Tag Archives: Biwash Pokhrel

यौनकथा : भग्नकुण्ड र माछो

~विवश पोख्रेल~ उफ्‌ । फेरि अस्पताल । उही फोहर ओछ्यान, उही दुर्गधित कोठा । ऐया, आत्थाको आर्तनाद । कहिले मुक्ति पाइने हो यो सिलसिलाबाट । कृतिका ओछ्यानमाथि पल्टिएकी छे र सम्झिरहेकी छे आफ्नो जीवन, दुःख-सास्ती । सुस्त घुमिरहेछ उसको कष्टप्रद … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : समयबिम्ब

~विवश पोखरेल~ धुमिल वातावरणसँगै निर्निमेष अन्योलिएका आँखालाई फराकिलो सडक बनाएर अनवरत हिंडिरहेछ समय विना अवरोध र विना पूर्णविराम

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवन र देश

~विवश पोखरेल~ समयको एउटा अप्ठ्यारो मोडमा उभिएका बेला उसले मसँग सोधी– ‘तिमी जीवनलाई कति माया गर्छौ ?’ मैले भनें– तिमीले जति ! उसले फेरि सोधी– ‘अनि देशलाई ?’ मैले फेरि भनें– तिमीले जति !

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : मोरङ जिल्लाको सङ्क्षिप्त साहित्यिक परिचय

~विवश पोखरेल~ मोरङ जिल्ला राजनैतिक, आर्थिक, सामाजिक, शैक्षिक औधोगिक क्षेत्रमा मात्र नभएर भाषा साहित्य र कला संस्कृतिका क्षेत्रमा पनि समृद्ध जिल्ला हो । जसले एउटा आफ्नो बेग्लै अस्तित्व र गरिमा बोकेको छ । विशेषतः आजको मेरो विषय मोरङ जिल्लाको सङ्क्षिप्त … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

कथा : शुभयात्रा -अविनाश ! शुभयात्रा !!

~विवश पोखरेल~ एक्कासि झस्किएँ म । बसपार्कनजिकको सडकछेउमा र्दुइ तीनवटा बेडिङ र असरल्ल सामानको आडमा उत्तानो पल्टिएको थियो अविनाशको नामअङ्कित साइनबोर्ड – अविनाश शर्मा । हेल्थ असिस्टेन्ट, टी यू । अविनाश यहाँ कसरी आयो ? एउटा कौतूहलले पखेटा हाल्यो मभित्र … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : स्नेह-अस्त्र

~विवश पोखरेल~ ‘सर हजुरलाई भेट्न एकजना ‘लेडी’ आउनु भएको छ ।’ खबरले केहीबेर सोचमग्न भएँ म । ‘को आई ? विवाहित कि अविवाहित ?’ विभिन्न आशङ्र्काले पखेटा हाल्यो मभित्र । एकाएक केही बेरसम्मको मेरो प्रफुल्ल अनुहारमा डम्म बादल लाग्यो । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जिन्दगीको नबुझेको अर्थशास्त्र

~विवश पोखरेल~ “ओ हो स।र, लु बसौ“, हेर गर्मीले †” अफिस पुग्नासाथ सधै“झै“ वस्ती सरका अगाडि कृपानाथले कर्ुर्सर्ीीाखिदियो । उनी पसिनाले न्रि्रुक्क भिजेका थिए । उसले फेर िथप्यो- “अनि सर † आज पनि साइकलमै †” “साइकलमा नै, यी हेर न … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रमिता

~विवश पोखरेल~ दैनिक प्रक्रिया फेरि सुरु भएको छ। ऊ पुनः उही थोत्रो साइकल लिएर अगाडिको चौरीमा देखापर्छ। अब केही छिनपछि ऊसँग साइकल सिक्ने विविध अुनहारहरू देखा पर्नेछन्। फरक–फरक अनुहार, अनुहारमा एकरूपता छैन। आइतबार एउटी, सोमबार अर्की, मंगलबार अर्की, सुश्री र … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : शकुनिको खालमा द्रौपदी

