Tag Archives: विमल निभा – Bimal Niva

कविता : मतभेद

~विमल निभा~ केही वस्तुहरुसँग मेरो गम्भीर मतभेद छ माथि आकाशमा अल्छी मानि–मानिकन हिँडिरहेको चन्द्रमासँग मेरो कुरा मिल्दैन म रातसँग सहमत छैनँ बगरेको चुपी,

Posted in कविता | Tagged | Leave a comment

कविता : घडी

~विमल निभा~ हत्याराले धेरै चीजबीजहरू छाडेर गएको थियो केही महत्वपूर्ण थिए जस्तो कि छुरा, आतङ्क र एउटा घडी

Posted in कविता | Tagged | Leave a comment

स्रष्टा परिचय : प्रगतिवादी शिविरका प्रतिबद्ध स्रष्टा-विमल निभा

~पुरुषोत्तम सुवेदी~ नेपाली कवितामा राजनीतिक आग्रह राख्दाराख्दै पनि कविताको सम्पूर्ण कला बचाउने एउटा कवि पुस्ता छ र त्यस पुस्तामा कवि विमल निभाको उपस्थिति अग्रपङ्क्तिमा पर्छ । नेपाली राजनीतिको जनवादी सङ्घर्षमा कवि निभाको सिर्जनात्मक उपस्थितिले एउटा छुट्टै महìव राख्छ । उनी … Continue reading

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment

छोक : पुलिस र कविता

~विमल निभा~ पुलिसले कविता पढ्यो र भन्यो राम्रो छ पुलिसले कवितालाई राम्रो भन्यो कवितामा लेखिएको थियो के लेखिएको थियो कवितामा पुलिसलाई थाहा छ

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : काठमाडौंलाई घेर

~विमल निभा~ पूर्वबाट घेर पश्चिमबाट घेर उत्तरबाट घेर दक्षिणबाट घेर काठमाडौंलाई घेर प्रेमले घेर साहसले घेर उमेरले घेर शान्तिले घेर काठमाडौंलाई घेर यताबाट घेर त्यताबाट घेर उताबाट घेर जताबाट घेर

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : गाउँ

~विमल निभा~ यो गाउँको नाम रामगढवा हो यहाँ एक दिन बिताउने मौका पायौं भने कवि विमल निभा कवि विमल निभा तिमीलाई थहा हुनेछ यो गाउँ र सुक्खाले खाएको खेतमा कत्ति समानता छ ?

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कथा : आलुको नाक

~विमल निभा~ एकाबिहानै टुथब्रस गर्दागर्दै संविधानसभाका छ सय एक सभासद मध्येका एक माननीयको आँखा ऐनामा गयो । उनी एकाएक झस्किए । किनभने माननीयको लामो एवं चुच्चो नाक यथास्थानमा थिएन । त्यहाँ एक प्रकारको खोपिल्टो थियो । उनी एउटा हातले अनुहार … Continue reading

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : पाटन

~विमल निभा~ यो कानुनी गोली हो असह्य दुःख, भयावह वेदना निरन्तर चित्कार, र विह्वल मन सबै जनहिंसा हुन् जोस, आक्रोश, विद्रोह र अन्यायको विरोध रोक्का गरिएको छ आज्ञापत्रमा

Posted in कविता | Tagged | Leave a comment

कविता : शब्दकोश

~विमल निभा~ हिजोआज शब्दहरुले एउटै अर्थ दिन थालेका छन् उदाहरणका लागि तपाईं संसद्लाई संसद् भन्नोस् अथवा सुपरमार्केट आन्दोलनलाई आन्दोलन भन्नोस् अथवा धोका मनीषीलाई मनीषी भन्नोस्

Posted in कविता | Tagged | Leave a comment

कविता : जुत्ता

~विमल निभा~ देशलाई बदल्छु भनेर कसम खानेहरुले एकाएक बदलेका छन् आफ्नो जुत्ता जुत्ताको रंग छ कालो विश्वासघातको रंग पनि कालो नै हुन्छ र काला रातहरुमा उत्सव मनाउँछन्

Posted in कविता | Tagged | Leave a comment

कविता : टियर ग्यास

~विमल निभा~ हाम्रा आँखाबाट आँसु समाप्त भइसकेको छैन सुक्खा भइसकेका छैनन् हाम्रा आँखाहरु हाम्रा आँखाहरुमा बाँकी छ अहिले पनि अलिकति नुन अलिकति पानी हेर, गिलो छ

Posted in कविता | Tagged | Leave a comment

कविता : संसद र घोडाको शव

~विमल निभा~ संसद्अगाडि फ्याँकिएको छ एउटा घोडाको शव केही दिन अथवा सप्ताह अथवा महिना अथवा वर्षअघिसम्म जीवित थियो यो बलिष्ठ मांसपेशीसहितको

Posted in कविता | Tagged | Leave a comment

कविता : आफूलाइ बेचिसकेपछि

~विमल निभा~ एकाएक उसको ब्याङ्क ब्यालेन्स बढ्यो त्यसपछि उसले हात बेच्यो र किन्यो एउटा न्यानो पन्जा खुट्टा बेच्यो र किन्यो एउटा चम्किलो बुट निधार बेच्यो

Posted in कविता | Tagged | Leave a comment

कविता : हत्यातन्त्र

~विमल निभा~ यो हत्या एक्कासि भएको होइन सबभन्दा पहिले चिन्तन–मनन गरियो एक हुल वेतनभोगी विचारकहरु आआफ्नो आसनमा कापालिक मुद्रामा समाधिस्थ भए

Posted in कविता | Tagged | Leave a comment

कविता : खुरको ताप

~विमल निभा~ उद्दण्ड घाँसहरुले घेरिएको छ खेत तर माटामा भएका बालुवाका कणहरु चम्किरहेका छन्

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : आमबाग

~विमल निभा~ एक ग्याङका सदस्य-बसेसर, नवल, बसिर, बीरवल, जुमाद्दीन र जोगीलाई केही परै राखेर होचो-होचो र मोटो-मोटो डिलडालको जोगिन्दर छायादार नीमको रुखनिर आएर ठिङ्ग उभिन्छ । यही बाटो भएर दुलिचन्द आउने खबर भरताले पठाएको थियो । ऊ नाडी घडीतिर हेर्छ … Continue reading

Posted in लघुकथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

लघुकथा : अफिमची

~विमल निभा~ ‘ रे रामचन्दर खिसियाइल बन्दर मठिया के छुछुन्दर रे रामचन्दर…।’ हामी केटाकेटी उसलाई चारैतिरबाट घेरेर उभिन्थ्यौं ।

Posted in लघुकथा | Tagged | Leave a comment