । मौसम परिवर्तनको कारण होला अलि विसञ्चो छु, त्यहाँ स–परिवार आरामै हुनु होला भनि आशा गर्दछु । ६ वर्ष कतार बसाईको पिडाको अनुभुति त त्यही आएर संगै बस्दा सुनाउँला तर पनि वैचारिक रूपबाट विमुख … Continue reading

Posted in नेपाली कथा, पत्र साहित्य | Tagged , | Leave a comment

गजल : एकदिन बिहानी हुन्छ

~कृष्ण के.सी.~ मेरो जिन्दगी तिमीलाई कहानी हुन्छ देख्नेआँट गर एकदिन बिहानी हुन्छ सूर्य अस्ताए पनि कहिल्लै हार खादैन किनकि प्रभातमा ऊ फेरि जवानी हुन्छ

Posted in गजल | Tagged | Leave a comment

गजल : गुराँस फुल्ने रहर देखे

~कृष्ण के.सी.~ सपना त्यो कति मिठो जून ताराको शहर देखे मरुभूमि यो जिन्दगीमा गुराँस फुल्ने रहर देखे खोज्दै हिडे मेरा रहर बालुवाका थुप्रा भित्र जताततै यो मरुभूमिमा आँसु बग्ने नहर देखे

Posted in गजल | Tagged | Leave a comment

सामाजिक कथा : रगतको नाता

~कृष्ण के.सी.~ किन रोइरहनुहुन्छ आमा ? बारम्बार दोहोरीएर तेर्सिरहने छोरीका यी प्रश्नहरूको जवाफ अहिलेसम्म पनि मैले दिने हिम्मत गरेकी छैन l मेराआँखाबाट तारन्तार झरिरहने आँशुका भाव बुझेर मलाई सान्तवना दिने पनि ऊ अँझै भैसकेकी छैने l ऊ सानी छे त्यसैले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नटुंगिएको पत्र

~कृष्ण केसी~ समयको बहावसँगै म कति बहन सके वा सकिन त्यो नीलीमालाई सोध्न पाए हुन्थ्यो तर निलिमा छैनन् आज बिबाहमा दुबोको माला लगाएर औंठी साटासाट गर्दा खिचिएको अष्पस्ट फोटो फ्रेममा कैद भएर घरको भित्तामा झुण्डीएको छ । धुलैधुलो, माकुराको जालोले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : लाज ढाक्नु त पर्छ नै

~कृष्ण के.सी.~ एउटा बाटो रोज्नै पर्छ, जिउन अँझ धेरै छ जिन्दगी नै सागर हो यो, खिउन अँझ धेरै छ फाटेको छ हाम्रो मन, लाज ढाक्नु त पर्छ नै टालटुल गरी के होला र, सिउन अँझ धेरै छ

Posted in गजल | Tagged | Leave a comment

गजल : बाध्यतामा हाँसेको छु

~कृष्ण के.सी.~ खुसी किन्न वर्षौ देखि, मरभूमिमा बाँचेको छु रोदन बिक्ने यो शहरमा, बाध्यतामा हाँसेको छु हाँस्न यहा बन्देज हुन्छ, पीडाहरूको भीडमा तर पनि तिम्रै लागि,आफ्नो यौवन मासेको छु

Posted in गजल | Tagged | Leave a comment

गजल : फकाई दिन्थे सानु

~कृष्ण के.सी.~ बच्चा भए ललि पपमा, फकाई दिन्थे सानु तारा झार्ने गफ सुनाइ, थकाइ दिन्थे सानु नबुझेरै पण्डित बनी, वेद पढ्दै हिड्यौ सक्ने भए मन्को जेलमा, जकाइ दिन्थे सानु

Posted in गजल | Tagged | Leave a comment

गजल : चोरी लग्यौ

~कृष्ण के.सी.~ गीत खोस्यौ स्वर खोस्यौ,धुन चोरी लग्यौ प्रीत लाउने मधुमासको, जुन चोरी लग्यौ गीत बिनाको धुन बज्ने, भयो जिन्दगानी हिरा जडित हाम्रो मनको, सुन चोरी लग्यौ

Posted in गजल | Tagged | Leave a comment

गजल : मिलन हुन रोक थियो

~कृष्ण के.सी.~ मिल्ने ठाउ धेरै थिए, मिलन हुन रोक थियो चियो चर्चो बडो हुन्थ्यो, हाम्रो मिल्ने चोक थियो आश गरे आशे हरु, मन भाची आउलान् भन्दै मुसो बिरालो खेल खेल्यौ, योत हाम्रो जोक थियो

Posted in गजल | Tagged | Leave a comment

सामाजिक कथा : बाबा ! भाई त मर्यो !

~कृष्ण के.सी.~ “ल काली छानी छानी लगा l ” पटपट पड्किने प्लाष्टिकको खोल सहितका तीन थान साडी आफ्नो काखमा देखेपछि आमा झन् बेस्सरी रुन थाल्नुभयो l म हेरेको हेरै भए l भाइ र बहिनी ओछ्यानमा निदाइसकेका थिए l बाबाले बजारबाट … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

सामाजिक कथा : बौलाही !

~कृष्ण के.सी.~ ” बौलाही !” तत्कालको अवस्थाले जुराई दिएको मेरो नाम l प्रिय अप्रिय जे भए पनि मलाई राखिएको नामसँग मेरो कुनै गुनासो छैन l बिहानको झिसमिसे देखि यो शहर ननिदाउदासम्म मलाई यही नामले पुकार्छ l बडो गजब छ यो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : बग्ने कतै ठाउँ छैन

~कृष्ण के.सी.~ आँखाबाट झर्ने आँशु,बग्ने कतै ठाउ छैन जम्छ आँशु ताल बन्दै,तर्ने कुनै नाउ छैन राखे सधै मन मन्दिरमा,आफ्नै द्यौता ठानी एक्लै बस्छु भन्यौ आज,राखौ कतै गाउँ छैन

Posted in गजल | Tagged | Leave a comment

सामाजिक कथा : बिधवा

~कृष्ण के.सी.~ हिजो जस्तै लाग्छ म उसको आड भरोसा र विश्वासमा उसको पछिपछि उसका पाइलाहरूका डोबहरूमा आफ्ना डोब मिलाउदै यो घर भित्र हुलिएकि थिए l यौवनताका सबै खुसीहरू उसको अंगालोमा नतमस्तक भएर सुम्पिएकि थिए l जुनबेला उसको भर्भराउदो जवानीको रापले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

मनोवाद : संविधानको प्रतीक्षामा म संगै मेरो देश रोइ रहेको छ

~कृष्ण के.सी.~ संबिधान निर्माणको रापिलो बहस चलिरहेको मेरो देसको हालखबर सात समुन्द्र पारीको यो देसमा रहेर पनि मैले बुझी रहेको छु l भौगालिक दुरीबाट जति टाढा भए पनि संचारको यो युगमा मेरा देसका हरेक खबरहरु जान्ने र सुन्ने मौका पाई … Continue reading

Posted in मनोवाद / स्वगत | Tagged , | Leave a comment

कथा : बिछोडका आँशु

~कृष्ण के.सी.~ आँशुलाइ द्र्ब्यमा मूल्यांकन गर्ने हो भने यसको मूल्य कति हुदो हो ? आँखाबाट खस्ने यी आशुहरुका प्रवृति हरुका आधारमा यसलाई बर्गमा विभाजन गर्ने हो भने कति बर्गमा विभाजित गर्न सकिन्थ्यो होला र हरेक बर्गको मूल्य कति निर्धारण हुन्थ्यो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा: अपमानित अस्मिता

~कृष्ण के.सी.~ बाबुको नाम नखुलेको प्रमाणपत्र लिएर विपन्नताको घरमा जन्म लिदैमा मेरा मानविय इच्छा,आकांक्षा नाखोसिनु पर्ने हो तर खोसिए । अधबैसे हुदा सम्म गरिबीमा सहनु पर्ने सामाजिक र मानसिक तिरस्कारका थुप्रोलाई जडौरीको पातलो पछ्यौरीमा पोको पारेर आज म हिडिरहेको छु … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नटुङ्गिएको पत्र

~कृष्ण के.सी.~ समयको बहाव संगै म कति बहन सके वा सकिन त्यो नीलीमालाइ सोध्न पाए हुन्थ्यो तर निलिमा छैनन् आज l बिबाहमा दुबोको माला लगाएर औठी साटासाट गर्दा खिचिएको अष्पस्ट फोटो फ्रेममा कैद भएर घरको भित्तामा झुण्डीएको छ l धुलै-धुलो,माकुराको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अनुत्तरित प्रश्नहरु

~कृष्ण के.सी.~ चौडा छाती फिजाएर सललल बगेको सलवा रोडमाथि हुइकिएको आफ्नो कम्पनीको गाडीमा म निद्राले झुलिरहेको हुन्छु । हरेक जसो दिन यही बाटोबाट ओहोर-दोहोर गर्दा देखिने विकासे गतिविधिले आधा घन्टाको यात्रामा म सधै जसो आफ्नो देशको कछुवागति विकास र राजमार्गहरूको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment