Tag Archives: Haribansha Acharya

व्यङ्ग्य कविता : खुट्टा-मन संवाद

~हरिवंश आचार्य~ मन- ए खुट्टा ! हिँड्न त्यहाँ परसम्म जाऊँ खुट्टा- हैन अबेर भो अब हामी घरतिर जाऊँ मन- त्यहाँ गएर केटी हेरौं न खुट्टा- बरु घरमै गएर आराम गरौं न मन- त्यहाँ गएर ‘इस्क’ लडाउन खुट्टा- मनतातो पानीमा खुट्टा … Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

समीक्षा : हरायो हाँसो

~हरिवंश अाचार्य~ हास्य र व्यंग्य भनेको जेरी र स्वारी जस्तै हो । स्वारी मात्रै देख्यो भने जेरीको याद आइहाल्छ, जेरी मात्रै देख्यो भने स्वारीको याद आउँछ । हास्य र व्यंग्य भनेको अलिअलि हामी ‘मह’ जोडी जस्तै पनि हो, मदन कृष्णलाई … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

संस्मरण : पर्दामा आमा बन्दा

~हरिवंश आचार्य~ सानो छँदा म छिमेककी आमैले बोलेको, कराएको सुनेर बस्थें र त्यसको नक्कल गरेर साथीभाइलाई हँसाउँथें। त्यसको धेरैपछि मदनकृष्ण दाइसँग एउटा दोहोरी गीत बनाउने योजना बन्यो। दोहोरीमा केटा र केटी हुनुपर्नेमा मैले बूढा–बूढी राखौं भनेर प्रस्ताव गरें। मदन दाइले … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : एउटा खसीको आत्मकथा

~हरिवंश अाचार्य~ म खसीले मजस्तै कुखुराको विषयमा जोक भनेको सुनेको छु । कुखुराको चल्लाले माउ कुखुरासँग सोधेछ, ‘ ममी मान्छेको चाहिँ सबैको नाम हुन्छ, हाम्रोचाहिँ किन हुँदैन ?’ माउ कुखुरीले जवाफ दिइछन्, ‘मान्छेको चाहिँँ जिम्दो हुँदाखेरि नाम राख्छन्– राम, श्याम, … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : देश नेपाल

~हरिवंश अाचार्य~ एउटा आँखाबाट मेरो मधेस रोइराछ । अर्को आँखाबाट मेरो पहाड बगिराछ । आँखा दुइटा भए पनि छाती एउटै छ नि । दुई आँखाकै मूल फुटेको छातीभित्रै हो नि । मधेस, पहाड छातीभित्र नेपाललाई हालौं । छातीभित्र घाउ छ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : बाँदर

~हरिवंश आचार्य~ बाँदर हर्ता, बाँदर कर्ता, बाँदरकै छ प्रशासन! यो देशमा मान्छेको कैले, देख्न पाइएन सासन!! च्याँ च्याँ, चुई चुई, ङयार्र ङुर्र, सँधैको छ झगडा! त के बाँदर, म पो बाँदर, त भन्दा म तगडा!!

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : अर्को जन्ममा म देवता हुन्छु

~हरिवंश आचार्य~ अर्को जन्ममा म देवता हुन्छु, देवताहरूलाई मान्छे बनाउँछु अर्को जन्ममा म देवता हुन्छु, देवताहरूलाई मान्छे बनाउँछु तिमीहरुको चिना म आँफै लेख्छु, भएजति दशा तिमीहरूलाई खनाउछु सानो छँदै टुहुरो बनाउँछु, जन्मस्थलबाट उठीबास लगाउँछु मेरो मन्दिर घुम्न लगाउँछु , भजन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमीलाई सम्झँदा

~हरिवंश आचार्य~ तिमी बिरामी पर्थयौ, म कुरूवा बस्थे। कति आनन्द लाग्थ्यो, म सँगै हुन्थे।। हेरेर घडी, खुवाउँथे ओखती। त्यो दिन सम्झदा, प्यारो लाग्छ अति।।

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : चौथो डिभिजन

~हरिवंश आचार्य~ अहिले पनि एसएलसीलाई फलामे ढोका भनिन्छ । त्यतिखेर मजस्ता मध्यम वर्गका मान्छेको उद्देश्य एसएलसी पास गर्ने, नाइट अथवा मर्निङ कलेज पढ्ने अनि एउटा खरिदारको जागिर खाने हुन्थ्यो ।

Posted in संस्मरण | Tagged | Leave a comment

पुस्तक अंश : जन्मघरबाट बिदा

~हरिवंश आचार्य~ दिदीभिनाजुहरु आफूले सकेको माया गर्थे । सानिमा र दाइहरु पनि माया गर्थे तर दिनले हामीलाई माया गरेन, भाग्यले माया गरेन । घर जीर्ण बन्दै गयो । दलिन मक्काए, फेर्ने पैसा थिएन । इँटमा सोडा लागेर फुसफुस आउने भइसकेको … Continue reading

Posted in पुस्तक अंश, संस्मरण | Tagged | Leave a comment