Tag Archives: kabita

कविता : रङ्गमंचमा रोबोट

~नाकिमा~ जब थिचियो रिमोटको अन बटन तब तु हाजिर भयो रङ्गमंचमा रोबोट । रिमोटको पहिलो बटन थिचियो र रोबोटले सिउरियो-

Posted in कविता | Tagged | Leave a comment

कविता : उज्यालोको चौकीदारी

~कृष्ण प्रसाई~ त्यतिखेर, सम्पूर्ण ताताहरू हराएका थिए । समस्त उज्यालाहरू बिलाएका थिए । र समग्र न्यानाहरू चोरिएका थिए । समान न्यानो बाँड्ने सुर्य समेत सेलाएको थियो । जसको उपस्थितिमा, चिसोको अस्मिता स्वयं टुहुरो हुने गर्दथ्यो ।

Posted in कविता | Tagged | Leave a comment

छोक : छायाँ र स्वार्थ

~चन्द्र बिर तुम्बापो~ छायाँ र स्वार्थ पछयाइरहन्छ उज्यालो अध्यारोलाई

Posted in कविता | Tagged | Leave a comment

कविता : चिहान उठ्छ

~सबिना सिन्धु~ क्रान्तिको रक्तरन्जित खोलो फेरी बौरिएर मुटुको ढिक्कामा परिवर्तन हुन्छ र चिहान उठ्छ, हतियार बोकेर मान्छे मान्छे भएर उठ्छ । न्यायको खातिर मान्छे इतिहास भएर उठ्छ सत्यको खातिर ! पाखण्डी इजलास फेरी विस्थापित हुन्छ जे होस् चिहान उठ्छ । … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सन्त्रास

~राधेश्याम लेकाली~ अनिर्णयको बन्दी भएर राज्य स्वयम् तरबार लिएर युद्ध मैदानमा उत्रिएको छ किमकर्तव्यविमुढ सर्वसाधरण टुडिखेलको पर्खाल बाहिबाट घोडे जात्राको गोला बारूद अवाक् हेरिरहेछन्

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा

~राधेश्याम लेकाली~ यो विस्मृतिको चट्टाने पानाहरू पल्टाएर आमा ! तिमीलाई भिष्म पितामहको मनले सम्झिरहेछु सयौँ ताराहरूमा तिमीलाई चम्केको देखिरहेछु स्वच्छ बहने हावामा तिमीलाई महसुस गरिरहेछु सूर्यको उज्यालो र न्यानोमा तिमीलाई नै छामिरहेछु आमा ! तिमी आदारका साथ मनभित्र सजिएकी छौ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : दशैं

~राधेश्याम लेकाली~ दशैंमा नयाँ लुगा र जुत्ता होइन गह्रँगो ‘रिन’ किन्छ र बोक्छ मान्छे दशैंमा भोज होइन रिनै रिन खान्छ मान्छे शक्ति र सामथ्र्यको प्रदर्शन यसरी गर्छ कि अन्त्यमा यसैले थिचिएर थला पर्छ मान्छे साहु कहाँ उज्यालो बन्धकी राख्दै आफू … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म जुत्ता हुँ

~नारायण तिवारी~ म जुत्ता हुँ कोही लगाउँछ म मर्दछु – कोही फेरि लगाउँछ · · खिइनु पनि मर्नु हो म खिइँदै मर्छु घिर्सार्छन् मलाई मेरो नाम नमेटिउञ्जेल पर्छार्छन् मलाई …

Posted in कविता | Tagged | Leave a comment

कविता : अभिभावक, म र सम्झना

~मणि भद्र गौतम~ एक दशक र एक वर्षबितिसके म मेरी आमाको काखमा नबसीकन; आमा, आमा, आमा ए ! मेरी प्रिय आमा हजुर यतिका वर्षम्म कहाँ ? एक काल्पनिक जम्काभेटमा प्रत्येक वर्षम हजुरलाई यता उति बसिरहेको देख्छु, तर जब मिर्मिरे बिहानी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बुझाइहरूको क्यानभास

~कुमार आले~ तपाईंलाई कुन रङ्ग मनपर्छ ? रातो, तपाईंलाई ? सेतो, पहेंलो, तपाईंलाई नि ?

