Tag Archives: Bipul Sijapati

कथा : चैत्र २७

~विपुल सिजापति~ ऊ मेरो एकदम मिल्ने साथी थियो । बी.ए. परीक्षा दिएपछिको फुर्सदिलो एकदिन ऊ मकहाँ आयो । जुत्ता नै नफुकाली सरासर कोठाभित्र पसेर उमङ्गका साथ भन्न थाल्यो, “ए हिँड् झम्सिखेलसम्म जाऊ, जरुरी काम छ ।” “किन के भो र … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : फौजी

~विपुल सिजापति~ बसको झ्याल बाहिर कसैको लामो हाँसो सुनेर पढिरहेको किताब बन्द गरी त्यतैतिर हेरेँ । छलकपट बिनाको त्यस शुद्ध र उन्मुक्त हाँसोमा एक किसिमको मोहनी थियो । सम्भवतः त्यो हाँसो मैले पहिलो पटक सुनेको आकर्षक हाँसो थियो । त्यसैले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : गर्मी

~विपुल सिजापति~ शनिबार उसलाई पशुपतिको मूलढोकैमा टाढैबाट देख्नेबित्तिकै म आठौँ आश्चर्यमा परेँ। पवित्र पशुपतिनाथको मूलढोकामा उसको उपस्थिति दुई विपरीत ध्रुबको मिलाप थियो। एक पटक आफैँलाई चिमोटौँ चिमोटौँ जस्तो लाग्यो। भ्रम, अर्थात् मस्तिष्कले निर्क्यौल गर्दै आएको कुरालाई ज्ञानेन्द्रीयले तत्क्षण गरेको अनुभूतिले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नग्नता

~विपुल सिजापति~ आर्ट ग्यालरीमा घुम्दाघुम्दै राजा साहेबको नजर एक नग्न नवयुवतीको आकर्षक पेन्टिङ्गमा पर्यो । पेन्टिङ्गमा नवयुवती निर्वस्त्र झरनामा पानीसँग खेल्दै गरेको देखाइएको थियो । पेन्टिङ्ग हेर्दा चित्रकार सिद्धहस्त नै प्रतीत हुन्थ्यो, जसले ले पेन्टिङ्गमा नवयुवतीको अनुहारको  भावभङ्गिमा बडो कुशलतापूर्वक … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : म शान्त अमिताभ

~विपुल सिजापती~ मेरो शिर सगरमाथा मस्तिष्क बुद्ध म शान्त अमिताभ तिम्रा कुत्सित बुद्धिले अभिप्रेरित फोहर नंग्राले नकोपर मेरा शान्तिका सिमाना लिन नखोज परीक्षा मेरो धैर्य र शान्तिको विथोलिए

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : मैनबत्ती र खुकुरी

~विपुल सिजापती~ ‘अझै यो डाँडा छिचोल्नु पर्छ ।’ ‘यसपछि पनि दुईवटा डाँडा नाघेपछि बल्ल … ।’ ‘बाटो लामो भएन र ?’ ‘यस्तै हो बाटो, अलि उबडखाबड नै छ ।’

Posted in लघुकथा | Tagged | Leave a comment

एकाङ्की : याचना

~बिपुल सिजापति~ पात्रहरु युगा – धनी व्यापारीकी पत्नी सुभद्रे – काम गर्ने आईमाई राजासाब — युगाको व्यापारी पति (छायाँ चरित्र) साईला — सुभद्रेको पति (छायाँ चरित्र) (एउटा आलिसान साजोसामानले भरिएको कोठामा युगा सोफामा किंकर्तव्यबिमुढ बसेकी हुन्छे । मञ्चको छेउबाट मञ्चमा … Continue reading

Posted in एकाङ्की | Tagged | Leave a comment

कथा : शौर्य

~बिपुल सिजापति~ हाइवे छेउको एउटा घर नजिक पुगेपछि मेजर सौरभले सवारीको गति झार्दै लगभग दश कि.मि. को रफ्तारमा लगे । गति कम भएको कारणले कर्णेल सागरले मेजरलाई हेरे । मेजरको शिर दायाँ पट्टि सडक पारिको घर तिर मोडिएको थियो । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ठगी

~विपुल सिजापति~ लगभग चार वर्षको अन्तरालपछि फेरि अध्यात्माको फोन आयो । एक मनले त नउठाउँ जस्तो पनि लाग्यो, फेरि सोचेँ, फोन उठाउँदैमा के फरक पर्ला त ? उताबाट निकै नै हौसिएको स्वरमा उनले सोधिन्, “सरोज के छ हालखबर, मलाई बिर्सियौ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आवश्यकता

~विपुलविक्रम सिजापति~ लगभग चार वर्षको अन्तरालपछि अध्यात्माको फोन आयो। एक मनले त नउठाउद्द जस्तो पनि लाग्यो। फेरि सोचेँ, फोन उठाउँदैमा के फरक पर्ला त। उताबाट निकै नै हौसिएको स्वरमा उनले सोधिन,”सरोज के छ हाल खबर मलाई बिर्सियौ हगि ” “मैले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

नियात्रा : हारवर्ड, हटडग र एक्लो नेपाली

~बिपुल सिजापति~ म अहिले समरभिलको एक अपार्टमेन्टमा छु । यताको सेप्टेम्बर महिना, उताको असोज, बाहिर शरदको चिसोचिसो सिर्सिरे हावा त्यता जस्तै यता पनि बहिरहेको छ । यो हावामा एउटा खास मीठास छ, खास आकर्षण छ, खास मोहनी छ, विशेष शक्ति … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

कथा : छिमेकीहरु शीत चाट्छन्, तर हामीले छोएको पानी पिउँदैनन्

~विपुल सिजापति~ ‘बा sss आज पनि पँधेराँ मलाई अलग्गै राखेर भाँडा थाप्न लाए ।’ सँगै सुतेको छोराको कुरालाई जुठेले वास्ता गरेन, केवल कपाल सुम्सुमाइ रह्यो । ‘बा sss, हाम्लाई ईनारबाट पानी झिक्न किन दिँदैनन् ?’ यो प्रश्नले पनि छोराको शिरमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : छोरी

~बिपुल सिजापती~ छोरी तिमी जन्मँदा ओंठ लेब्राउनेहरु र नाक खुम्चाउनेहरु धेरै थिए एक डोका फत्तुरहरु छताछुल्ल भएका थिए हावा भरि उडेका थिए ति सवैलाई लोप्पा ख्वाउँदै पीडाहरुका बिचमा प ि न तिम्री आमा

Posted in कविता | Tagged | Leave a comment

कथा : लक्ष्मण रेखा

~बिपुल सिजापति~ “को हो र रौनक ? कोही पनि त होइन । फेरी किन यति व्यग्र छु म !” मस्तिष्कमा लडिबुडि खेलिरहेको एउटै प्रश्नलाई पन्छाउने प्रयास गर्दै सालिनी झ्यालबाट बाहिर हेर्न थालिन् । आकाश सिम्रिक रङ्गमा रंगिएको थियो । केही … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सलाम

~बिपुल सिजापती~ बाहिर भीषण गोलाबारी हुँदै थियो । “ओस्कर रोमियो…… ओस्कर रोमियो….सेरा नाइन कलिङ्ग…ओभर ।” रेडियो सेटमा कल गर्ने जवानको मुख सुकि सकेको थियो । अर्को तर्फबाट कुनै जवाफ आइरहेको थियो । दसौँ पटक उसले रेडियो सेटको फ्रिक्वेन्सी बदल्यो र … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कुमारी

~विपुल सिजापति~ “हे एमद, दोज्दी ओभदे (ए एमद, यता आऊ) ।” बोस्नियन आमिर्को विशेष लडाकु दस्ता चर्नि लाबुदोभि (कालो राजहाँस) मुख्यालय परिसरभित्र छिर्ने बित्तिकै एमदलाई कसैले बोलायो । एमदले आवाज आएतिर फकिर्एर हेर्यो, रिसेप्सन नजिकै तारिक हातमा एउटा खाम लिएर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

चिन्तन : आगो र विवेक

~विपुल सिजापति~ गर्मी बढ्दो छ । पृथ्वीमा पनि र मानिसको चरित्रमा पनि । हाम्रा पुर्खाले बर र पिपललाई त्यसै पूजा गरेका होइनन् । जथाभावि काटलान भन्ने डरले यिनलाई भगवानको रूप भनेर पूजा गर्न लगाएर हृदयमा त्रास भरिदिए । अझै हिच्किचाउँछौ … Continue reading

Posted in विचार मन्थन|चिन्तन | Tagged , | Leave a comment

गजल : सोधेमा नाम

~विपुल सिजापति~ सोधेमा नाम कस्को लेखुँ किताबमा घुम्टो उठाई दिनु हाँस्दै जबाबमा दिँदादिँदै म थाके, थाकेन लिँदा ऊ खालि लिनु रहेछ उसको हिसाबमा

Posted in गजल | Tagged | 1 Comment

कथा : पाचुके

~बिपुल सिजापती~ उनीहरु दुवै हस्ताक्षर गरेर बाहिर निस्किए । हस्ताक्षर कागज माथि स्वःलिखित केरमेट थियो या निर्णय माथि स्वीकारोक्तिमा आत्मसात थियो, दुवैले खुट्याउँन सकेनन् । हो, अबको यात्रा नितान्त निजी र स्वचालित हुनेछ, करकाप या अदृश्य साङ्लोमुक्त जीवनयात्रा । हातमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भुलक्कड

~विपुल सिजापति~ युगोस्लाभियाबाट अलग हुनकोलागि क्रोएसियनहरुको युद्ध चलिरहेको थियो । युगोस्लाभियासँग साँध जोडिएको क्रोएसियनहरुको बाहुल्य भएको एक बस्तीका बासिन्दा मार्कोभिच मध्य डिसेम्बर महिनाको एक साँझ बिना खबर हराएका थिए । त्यसैले उसको घरका परिवारका सदस्यहरु चिन्तित थिए । “प्रहरीहरू कुनैपनि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment