Tag Archives: दिनमान गुर्मछान – Dinman Gurmachan

कथा : नीलो गुलाब

~दिनमान गुर्मछान~ वास्तवमा उसलाई गुलाबको फूल दिने मेरो रहर थियो । भन्नुहोला- यो रहर त सबैको हुन्छ । रातो गुलाबको फूल त सबैले दिन्छन् नि ! म अलि फरक रङको दिन चाहन्थेँ । साथीभाइको सल्लाहअनुसार, मैले नीलो गुलाब दिने मनशाय … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सरको घडी

~दिनमान गुर्मछान~ बिहानै मोबाइलमा आएको मेसेजले अक्क न बक्क बनायो। घनश्याम सर बित्नुभएछ! मैले तुरुन्त वीरेलाई फोन गरेर सोधें, “साँच्चै हो?” “घनश्याम सर रहनुभएन…”, उसले रुन्चे आवाजमा भन्यो। पक्का भएको खबरले मनलाई उद्वेलित बनायो। आँखा रसाए। स्कूलमा राष्ट्रिय गानको बेला … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : घुर

~दिनमान गुर्मछान~ पुस लागेपछि चिसो महँगी झैं ह्वात्तै बढेको थियो। यो चिसोमा बाँच्न सकिन्छ के? मानिसहरू भन्न थालेका थिए। हुनेहरू बाक्लो लुगामा न्यानो भएर बस्थे। नहुनेहरू साँझ्सँगै कक्रिंदै जान्थे। भगिराम मुसहरले हरेक साँझ् चिसो भगाउन पिउने उपाय निकालेको थियो। अरू … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पुरुष

~दिनमान गुर्मछान~ ऊ कोठाभित्र छिर्‍यो । आज पनि ऊ थकित देखिन्थ्यो । अनुहार निचोरिएको झैं थियो । उसको उदास र मलीन अनुहारले म झन् निराश भएँ । केही सोध्नै सकिनँ । ऊ सरासर आएर खाटमा पल्टियो । पल्टिनासाथ निदायो । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सुन्तली

~दिनमान गुर्मछान~ बिहानैदेखि ऊ काममा तल्लीन छे। ऊ पूर्वमा लालिमा छाउन नपाउँदै जुरुक्क उठेर घरधन्दामा लागेकी थिई। उषाको लाली आँगनमा छरिँदानछरिँदै ऊ घरबाहिरको काम, गोठको काम सिध्याएर चुल्हामा पुगिसकेकी थिई। बारीको कान्लामा भएको फर्सीको लहराबाट मुन्टा टिपेकी थिई। त्यही केलाइवरी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अँध्यारो घाम

~दिनमान गुर्मछान~ जुगल केवट बिहान सबेरै उठ्यो । उसको सधैंको उठ्ने समय नै यही हो । ऊ उठ्दा बाहिर घाम लागेकै थिएन । नीमको दतिवनले दाँत माझ्न थाल्यो । घरको बलेसीमा सिउरिएको दतिवन झिकेको थियो । त्यही दतिवनले काम चलायो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एउटा गर्व

~दिनमान गुर्मछान~ फेरि छोरी जन्मिई । म अस्पतालको बेडमै छु । प्रसवपीडाबाट थाकेकी छु । फेरि छोरी जन्मिएकीले मनभित्र आँधी आएको छ । मलाई त छोरा वा छोरी जे जन्मिए पनि उस्तै । आखिर मेरै सन्तान न हुन् तर घरमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आउँछ बिहानी

~दिनमान गुमछान~ धुलाम्मे सडक छिचोल्दै गाउँको मध्यभागमा हामी पुग्यौ“ । मंसिरको जाडो यामको घाम चहकिलो थियो । सडकको दुई छेउ तराईवासीहरूको खपटाले छाएको छाना भएका घर देखिन्थे । एउटै हारमा झुरुप्प परेका घर माटाले लिपिएका थिए । रामनगर चिनीमिल पनि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : छाडेको फूल

~दिनमान गुर्मछान~ सुधालाई देखेँ, अचानक । ऊ मेरै अगाडि मतिरै लम्किदै थिई । अब त उसले पनि मलाई देखी । हाम्रा आँखा चार भए । म अडिएँ । धेरै पछि भेट्दैछु उसलाई, चार वर्ष भइसक्यो क्यारे । ‘सुबोध तिमी ? आज अचानक भेटियौ । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पराजित

~दिनमान गुर्मछान~ ऊ आफ्नै ओछ्यानमा छटपटिरहेको छ। छटपटिनु उसको पीडा हो। उसले बुझेको छ। यो छटपटाहट उसको अनुभवमा धेरै दिनदेखिको हो। ओछ्यानमा ऊ सुतिरहेको त थियो तर उसका आँखा आधा खुलेकै थिए। ऊ सिलिङ्मा झुन्डिरहेको पंखालाई ताकिरहेको थियो। पंखा स्थिर थियो, … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : त्यो रात

~दिनमान गुर्मछान ‘दिगु’~ रात छिप्पिदो थियो सायद चुक घोप्टिएझैँ गरी । तपाईंको कोलाहलमय सहरमा वल्ल ध्वनि प्रदूषणको मत्थरताले स्थान पाउँदै थियो होला । हो त्यहीँ समय एकादेशको कुनै सहरको एक कुटीमा मलाई छिटो पुग्नु थियो ।

Posted in नेपाली कथा | Tagged | Leave a comment