~विवश पोखरेल~ चीरहरण गरिरहेछन् कौरवहरू पाण्डवहरू रमिता हेरिरहेछन् कृष्ण ! किन मिल्काउँछौ तिमी समुद्रजस्तै कहिल्यै नटुंगिने सुरक्षाको रंगीन साडी ? हुन देऊ, तान्न देऊ निर्वस्त्र देखाउन चाहन्छु म यी पाण्डवका रोहवरमा आफ्ना शरीरका प्रत्येक अंगप्रत्यंग उत्तेजित मनहरूले खेलून् उन्मादका रंगीन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सालिक

~विवश पोखरेल~ व्यस्त चौबाटोमा- मौन निःशब्द र स्थिर ठिङ्ग उभिएको थियो एउटा सालिक । जसको ओठमा – ढकमक्क फुलेको थियो दम्भको गुलाबी फूल अनुहारमा पोतिएको थियो कृत्रिमताको ओजस्वी आभा जड सालिकको प्राण प्रतिष्ठा गर्दै ठड्याउनेहरूले उत्साहका झ्याली पिट्दै

Posted in कविता | Tagged | Leave a comment

कविता : ऊसँगको भेटमा…

~विवश पोखरेल~ व्यस्त सहरको एउटा कुनामा अनायास भेटें उसलाई मलाई देखेपछि एकाएक लजाई एक छेउमा सियो राखेकी रहिछे अर्का छेउमा– चाइनिज ब्याट्री, ग्यास लाइटर र केही चुरोट सलाई सोधें ठूली, कसरी चल्दैछ जीवन मुसुक्क हाँस्दै भनी उसले

Posted in कविता | Tagged | Leave a comment

कविता : अन्योल छोरीसँग

~विवश पोखरेल~ अचम्म देखिरहेछु विद्वान्हरू मागिरहेछन् प्राज्ञसत्ता ! भेँडाच्याङ्ग्राझैँ डोर्याउँदै बानर र सुग्रीवहरूले- निर्लज्ज चराइरहेछन् विद्वतालाई । विचित्र संयोग- यस बेला मेरी सानी छोरी सोधिरहेकी छ मसँग बाबा ! मेरो नैतिक शिक्षा हरायो म कुन किताब पढूँ ?

Posted in कविता | Tagged | Leave a comment

कविता : बाँदर आतङ्क

~विवश पोखरेल~ आफ्नै घर भत्काएर एक हुल बाँदरहरू शहर पसेका छन् खबरदार मान्छेहरू घर बाहिर ननिस्कनु फेरि कफ्र्यु लाग्नसक्छ अनाहक बाँदर आतङ्कले एउटा शान्त बस्ती तहसनहस हुनसक्छ पुनःअसङख्य छोराहरू– अनायास हराउन सक्छ ।

Posted in कविता | Tagged | Leave a comment

गजल : घाइते अचेल जिन्दगानी भएको छ

~विवश पोखरेल~ घाइते अचेल जिन्दगानी भएको छ रगत खोलाको पानी भएको छ। हिंसामा कठोर ढुङ्गा भएपछि मुटु पीडा सहने अनौठो बानी भएको छ।

Posted in गजल | Tagged | Leave a comment

बाल कविता : ज्ञानी छोरो

~विवश पोखरेल~ सधैँ स्कुल जान्छु भनेको म मान्छु जे जे दिनुहुन्छ आमा ! त्यही कुरा खान्छु । खेल्ने बेला खेल्छु पढ्ने बेला पढ्छु भविष्यको चुचुरीमा नबिराई चढ्छु । सानो ठूलो कसैलाई

Posted in बाल कविता | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : महाकल्याण

~विवश पोखरेल~ रातो कुर्सी, नीलो कुर्सी, पहेँलो कुर्सी, सेतो कुर्सी, कालो कुर्सी । भाइ कुर्सी, भतिजो कुर्सी, भाञ्जो कुर्सी, सालो कुर्सी, साली कुर्सी । नरम कुर्सी, कडा कुर्सी, सानो कुर्सी, ठूलो कुर्सी । अप्रत्याशित प्राप्त यही कुर्सीका प्रतापले कैयौं अदक्ष … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : एउटी नगरवधुको डायरी

