Tag Archives: कात्यायन – Katyayan

लघुकथा : सुन्दर गाउँ

~कात्यायन~ – अति नै सुन्दर गाउँमा उनीहरू पुगे | मानिसहरू पनि सुन्दर थिए | – रूख-बिरुवाहरू ढलेका-सोत्राम भएकाथिए | – नदी-नालाहरू उर्लिएर वस्ती नै उजाड भएकोथियो | – खडेरीले अन्न-पात सबै झुरुम्म भएकाथिए |

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : विज्ञापन

~कात्यायन~ – विहानै अखवार हेर्छ; त्यही विज्ञापन छ | रेडियो सुन्छ; त्यही विज्ञापन छ | विद्दुतीय संजालहरूमा, फोनमा, चिया-पसलहरूमा, चोक-नगर जताततै एकै खवर मात्र सम्प्रेषण भइरहेको थियो | जसरि विशिष्ट व्यक्तिहरूको मृत्यूमा शोक-ध्वनी बज्ने गर्थ्यो कुनै समय ! – तर … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : उर्दी

~कात्यायन~ – कुनै दिनको कुरा थियो | – उसले झ्याल बाहिर नियाल्यो – केही देखेन | केही सुनेन | बोल्न खोज्यो, बोल्न सकेन | कोही बोलेनन् | – भर्खरैमात्र उसले टीभी हेर्दै थियो | समाचार पनि सुन्दैथियो | परिवारसंग कुरा … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : पुस्ता:न्तरण

~कात्यायन~ – खै: उसको हजूर-बाले नौसिन्देमा जागीर खाँदा के-कति घर-जाम जोडे थाहा थिएन उसलाई | – नब्बे रुपैंया हात पर्दा यी सबै घडेरी जोडेको हो भनेर सुनाउंथे उसको बा |

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : संवाद

~कात्यायन~ – ऊ आज रास्ट्रिय प्रशारणको प्रत्यक्ष प्रशारित ‘संवाद’ कार्यक्रम हेर्दैछ | मन्चमा केहि ‘सुकिला-मुकिला’हरू थिए र प्रांघणमा ‘मैला-घस्रा’हरू | पहिलो संवाद : ————— – सपनाहरू देख्ने गर्नुहोस् |

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : व्यस्त

~कात्यायन~ – कुरा अनिष्टकारी भू-कम्प पछिको हो | सबैजना व्यस्त देखिन्थे | कोही चाऊ-चाऊ खोज्नमा व्यस्त थिए त कोही चाऊ-चाऊ लुकाउनमा | कोही राहत बाँड्नमा व्यस्त थिए त कोही राहत खोस्नमा | – कोही भू-कम्पले भत्किन लागेको घर कसरि भत्काउने … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : त्रि-पाल

~कात्यायन~ – “यो कस्तो साहुको फेला परिएछ !” – एउटा नाम कहलिएको साहु राति झ्याल खोलेर सत्तो-सराप गरिरहेकोथियो | संधै झैं उसको घरको पेटीमा एउटा माग्ने आनन्दले सुतिरहेकोथियो | शब्दकोषभरिको सबै नराम्रा गाली गर्दा पनि त्यो उठ्दैन | आफ्नो घरमा … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : जिम्मेवारी

~कात्यायन~ – “काँधमा थप जिम्मेवारी !” – कुनै एक-दिन सर्वदलीय सभामा हामीहरू सहभागी भएकाथियौं | थुप्रै साथीहरू आ-आफ्नै मोबाईलका खेलमा व्यस्त थिए | मेरो एकजना मित्र पनि फेस-बुकको एउटा खेलमा सम्मिलित थियो | खेलको नाम थियो, – “तपाईंको फोटो नेपाली … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : आगो

~कात्यायन~ – आँगनको अंगेनामा हामीहरू आगो फुक्न तल्लिन थियौं | – आगोमा हुर्किएका मधेशका आन्दोलनका आगोले हामीहरूलाई भान्सामा हैन, आँगनमा आगो फुक्न बाध्य तुलाएको थियो | बल्न गाह्रो मानिरहेका काँचा दाउराबाट निस्केका धुँवालेभन्दा गाँसको अभावको निरन्तरताले बढी पोलिरहेको थियो | … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : पानी

~कात्यायन~ – हिउँदको याम | ठण्डी-ठण्डी नै थियो | के.के.यू.एल.ले कायल बनाएकी मेरी श्रीमती पानीको सुरसारकोलागि मिर्मिरेभन्दा नै पहिले मिर्मिराएर धारामा झरेकी धेरै-बेर भैसकेको थियो | – सबेरै सत्तो-सराप सुन्नुभन्दा सहयोग नै गर्नु उचित ठानेर म पनि तल झर्छु | … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : बत्ति

~कात्यायन~ – साँझ परिसकेको थियो | श्रीमतीले लोडशेडिंगको तालिका सोध्नुभन्दा पहिले नै भान्सामा गएर मैन-बत्ति बाल्छु | – छोराहरू नया-पुराना पत्रिकाका पानाहरू हेर्दै हाँस्दै थिए| – यसो नियालें | कतै लेखिएका थिए – जलश्रोतको अपार धनि देश … त कतै … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : भाइरल

~कात्यायन~ – धेरै पछि कोहि आफन्तले सम्झिए पछि फोनमा कुरा गर्दै थिएँ, एक्कासि नाकमा भुसुना पर्छ र हाच्छीउं आउँछ | सोधिन्छु – रुघा लागेको छ कि क्या हो ? सन्दर्भ एक-कान दुई-कान मैदान हुँदै जान्छ, प्रसंगले नया मोड लिन्छ | … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : अभिनय

~कात्यायन~ – केही दिनदेखि सारंगीकोभन्दा पनि मीठो धून बजिरहेकोथियो मेरो पेटमा | तर यो धूनको पीडालाई चपाएर भोक मार्ने गर्थें | – ‘ खाना खाएउ ‘ भन्ने आफन्तहरूको प्रश्नले न कसैलाई तृप्त गराउँछ; न त ‘ के गर्दैछौ ‘ भन्ने … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : परीक्षा

~कात्यायन~ – कस्तो अनौठो नाम कमलको फूल! हो, फूलको हैन मान्छेको नाम हो यो| – एक्कासि श्री हराएको अनुभूति गर्छ! मनस्तापले पोले झैं मसुसुस गर्छ! सुगन्ध-विहिन् सम्झन्छ आफैंलाई ! – सत्ता, सुन्दरी र शराबको अनुभव प्रसस्तै नगरेको पनि हैन उसले| … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : कोमामा आमा

~कात्यायन~ – मलाई जन्म दिंदा पक्कै मेरी आमा कोमामा परेकी हुनुपर्छ | प्रसव-पीडाले मूर्च्छित भएको हुनुपर्दछ | – फूलले वास्ना हराएको हुनुपर्छ | वसन्त निर्जीव भएको हुनुपर्छ | समय सून्यमा विलिन भएको हुनुपर्छ | मृत्यू अचेत भएको हुनुपर्छ |

Posted in लघुकथा | Tagged | Leave a comment

सूत्रकथा : हर्षको आँसु / विष्मातको आँसु

~कात्यायन~ – ऊ पढ्नमा जेहेन्दार थियो | समयलाई आफ्नो पोल्टामा पार्यो | उच्च शिक्षा अध्ययनकोलागि अमेरिकाको कुनै प्रतिष्ठित विश्व-विध्यालयमा जान तारतम्य पनि मिलायो | – सपरिवारसहित आमा पनि विमानस्थलसम्म उसलाई पुराउन जानु भयो | विदाइको अन्तिम क्षणमा हर्षको आँसु झार्नु … Continue reading

Posted in सूत्रकथा | Tagged | Leave a comment

लघुकथा : ईर्ष्या

~कात्यायन~ – जसरि म कोमामा गएको थिएँ दश वर्ष अगाडि हो त्यसरि नै ब्युँतिए एक्कासि | – सुने र भेटें पनि मेरो साथीलाई, जो त्यहि संस्थाको सर्बोच्च पदमा विराजमान भैसकेको रहेछ, औपचारिक बधाई पनि दिएँ | जहाँ हामी दुबैले एकैसाथ … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : पत्रकार / लेखक / नेता

~कात्यायन~ – शुरूमा तीनै जना परम दुश्मन थिए; अहिले घनिष्ट मित्र ! – नेतालाई लेखक र पत्रकार चाहिने | लेखकलाई पत्रकार र नेता नभई नहुने | पत्रकार पनि लेखक र नेता नभई बाँच्नै नसक्ने | – ऊ; नेताको गुणगान लेख्छ; … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : माया

~कात्यायन~ – र, अन्त्यमा, – तिमी त साह्रै दुब्लाएछौ नि ! – उनले भनिन् | *** *** *** – समयको विराट अन्तराल पछि म आज उनकोमा गएको थिएँ | व्यस्तताले भनौं वा समयको अभाव वा स्पष्टिकरणका अन्य कारणहरू जे तेर्साए … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : आंसु र पानी

~कात्यायन~ – ऊ आंसु झार्ने कलामा निपूण थियो | – उसको आँसुमा मान्छेहरू आँसु झार्थे | आँसुमै बहकिंथे | बलिन्द्र-धारा बगाउँदै सुकसुकाउंथे | आँसुको मूल्य तोक्थे | – उसले आँसुबाटै यश-ऐश्वर्य, घर-जाम सबै जोडिसकेको थियो | पत्नी-प्रेमिकाहरूको पनि उसलाई दु:ख … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : तबेला

~कात्यायन~ – मृत घोडाको तबेलाको अवलोकन गर्नेहरूको भीड विहानैदेखि शुरु हुने गर्थ्यो | उत्साहपूर्ण अनुहारहरू फर्किएपछि नैराश्यतामा परिणत भएका हुन्थे | – “के रहेछ त तबेलामा ?” – कसैले उत्सुकता प्रकट गर्यो | – “के हुनु र ! उही लादी, … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : देश-द्रोहीहरू

~कात्यायन~ – ऊनीहरूलाई देश टुक्राउने भाषण गर्न आउँदैन | खोला-नाला बेच्न जान्दैनन् | आन्दोलनको नाममा हिंसा पनि गर्दैनन् | चेली-बेटी ओसार-पसार गर्न पनि आउंदैन | तस्कर गर्दैनन् | अमूल्य जडिबूटी, प्राचिन मूर्तिहरू, कलाकृतिहरू पनि बेच्दैनन् | – मित्र-राष्ट्रहरूलाई गालीगलौज पनि … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : तरंग

~कात्यायन~ – “म तरंगको खोजी गर्दैछु |” – ऊ चिच्याउँदै हिंडिरहेको थियो | निर्जीव मानिसहरू अट्टहास गरिरहेका थिए | – निर्झरलाई गएर छुन्छ | तरंग विद्यमान नै थियो | – शान्त तलाउमा जान्छ र सानो पतिंगर बिस्तारै खसाल्छ | ज्वारभाटा … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

सूत्रकथा : खाल्डोहरू

~कात्यायन~ – मैले मेरा सुन्दर बगैँचा मासेँ र खाल्डो खनें | – छिमेकीहरू आएर हेरे र भने – आहा ! कति सुन्दर खाल्डो ! – फर्किए पछि सबै छिमेकीहरूले पनि आ-आफ्ना बगैंचाहरू मासे र खाल्डोहरू बनाए |

Posted in सूत्रकथा | Tagged | Leave a comment

लघुकथा : किरन्टोकी

~कात्यायन~ – हामी पशुपतिनाथको पूर्वपट्टि बटर-फ्लाईको बेन्चमा बसेर दिन घटाइरहेका थियौं | आर्य-घाटमा जलाइएका लासका गन्ध भनौं या दूर्गंध, अरूहरूले झैं मैले पनि महसुस गरिरहेको थिएँ | – मृत्यूको वास्तविकताले कतै घोचे जस्तो पनि भइरहेथ्यो | चिताले कतै मेरै शरीर … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

गीत : पर्खाई

~कात्यायन~ पर्खंदै तिम्रा पाईलाहरू चाँदनी सिउर सिउरी सकें, या – शीतले रंगाई दिएँ, केश सबै फुलाउंदै मिलन कहिँ होला कि भन्ने आशा बढाउंदै सपनीको घुम्टो ओढ्दै कति रात तिमी आइदियौ

Posted in नेपाली गीत | Tagged | Leave a comment

सूत्रकथा : समर-भूमि

~कात्यायन~ – आदिम स्पार्टाकसले छरेका स्वतन्त्रता-संग्रामको बीजहरू; लमतन्न कुरूक्षेत्र झैं माझमा समर-भूमि बनेर तेर्सिएका छन् | – पारि मृग-तृष्णामा छटपटाइरहेका पाण्डपहरू झैं मृगहरू छन् | – वारि मृग-रक्तपानमा हतासिरहेका कौरवहरू झैं ब्वाँसाहरू छन् |

Posted in सूत्रकथा | Tagged | Leave a comment