Tag Archives: विक्रम सुब्बा – Bikram Subba

कविता : फोटोमा

~विक्रम सुब्बा~ शंकाको पखेटामा उडिरहेछन् चराहरू अनगिन्ती प्वालझैँ देखिने तैनाथ ताराका आँखाहरू टाँगेर छपनीजस्तो घोप्टो आकाश रातभर धर्तीको जासुसी गरिरहेछ किसिम-किसिमका पराई जहाजहरु समुद्रपारीका चस्मा र मगज ओसारिरहेछन्

Posted in कविता | Tagged | Leave a comment

कविता : दिन आइसकेको छ

~विक्रम सुब्बा~ झयालहरु खोल शान्ति, ढोका उघारेर पर्दाहरु उठाऊ उज्यालो जुलुसले उज्यालो हातमा बोकेका उज्याला झण्डाहरुलाई पस्न देऊ लोकल हिटलरका कसन्ट्रेशन क्याम्प ध्वस्त पार्ने डेमोक्रेसीका उज्याला नाराहरुलाई कोठामा पस्न देऊ लर्डाईंका कथा पढिए धेरै युद्धका सिनेमा हेरिए इन्क्लाबी कविता-गीत धेरै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो देश

~विक्रम सुब्बा~ एउटा देउराली थियो पसिनाको पाती चढाउने एउटा चौतारी थियो थाकेको मन बिसाउने एउटा सानो बस्ती थियो सुख दुःख बाँड्दै मिलेर बस्ने

Posted in कविता | Tagged | Leave a comment

कविता : सगरमाथा नाङ्गै देखिन्छ

~विक्रम सुब्बा~ कुनै छलकपटको चीसो योजना थाल्न हो कि या कुनै झुप्रोहरूको छातीमा सर्दी हाल्न हो? शान्तिको कुनै ओस्याईलो गीत गाउन हो कि या कुनै गुराँसको कलकलाउँदो थुँगा अँठ्याउन हो? आफ्ना केही सुकिला भारदार हिमालहरू लस्करै राखेर सगरमाथा कुनै गोप्य … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रेमपत्र

~विक्रम सुब्बा~ मानिसलाई कैद गर्ने फैसला लेखिरहेछ न्यायधीश चाकडीका पर्दाहरु थिचेर हार्मोनियमका संगीतकार कुनै नवाबको गीतमा संगीत भरिरहेछ गीतकार भ्यात्ते कुर्सी बकस दिनेको नाममा गीत लेखिदिँदैछ बिलमा मन्त्रीको दाम लिखिरहेछ व्यापारी गायक ठूलो जागिर दिनेको गीत गाइरहेछ प्रोफेसर विषालु शोधपत्र … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : किताब

~विक्रम सुब्बा~ लेखिँदैछ अब एउटा नयाँ किताब मानिसहरू भन्दैछन् – किताबको कुनै पनि अध्यायमा राजाका जुँगावाला टोपीले शिर उठाउँने छैन रानीका कुटील मुस्कान कतै पोतिने छैन युवराजका कामुक ठट्टाहरूको विवरण लेखिने छैन युवराज्ञीको शिरमा दैवी शक्तीको ताज पहिर्‍याइने छैन के … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छोक : हुकुम

~बिक्रम सुब्बा~ उहिले, मेरा बा कमाउँनु हुन्थ्यो घरमा उहाँकै हुकुम चल्थ्यो पछि म कमाउँन थालेँ मेरो हुकुम चल्यो

Posted in कविता | Tagged | Leave a comment

कविता : हतियार

~बिक्रम सुब्बा~ हतियारलाई पनि चढ्दो रै’छ क्यारे जवानी ! नत्र, वैँशको छत्रे टोपी र यूनिफर्ममा ठाँटिएर दाहिने आँखा छोपेर देब्रे आँखा प्रहार गर्दै राजकुमारीतिर अंगरक्षकका कमरबाट किन मस्किँदै हल्लिन्छ रिभल्भर? कुनै राज्य चलाउँदो रै’छ हतियारले पनि ! नत्र, हाक्पारा र … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सलाम कविता !

~बिक्रम सुब्बा~ कविले कविता लेख्दैमा – कविता राम्रो भयो भन्न सकिन्न कविता राम्रो हुँदैमा – पाठकले पढे भन्न सकिन्न पाठकले पढ्दैमा – कविता मनपराए भन्न सकिन्न कविता मनपराउँदैमा

Posted in कविता | Tagged | Leave a comment

छोक : परेवा र चील

~विक्रम सुब्बा~ जुनसुकै देशको जतिसुकै अग्लो डाँडाबाट जतिसुकै सेतो परेवा उडाए पनि दिउँसै

Posted in कविता | Tagged | Leave a comment

कविता : रगत

~विक्रम सुब्बा~ रगतको आफ्नै मगज हुँदैन दिमागका हरेक रेसामा रगत नपुगे वुद्धि मर्ला र समाज बदल्ने संघर्षको मार्गचित्र केले सोच्ने ? रगतको आफ्नो आँखा हुँदैन आँखाका नानीले रगत खान नपाए दुनिया हेर्ने दृष्टि मर्ला र, स्वतन्त्र मानिसका अनुहार केले हेर्ने … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी को हौ ?

~विक्रम सुब्बा~ तिमीलाई पहिलोचोटि देखेपछि मेरा हराएका घाम जून भेटेजस्तो लाग्यो तर तिमीले भन्यौ यी त मेरा आँखा हुन् मेरो सपना पनि हराएको थियो हेर्दै लाँदा त्यो पनि तिमीमा भेटेजस्तो लाग्यो तर फेरि तिमीले भन्यौ यो त मेरो शरीर हो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : दाइजो कविता

~बिक्रम सुब्बा~ मसंग दुइटा स्वस्थ्य आँखा छन् मलाई एउटा भए दुनियाको कालो सेतो हेर्न पुगिहाल्छ तिमी एउटा आंँखा लैजाउ कतै बेच त्यसले शिरबन्दि किन ? मसंंग दुइवटा लगनशील हात छन् मलाई एउटा भए जिन्दगीको कविता लेख्न पुगिहाल्छ एउटा हात तिमी … Continue reading

Posted in कविता | Tagged | 1 Comment

कविता : सम्पर्क

~विक्रम सुब्बा~ धेरै भयो शहरमा… चप्पल जुत्ता पहिरेर मात्र हिँडेको र पाइतालाको धर्तीसँग सोझो सम्पर्क टुटेको गाडी चढेर मात्र यात्रा गरेको र बाटोसँग खुट्टाको सोझो सम्पर्क टुटेको पाइपबाट आएको पानी खाएको र धाराको सङलो पानीसँग प्यासीको सोझो सम्पर्क टुटेको धेरै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नांगो छ !

~विक्रम सुब्बा~ मुलुकका अनेक दलमा मेरा साथीहरू थिए एउटा दलको साथीले मेरो शिरको टोपी माग्यो मैले दिइनँ उसले अरु दलसँग मिलेर मेरो विरुद्ध जुलुस गर्‍यो मेरो टोपी खोस्यो र लगायो दोस्रो दलको साथीले कोट माग्यो तेस्रो दलको साथीले सर्ट माग्यो … Continue reading

Posted in कविता | Tagged | 1 Comment

कविता : मेरी बहिनी देवी

~विक्रम सुब्बा ~ उसले बतासलाई धक्का दिँदै नाच्दा रोटे पिङ रमाएर घुमे जस्तो लाग्थ्यो ऊ फूलझैँ मुस्कुराउँदा नजिकैबाट सयपत्रीको वास्ना चलेजस्तो लाग्थ्यो उसलाई कतै गइरहेको कतैबाट आइरहेको देख्दा लिङ्गे पिङमा मच्चिएको जस्तो लाग्थ्यो उसको प्रफुल्ल अनुहार देख्दा झिलिमिली बत्तीहरु बले … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : एक दन्त्य कथा

~विक्रम सुब्बा~ सुनाउँने पालो आयो आमाको र सुनाउँनु थाल्नु भयो दन्त्य कथा – ‘उहिल्यै दरबारमा एउटा बच्चो जन्मियो’रे उमेर खाँदै जाँदा ऊ दगुरिहिँड्ने भयो’रे

Posted in कविता | Tagged | Leave a comment

कविता : गणतन्त्रको खेती

~विक्रम सुब्बा~ भन्दिनु है पारिजात दिदीलाई भन्दिनु दिदीले छोडेर गएको मुलुकमा सम्बिधानका पन्ना–पन्नामा फलेका गुलिया, चिप्ला र धारिला अक्षरहरू भोक मार्ने मकै–भटमास बन्न सकेनन् तसर्थ सुरु भएको छ गणतन्त्रको खेती ।

Posted in कविता | Tagged | Leave a comment

कविता सङ्ग्रह : निरंकुश जुँगाविरुद्ध

निरंकुश जुँगाविरुद्ध (कविता संग्रह) विक्रम सुब्बा २०६६ [काठमाडौं] : मुंधुम पब्लिकेसन ———————————————————————- समर्पण ! ———————————————————————-

Posted in कविता सङ्ग्रह | Tagged , | Leave a comment

कविता : निद्रा

~बिक्रम सुब्बा~ रातभर सपनाको खेती गरेर एउटा बिहानी किनेँ… सिँगै बिहानीले पनि रिन तिर्न नपुगेर फेरि मेरो दिन बेच्न निस्केँ…

Posted in कविता | Tagged | Leave a comment

Poem : My Story

~Bikram Subba~ – Translated by Rupa Joshi Someone Filled my kerchief of love with selfish blooms Broke my heart Made a flute And played her own tune on it

Posted in Poem | Tagged | Leave a comment

‎कविता : मेरो कथा

~बिक्रम सुब्बा~ मेरो मायाको रुमालमा कसैले आफ्नो मतलबको फूल भ-यो सग्लो मेरो मन बाँचेर आफ्नो धून बजाउँने बाँसुरि बनायो

Posted in कविता | Tagged | 1 Comment