Tag Archives: Cham Gurung

गुरुङ लोककथा : वोम्लु

~सङ्कलन : छम गुरुङ~ उहिले शिकार जुगमा, यो संसारमा मरेको र जिम्दो मान्छे सँगै एकै बाटो हिँड्थे, शिकार खेल्थे, सुत्थे पनि सँगै। को मरेको को जिम्दो फरक छुटिँदैनथे, मृत्युको खासै अर्थ थिएन। साप्ता र सिप्ताबीच ङेँनढुक (बिहेकुटुम्ब) हुन्थ्यो। साप्ता ढुङ्गाबाट … Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

कविता : सियोको टुप्पो

~छम गुरुङ~ म भीडमा बसी आफ्नै अनुहार सम्झेर चुइँगम चपाइरहेछु केही न केही सोचिरहेछु डर लाग्छ मलाई सबसे डराउनेसँग डर लाग्छ भीडमा नाजुक बेलुन बन्छ अनुहार पनि परिचयहीन कथा नमारिने कवितामा पनि गतिहीन डरले गल्ती गर्छु

Posted in कविता | Tagged | Leave a comment

कविता : आवाज

~छम गुरुङ~ आफैंभित्रको— रगत बगाइएको आवाज म सुन्न सक्दिनँ गिदी चलेको आवाज सुन्न सक्दिनँ लाखौं कोशिकाहरू मर्दै रोएका आवाज सुन्न सक्दिनँ आँसु उम्लेको आवाज सुन्न सक्दिनँ वर्षौं जेल भोगी बाहिरिएको कैदी झैं निस्किने

Posted in कविता | Tagged | Leave a comment

कविता : कुनै पनि समयमा

~छम गुरुङ~ कुनै पनि समयमा सोच्न पाइन्छ सोच्छु म जसरी पनि सोच्न त पाइन्छ । बीच बाटोमा सोचिँदैन, छेउछाउ हिँडिरहेछु पहिलोचोटि गुच्चा हानेको माझी औँलाझैँ अप्ठ्यारा पाइला साथ छन् ।

Posted in कविता | Tagged | Leave a comment