Posted in कविता | Tagged | Leave a comment

कविता : भीडहरूमा एक्लो यात्रा गरिरहेकी नोरा

~गीता कार्की~ हुनसक्छ नोरा यही कतै होस् आहतदेखि आहतसम्मको यात्रामा आफूलाई सडकमा ओछ्याएर आफै गाडी कुदाइरहेकी होस् दन्त्यकथाको शिशिरजस्तै हराएकी होस् अर्कै भूगोलमा सायद इब्सेनका आँखाहरूमा

Posted in कविता | Tagged | Leave a comment

कविता : ध्वजाको गीत

~अनन्तप्रसाद वाग्ले~ हररात धर्तीमा र्झछ र निर्विध्न लडिबुडी गर्छ जून पानीमा, माटोमा, जङ्गलमा, हिमालमा प्रत्येक बस्ती मैलिएको छ हरेकको मन धस्सिएको छ को निदाउन सक्छ जूनको चित्कारले घोच्ताघोच्तै

Posted in कविता | Tagged | Leave a comment

कविता : थाकेको म

~राजेश्वर कार्की~ जब कहीँ फूल र्झछ म शोकमग्न हुन्छु जब मेरो घाम डुब्छ म रातग्रस्त हुन्छु र हिँड्दाहिँड्दै थाकेको, म

Posted in कविता | Tagged | Leave a comment

छोक : दन्त्यकथाको राक्षस

~राजेश्वर कार्की~ उहिले-उहिलेको दन्त्यकथामा पहाड उखेल्दै नदी सुकाउँदै सखाप पाथ्र्यो रे यस धरतीको राक्षसले तर अहिले

Posted in कविता | Tagged | Leave a comment

कविता : इलाम

~राजेश्वर कार्की~ इलामले जुन बेला चिया रोप्यो त्यस बेला उसले देशलाई सम्झयो र देशलाई चियाबगान बनाउने सपना देख्यो इलामको परिचय त हरियालीमा खुल्दै गयो तर देश झन् उजाडिंदै/रित्तिंदै गयो देश- कतै परिवेशमा रित्तियो कतै भावनामा रित्तियो कतै संवेदनामा रित्तियो कतै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जाजरकोट

~मोमिला~ प्रिय सम्बोधन ⁄ तिमी जहा उभिएर मेरो पुर्खा सहिद भएको इतिहास सोधेथ्यौ भेरीलाई म वारिबाट तिमी उभिएको इतिहास सोधिरहेछु यतिखेर तिमी सहिद भएको इतिहाससंगै

Posted in कविता | Tagged | Leave a comment

कविता : अर्धसत्यमा पीडा

~मोमिला~ हरेक सांझ उज्यालो मबाट गुज्रिन्छ तर मसंग उज्यालो रहन्न … हरेक बिहान एउटा आशा नबल्दै मेरो आंखामा निभ्छ यसैले कि-

Posted in कविता | Tagged | Leave a comment

कविता : तारा बलेको रात

~मोमिला~ मेरो कविताको रोमान्टिक मुर्र्च्छना यो रात शब्दको किनारबाट भागेर, म- तिम्रा वक्ररेखाहरूको भुमरीमा फसेको छु यतिखेर मलाई भुमरीको ठोक्कर र गहिराइ दुवै प्यारो लागेको छ शब्दसंग शब्दको टक्करमा केवल शब्दकै आविष्कार

Posted in कविता | Tagged | Leave a comment

कविता : फूलको बिम्ब

~मोमिला~ शून्यबाट फूलको बिम्ब झरेको छ पत्थरको बस्तीमा कांडा र फूलको दूरी नजिक भएर पनि कत्ति टाढा र मौन लाग्छ एउटै बिछयौनामा

Posted in कविता | Tagged | Leave a comment

कविता : पुस्ता देखि पुस्ता सम्म

~मनु लोहोरुङ राई~ ‘मेरो च्याब्जुले फाँडेको खोरिया’लाई च्याब्जुकै छिमेकीले खेत बिराए पछि मेरो बाजेको अस्तित्व छेउ लागेको हो जब बाजेको अस्तित्व छेउकटुवा भएर बाँच्दै थियो, ‘जिन्दगी’हरु बर्मा भएर बाँचे/ बर्मा भएर मरे |

Posted in कविता | Tagged | Leave a comment

कविता : खोला

~कुन्ता शर्मा~ खोला मौन थियो शरद पूर्णिमाका जुलेनीहरू खेल्न पाएनन् छातीमा नीर निलिमायुक्त आकाश अटाउन पाएन वक्षमा खोला निःशब्द थियो, क्लान्त थियो खोला व्यथित थियो, मरणान्त थियो । विकृतिहरूले पत्रपत्र भएर छोपिदियो यसको छाती

Posted in कविता | Tagged | Leave a comment

खण्ड काव्य : सौदामिनी

~रामप्रसाद दाहाल~ मेरी सौमी चंचल थिई, सुन्दर थिई, अबोध थिई तर सौदामिनी जस्तै क्षणमै गई । सौदामिनी                                               … Continue reading

Posted in खण्ड-काव्य | Tagged | Leave a comment

कविता : एक धर्को सिन्दूर

~राज थापा~ एक धर्को सिन्दूरको केभर छर ? जीबनको यौवन सँगै मौलाएको कुरकुरे बैशमा जोडी बाँधीएको प्रमाणीत गर्थ्यो सिउदोको सिन्दूर

Posted in कविता | Tagged | Leave a comment

कविता : बालुवा गिटी

~गोविन्दप्रसाद आचार्य~ बालुवा गिटी जंगल पानी मान्छेको पसिना माटो र ढुंगा जरा र बुटा पार्दियो असिना त्यो ठूलो देशले यो सानो देशलाई के विधि सतायो उसैका दलाल सिंहदरबारमा हुलकाहुल पठायो (१) मुटु नै पिरो भएर आउँछ यी पहाड भत्काउँदा बालुवा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : यो रात

~ज्योति जंगल~ अध्यारोको साङ्लोमा लमतन्न बेहोस छ, र निशब्द निदाएको बहाना गर्छ यो रात हज्जारौं सपनाहरु हज्जारौं तलाका महल उक्लन्छन् बन्द आँखामा, कोशौं टाढाको मित्र सेकेण्डभर छेवैमा आइपुग्छ टाउकाको क्षितिजमा उडेर । खै देवताहरु के गर्छन् ?

Posted in कविता | Tagged | Leave a comment

कविता : त्रासदी गाथा

~सरुभक्त~ चिसो मरुभूमिमा ध्वजावाहक काला जादुगरहरु इन्क्युवेटरमा वालुवाका सपनाहरु कोरल्दैछन् अपधर्मका पैगम्वरहरु कुहिरोको सुरुङभित्र पसेर मरुद्यान – ओयसिस तृष्णाका पूmलहरु फुलाउँदैछन् ठिंगुराभित्र वालुवाका मान्छेहरु अल्झिरहेछन् जिन्दगीका प्रायोरीहरु अकालमुखे बच्चाहरु प्लाष्टिकका दूधेमुन्टा चुस्दैछन् सोनीहरु कविता खोज्दै रारा पुगे

Posted in कविता | Tagged | Leave a comment

कविता : मान्छे भनेको …

~सरुभक्त~ ब्रह्माण्डमा महाविस्फोट छः देशमा वमविष्फोट छ पहाडहरुका मन भैचालाका शान्तिहरु रोएका छन् हेर ! हेर ! असनका साँढेहरु फ्रायडका दुःस्वप्नहरुमा यौनाङ्गवादी प्रेमरचना गर्दैछन् डेथ जोनः खरपसकालीन मनस्थितिमा चराहरु वसाइसराइ गर्दैछन् दाँतेका दैवी सुखान्तहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : पहाडहरुको मृत्युः घाटेवैद्यहरु

~सरुभक्त~ पहाडहरुको मृत्युः घाटेवैद्यहरु रगतका वीभत्स छिटाहरु पोतेर प्रेमपत्रहरुको तस्करी गर्दैछन् फेरि युद्धविराम फेरि युद्धका सन्त्रासहरु दुर्दान्त वैताल तालहरु वन्दी वेपत्ता अनुष्ठानः मण्डलेदेखि कमण्डलेसम्म दिमागमा खाक्सी लाएर सफाया अभियान चलेको छ उः ! सभ्रान्त भूतवङ्गलावासीहरु सधैं गोलमेच सम्मेलनका तयारीमा छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : विस्मयबोधक

~बिमल पुन~ अचम्म लाग्छ मलाई , हिजो आजका बुद्धिजिवीहरुलाई देख्दा किन चुप लागेरै बस्छन् अरुले लुम्विनी नेपालमा पर्दैन भन्दा दङ्ग लाग्छ मलाई स्वतन्त्र देशभक्तहरुलाई देख्दा

Posted in कविता | Tagged | Leave a comment

कविता : म एक्लो छु

~चकेद्र राई “कैदी”~ म माटो भएर ढुङ्गा सँगै टाँसिन जानिन ……। किनार भएर नदी सँगै गाँसिन जानिन……। अन्यायको जातोमा मकै सरी पिसिन जानिन……। आकाश भएर क्षितिज सँग मिसिन जानिन……। त्यसैले…. म एक्लो छु , नितान्त एक्लो ! न बुढो राजनीतिक

Posted in कविता | Tagged | Leave a comment

कविता : दुख्यो

~कोमल प्रसाद श्रेष्ठ मल्ल~ म र मेरो कर्तव्य के हो ? सिकाउने एउटा पाठशाला चाहियो, बन्द, हडताल, आगजनी र चक्काजाम, लुटपाट, हत्या, दमन, तोडफोड र हानाहान निस्तेज गर्ने, एउटा वधशाला चाहियो किनकि, एउटा कुर्ची दुख्यो, निरन्तर दुख्यो, निरन्तर दुख्यो ….

Posted in कविता | Tagged | Leave a comment

छोक : नेपालको छोरो !

~सुप्रिया गुरूंग~ दिनभरी बिदेशी कम्पनिमा खटिएर थाकेको शरीरमा जोस र आश भर्दै, जन्मभुमिलाई सम्झदै , ऊ निदाउन बिर्सन्छ, अराम गर्न बिर्सन्छ, त्यो अन्धकारमय रातहरुमा पनि

Posted in कविता | Tagged | Leave a comment