~विवश पोखरेल~ प्रत्येक साँझसँगै सुरू हुन्छ मेरो जीवनको दिनचर्या जब सहर बल्छ/म निभ्छु जब झलमल्ल रात फुल्छ म ओइलिन्छु मोलमोलाइको बजारमा जोसँग जे छ, त्यही बेच्ने त हो किन्नेहरू किन्छन् त म के गरूँ ? यो नगरमा– सधैं बेइमानहरूको स्वागतार्थ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : स्नेह-अस्त्र

~विवश पोखरेल~ ‘सर हजुरलाई भेट्न एकजना ‘लेडी’ आउनु भएको छ ।’ खबरले केहीबेर सोचमग्न भएँ म । ‘को आई ? विवाहित कि अविवाहित ?’ विभिन्न आशङ्र्काले पखेटा हाल्यो मभित्र । एकाएक केही बेरसम्मको मेरो प्रफुल्ल अनुहारमा डम्म बादल लाग्यो । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : घर

~विवश पोखरेल~ सम्भवतः आरती नतातेकी भए यतिखेर हामी त्यही कुचुङ्ग्रे डेरामा हुन्थ्यौँ । शयनकक्ष एउटै, भान्सा एउटै र बैठककोठा एउटै -अर्थात् थ्री इन वन । यथावत् हुन्थ्यो घरपतिको उही गनगन, उही कचकच । र हामी भोगिरहेका हुन्थ्यौँ मध्यरातमा, ट्रेन आउने … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

बाल कविता : चिडियाघर

~विवश पोखरेल~ यसपालीको शनिबार- गयौँ चिडियाघर गाडी चढी जाँदा त्यति रैन रै’ छ पर । बाघ दाइले हाम्लाई देखी गर्‍यो ङ्यार्रङुर्र भालु दाइ सुतेकोथ्यो गर्दै घुर्रघुर्र ।

Posted in बाल कविता | Tagged | Leave a comment

कविता : देशसँग

~विवश पोखरेल~ बादलको कालो घुम्टो उघार्दै समयको साँघुरो आँखीझ्यालबाट अनिमेष जीवन चिहाइरहेकी तिमी एउटा सुकिलो जून हौ । सौन्दर्यको मनोरम उद्यानमा तिखा काँडाहरूसँग जुध्दै निर्बाध ढकमक्क फुलिरहेकी तिमी सुन्दर फूल हौ । रोक्न खोज्दाखोज्दै पनि व्यवधानका कुइनेटाहरू छिचोलेर अविचलित बगिरहेकी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : डढेलो

~विवश पोखरेल~ समयले यसरी घात गर्ला र आफूले गरेको सङ्घर्ष र प्राप्ति यति दुखद होला भन्ने सह-प्राध्यापक शिशिर शर्माले कहिल्यै सोचेकासम्म थिएनन् । आफूले तीस वर्ष बिताएको गाउँ छोड्न लाग्दा स्वाभाविक रूपमा नमिठो लागेको छ उनलाई । आज उनी गाउँ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : वनकी चरी

~विवश पोखरेल~ अदालत परिसरमा गम्भीर मुद्रामा बसेको यिो ऊ । झुस्स दाह्री पालेको उसले घँडामा चिउँडो अडाएको थियो । मलाई देख्नासाथ फिस्स हाँस्यो ऊ, एउटा खल्लो हाँसो । धेरै वर्षपछि भेट भएको थियो ऊसँग मेरो । ‘अनि आज कताबाट यहाँ … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : जिन्दगीको अर्थशास्त्र

~विवश पोखरेल~ ‘अहो सर! लु बसौं, हेर गर्मीले ।’ अफिस पुग्नासाथ सधैंझैँं वस्ती सरका अगाडि कृपानाथले कुर्सी राखिदियो । उनी पसिनाले निथ्रुक्क भिजेका थिए । उसले फेरि थप्यो– ‘अनि सर आज पनि साइकलमा नै ।’ ‘साइकलमा नै, यी हेर न … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment