Tag Archives: DeepShikha

कविता : लड्ने तयारी गरे हुन्छ

~दीपशीखा~ मेरो ठाँउ मन नपरे तिमी नआए हुन्छ मेरो गाँउ निको नलागे तिमी गए हुन्छ राम्रो-नराम्रो त भन्न पाउला तिमीले जान्ने पल्टेर अर्ति नसुनाए हुन्छ मेरो गितको स्वर तिम्र्रो जस्तो हुदैन साखिलो पल्टेर यस्तो गाउ नभने हुन्छ मेरो माटो मलाई … Continue reading

Posted in कविता | Tagged | Leave a comment

मनोवाद : कान्छा ! आजपनि गाउँ त रातै होला हगी !

~दीपशीखा~ कान्छा ! तिमी त आराम हौला पहाडहरुमा ! तिमी तकुशल हौला स्याउले झुपडीहरूमा । भर्खर भुल-भुले मुहान पानीमा तिम्रो आँत शितल होला । ठेला उठेका हातले उब्जेको श्रमको गाँसमा तिमी त पवित्र हौला । आज पनि देखिन्छ होला नसिङ्ग … Continue reading

Posted in मनोवाद / स्वगत | Tagged , | Leave a comment

पुस्तक समीक्षा : रात फुलेको याम : ‘जनयुद्ध’को आँखीझ्याल

~किरण दहाल~ २०६२/६३ सालको जनआन्दोलन पश्चात देशमा केही ठूला परिवर्तन भए ।गणतन्त्रको घोषणा भयो । धर्म निरपेक्षता र संघियता संविधानमै उल्लेख भयो । यो  परिवर्तनको  जगका  रुपमा  दशबर्षसम्म  युद्ध  लडेको  तत्कालीन  पार्टी  नेकपामाओवादीको युद्धमाथि धेरै दस्तावेजहरु लेखिइसकेका छन् । उसका राजनीतिकउतारचढाव पनि सतहमा आइसकेको छ । तर, युद्ध–कौशलका कैयौं रहस्यहरुमाअहिले पनि धेरैको चासो छ ।चासो राख्नेहरुलाई थाहा छ, त्यो युद्ध केटाकेटीकोभेट्टाईभेट्टाई खेलजस्तो थिएन । आखिर  कस्तो  थियो  त  त्यो  युद्ध ?  काठमाण्डौंका अभिजातहरुको  मूल्याङ्कनभन्दा  त्यो  कति  र  कुन  अर्थमा  फरक  थियो ?  यस्ता प्रश्नहरुको उत्तर पाउन सकिन्छ, दीपशिखाको उपन्यास ‘रात फुलेको याम’मा ।

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment